काठमाडौं, १३ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विषाक्त सिसाको बचावटका लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताहका अवसरमा निकालेको एक विज्ञप्ति विवादित भएपछि विज्ञप्ति सच्च्याएर लुसुक्क सामाजिक सञ्जालबाट हटाइएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सप्ताहको अवसरमा विज्ञप्ति निकाल्दै आयुर्वेदिक औषधिमा विषाक्त सिसा (लेड) मिसिने गरेको उल्लेख गरेका थिए । मन्त्रालयले नेपालमा भएका अनुसन्धानहरुलाई हवाला दिँदै आयुर्वेदिक औषधिमा विषाक्त सिसा भेटिने गरेको बताएपनि कुन अध्ययन र कस्ता औषधिमा सिसा मिसिने गरेको भनेर खुलाएको छैन । अनुसन्धानहरुमा बालबालिका, प्रजनन समुहका वयष्क मानिसहरु, आयूर्वेदिक औषधि सेवन गर्ने बिरामीहरु, सरसफाईकर्मीहरु एवं रंगरोगनमा संलग्न पेन्टरहरुको रगतमा लेड (सिसा) अत्याधिक मात्रामा भएकोमा ध्यानाकर्षण गराइएको छ…
Aricle Tech
काठमाडौँ, १३ कात्तिक । जनस्वास्थ्य सेवा ऐन,२०७५ को दफा ६४ ले दिएको अधिकारमार्फत नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीतिगत, संरचनागत,स्रोतगत व्यवस्था गरि वीर अस्पतालमा सामाजिक सेवा इकाईको स्थापना गरेको छ । यस इकाईले गरिब तथा विपन्न वर्गलाई निःशुल्क र सहुलियत उपचार सेवा प्रदान गर्दै आएको छ । सरकारले दिएको सहुलियत तथा निःशुल्क स्वास्थ्य उपचारबारे जानकार हुनु प्रत्येक नागरिकको अधिकार पनि हो । यसको मूल उद्देश्य भनेकै लक्षित समूहका बिरामीहरूको स्वास्थ्य सेवामा समतामूलक पहुँच एवम् उपयोग वृद्धि गर्ने भएपनि यसबारे उचित जानकारीको अभावमा भने लक्षित समूह यी सेवाबाट वञ्चित भएको पाइन्छ । उसोभए निःशुल्क वा सहुलियत रूपमा स्वास्थ्य सेवा उपलब्ध…
काठमाडौँ, १३ कात्तिक । स्वास्थ्य बीमा बोर्डको केन्द्रिय कार्यालय सर्ने भएको छ। एक सूचना जारी गर्दै बोर्डले हालको केन्द्रिय कार्यालय सर्ने जानकारी दिएको हो । हाल संचालनमा रहेको स्थान टेकुबाट औषधि लिमिटेड बबरमहलमा सर्ने सूचनामा उल्लेख छ ।
काभ्रेपलाञ्चोक, १३ कात्तिक । काभ्रेपलाञ्चोकमा पछिल्ला केही दिनयता डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा छ जनामा सङ्क्रमण देखिएको धुलिखेलस्थित जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । थपिएका सङ्क्रमित चार महिलासहित ६ जना बनेपा नगरपालिका पाँचखाल नगरपालिका र रोशी गाउँपालिकाको बासिन्दा रहेको कार्यालयका निमित्त प्रमुख डा अनिता खनालले जानकारी दिइन् । उनका अनुसार अझै केही दिन डेङ्गु सङ्क्रमण बढ्न सक्ने अनुमान गरिएको छ । यस्तै धुलिखेल नगरमा २१, पनौती नगरमा २०, पाँचखाल नगरमा सात, नमोबुद्ध नगरमा २२ जना डेङ्गु सङ्क्रमित थिए । मण्डनदेउपुर नगरमा १८, भुम्लु गाउँपालिकामा एक, रोशीमा आठ, तेमालमा दुई, खानीखोलामा एक, महाभारत र चौंँरीदेउराली…
काठमाडौँ, १३ कात्तिक । किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा एकसाथ कलेजो र मिर्गौलाको प्रत्यारोण गरिएको बिरामी डिस्चार्ज भएको छ । अस्पतालले २२ असोजमा चितवनकी ३३ वर्षीया महिलाको दूर्लभ मानिने कलेजो र मिर्गौला सफल प्रत्यारोण एकैसाथ सम्पन्न गरेको थियो । आइतबार अस्पतालले सोही बिरामी डिस्चार्ज गरिएको जानकारी दिएको हो । ती बिरामीमा कलेजो प्रत्यारोपण गरिएको र लगत्तै मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ ।बिरामीलाई आफ्नै ३५ वर्षीय श्रीमान्ले कलेजो र ३२ वर्षीया भाउजूले मिर्गौला दान गरेका थिए । अङ्ग ग्रहणकर्ता र अङ्गदाता तीनै जनाको एकै साथ शल्यक्रिया प्रक्रिया थालिएको थियो। प्रति १० लाख जनसंख्यामा एक जनामा सफल हुन सक्ने यस्तो जटिल र दुर्लभ…
काठमाडौँ, १ कात्तिक । काठमाडौँ महानगरपालिकाका एक हजार कुकुरको बन्ध्याकरण भएको छ । महानगरपालिकाले २३ असोजदेखि हालसम्ममा एक हजार कुकुरको कुकुरको बन्ध्याकरण गरेको हो । महानगरले कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप दिने पहिलो चरणमा वडा नम्बर ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ गरी ९ वटा वडामा बन्ध्याकरण सुरु गरेको हो । यद्यपि बिरोलोलाई पहिलो चरणमा बन्ध्याकरण नगरी कुकुरहरुलाई बन्ध्याकरण गरिएको कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेशकुमार झाको भनाई छ । ‘महानगरले छनोट गरेको संघ संस्थालाई बन्ध्याकरण गर्दा प्रतिकुकुर २ हजार ५ सय रुपैयाँ र खोप मात्र लगाएकोमा २ सय रुपैयाँ भुक्तानी दिने गरेको…
काठमाडौँ, १३ कात्तिक । पित्तथौलीको पत्थरी अधिकांशमा देखिने साझा समस्यामध्ये एक हो । यो पत्थरी हुनुमा खासगरी व्यक्तिको खानपिन तथा जीवनशैली जिम्मेवार रहन्छ । बालबालिका, महिला तथा तथा पुरुष जोसुकैमा देखापर्ने यो तुलनात्मक रुपमा भने यो महिलामा बढि देखिने गरेको पाइन्छ । करिब ४० वर्ष पुगेपछि महिलामा यसको जोखिम बढ्न थाल्छ । पित्तथैलीको पत्थरी प्रयाजसोः लक्षणविहिन हुन्छन् । यसकारण पनि व्यक्तिमा यसको पहिचान ढिलो हुने गरेको पाइन्छ । खासगरी यसका अधिकांश संकेत ग्यास्ट्रिकको जस्तै हुने भएकाले पनि व्यक्तिले यसलाई खासै वास्ता गरेको हुदैन । यद्यपि पित्तथैलीमा पत्थरी भएमा व्यक्तिलाई ग्यास्ट्रिकमा देखिनेजस्तै समस्या जस्तोः अलिकति खाना खाएपछि टन्न भएको महशुस हुने,…
काठमाडौँ, १२ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लेड (सिसा) को विषाक्तताबाट बच्न आग्रह गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले लेड (सिसा) को विषाक्तताबाट बच्न आग्रह गरेका हुन् । नेपालमा लेड(सिसा)को विषाक्तताबाट बचावटका लागि जारी अन्र्तराष्ट्रिय सचेतना सप्ताह आज ‘बाल्यकालमा हुन लेडको विषात्तता अन्त्य गरौं’ भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । नेपालको सन्दर्भमा बालबालिका, प्रजनन समूह, आयुर्वेदिक औषधी सेवनकर्ता समूहको रगतमा अवश्यकभन्दा बढी सिसा रहेको विभिन्न अनुसन्धानहरुले पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ । यसरी रगतमा सिसाको मात्रा बढी रहनुमा पेन्ट्स, सौन्दर्यका प्रशाधन, रंगीचंगी खेलौना, चाउचाउ तथा आयूर्वेदिक औषधी…
काठमाडौँ, १२ कात्तिक । निन्द्रा मानव शरीरको कार्यप्रणालीका लागि नभई नहुने आवश्यक तत्व हो । निन्द्राको अवधि कति हुनुपर्छ भन्ने कुरा व्यक्तिको उमेर तथा स्वास्थ्यावस्थाले निर्धारण गर्छ । सामान्यतयाः कुनै पनि व्यक्तिलाई ७ देखि ८ घन्टासम्मको उचित निन्द्रा आवश्यक पर्छ । उचित निन्द्राको अभावमा व्यक्तिमा विभिन्न समस्या देखिन्छ, भन्ने कुरा त हामी जो कोहिलाई पनि थाहा भएकै कुरा हो । धेरै सुत्ने बानीले पनि शरीरमा विभिन्न समस्याहरु निम्त्याउन सक्छ र व्यक्तिको लामो समयसम्म सुत्ने बानीले उसको स्वास्थ्य स्थितितर्फ संकेत समेत गरिरहेको हुन्छ भन्ने कुरा कमैलाई मात्र थाहा भएको तथ्य हो । कतिपय व्यक्तिहरु आवश्यकता भन्दा धेरै सुत्ने वा उनीहरुलाई तुलनात्मक…
काठमाडौँ, १२ कात्तिक । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिण पूर्वी एसिया क्षेत्र (सेरो) को पूर्ण बैठक भोलिदेखि शुरु हुने भएको छ । भारतको नयाँ दिल्लीमा हुने उक्त बैठकले यस क्षेत्रका लागि नेतृत्व गर्न नयाँ क्षेत्रीय निर्देशक चयन गर्नेछ । ठकले दक्षिण पूर्वी एसिया क्षेत्रको नेतृत्व गर्नका लागि उम्मेद्धारी दिएका दुई उम्मेदवार नेपालका डा शम्भूप्रसाद आचार्य र बंगलादेशकी साइमा बाजेदमध्ये एक जनालाई छनोट गर्नेछ। बैठकमा सहभागी जनाउन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका सचिव डा रोशन पोखरेल लगायत नेपाली टोली भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ। बैठक भोलि देखि चार दिन अर्थात ३० अक्टुबर देखि २ नोभेम्वर…

