काठमाडौँ, १३ कात्तिक । पित्तथौलीको पत्थरी अधिकांशमा देखिने साझा समस्यामध्ये एक हो । यो पत्थरी हुनुमा खासगरी व्यक्तिको खानपिन तथा जीवनशैली जिम्मेवार रहन्छ । बालबालिका, महिला तथा तथा पुरुष जोसुकैमा देखापर्ने यो तुलनात्मक रुपमा भने यो महिलामा बढि देखिने गरेको पाइन्छ । करिब ४० वर्ष पुगेपछि महिलामा यसको जोखिम बढ्न थाल्छ ।
पित्तथैलीको पत्थरी प्रयाजसोः लक्षणविहिन हुन्छन् । यसकारण पनि व्यक्तिमा यसको पहिचान ढिलो हुने गरेको पाइन्छ । खासगरी यसका अधिकांश संकेत ग्यास्ट्रिकको जस्तै हुने भएकाले पनि व्यक्तिले यसलाई खासै वास्ता गरेको हुदैन । यद्यपि पित्तथैलीमा पत्थरी भएमा व्यक्तिलाई ग्यास्ट्रिकमा देखिनेजस्तै समस्या जस्तोः अलिकति खाना खाएपछि टन्न भएको महशुस हुने, दाया कोखातिर असजिलो हुने र ग्यास्ट्रिक भएको जस्तो हुनेजस्ता आदि समस्या देखापर्छ । तर, यस समस्याले भने व्यक्तिलाई जुनसुकै बेला पनि दुःख दिन्छ सक्छ । तसर्थ यस समस्या पहिचानका लागि पेटको अल्ट्रासाउण्ड नै गर्नुपर्ने हुन्छ ।
यसका कारणहरु
-बढ्दो उमेर
-मोटोपन एवम् गोरोपन
-कोलेस्टोरको वृद्धि
-चिल्लो पदार्थको अत्याधिक सेवन
-परिवार नियोजनका चक्कीको प्रयोग
-पित्तथैलीको संक्रमण
-गर्भवतीमा हुने हार्मोन परिवर्तन ।
समयमै उपचार नगरे के हुन्छ ?
कतिपय गर्भवति महिलामा भने डेलिभरी पछि यो स्वतः निको भएर जाने भएपनि अन्यको सन्दर्भमा भने यसको शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । पत्थरी भएको लामो समयसम्म पनि अप्रेशन नगर्दा व्यक्तिमा यो पाक्न सक्ने सम्भावना समेत रहन्छ । जसअन्र्तगत भने व्यक्तिमा पेटतिर छुदा दुख्ने तथा ज्वरो समेत आउन सक्छ । यसरी पत्थरी पाक्दै जान थालेमा दायाँ–बाया आन्द्रा वा बोसो टाँसिने र पित्तथैली फुट्न सक्ने भय समेत रहन्छ । जसकारण बिरामीलाई गाहृो हुने र औषधिले समेत दुखाई क मगर्न मुश्किल पर्न जान्छ । यस्तै कहिलेकाहिँ सोहि पत्थरी पित्तथैलीबाट फुस्केर अन्त गई जन्डिस समेत बनाउन सक्छ, भने कतिपय अवस्थामा यसका धुलोहरु गई पेनक्रियाजमा गई अड्किन सक्छ । जसले ‘पेन्क्रियाटाईसिस’ पनि गराउन सक्छ ।
यसरी पित्तथैलीमा देखिने पत्थरी कसैमा एउटै ठुलो त, कसैमा स–साना एवम् धेरै ढुंगाहरु हुन सक्छन् । यद्यपि साना पत्थरी गई फुस्केर अन्त जाने र ठुलो भएमा दुखाई दिने भएकाले यी दुवै किसिमका पत्थरीले व्यक्तिलाई दुःख दिन्छ । लामो समयसम्म रोग पालेर बस्दा यसले सानो–सानो गर्दै जन्डिस गराउने, आन्द्रामा प्वाल पार्ने, र बढि टासिन गई शररिमा प्वाल बनाएर ल्याप्रोस्कोपी उपचार पनि असम्भव हुनेजस्ता जोखिम बढाउन सक्छ । यसबाहेक यसले व्यक्तिलाई जुनसुकै समयमा पनि दुःख दिन सक्ने भएकाले पनि यसको उपचार समय अनुकुल मिलाएर सकेसम्म छिट्टै गर्नुपर्छ ।
यसरी पित्तथैलीको अप्रेशन गर्दा कसैको पेटमा स–साना ३ वटा प्वाल बनाएर दुरविनको माध्यमबाट पनि सम्भव रहन्छ भने, कसैको भने शल्यक्रिया गरेर पत्थरीसंगै पित्तथैली समेत निकालेर फालिन्छ । यसो गर्नाले व्यक्तिलाई पुनः पत्थरी हुने सम्भावना रहदैन भने अर्कातिर शरीरमा पित्तथैलीको काम आन्द्राले नै गर्ने भएकाले यसले व्यक्तिमा कुनै पनि किसिमको असर पु¥याउदैन र, व्यक्तिले सहज जीवनयापन गर्न सक्छन् ।
बच्ने उपायः
व्यक्तिले आफूमा यो समस्या नदेखियोस् वा देखिसके पछि पनि यसको जोखिम नबढाउनका लागि यसको जोखिमलाई नियन्त्रणका लागि निम्न पक्षमा विशेष ध्यान दिनुपर्छ ः
-चिल्लो पदार्थको कम प्रयोग
-हार्मोन परिवर्तन गर्ने परिवार नियोजनका साधन प्रयोग नगरी सकभर कन्डमको प्रयोग गर्ने
-समय–समयमा र ग्यास्ट्रिक भएको जस्तो महशुस हुदा अल्ट्रासाउण्ड गराउने
-उचित तौल कायम राख्ने ।