काठमाडौँ, १ कात्तिक । काठमाडौँ महानगरपालिकाका एक हजार कुकुरको बन्ध्याकरण भएको छ । महानगरपालिकाले २३ असोजदेखि हालसम्ममा एक हजार कुकुरको कुकुरको बन्ध्याकरण गरेको हो ।
महानगरले कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप दिने पहिलो चरणमा वडा नम्बर ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ गरी ९ वटा वडामा बन्ध्याकरण सुरु गरेको हो ।
यद्यपि बिरोलोलाई पहिलो चरणमा बन्ध्याकरण नगरी कुकुरहरुलाई बन्ध्याकरण गरिएको कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेशकुमार झाको भनाई छ ।
‘महानगरले छनोट गरेको संघ संस्थालाई बन्ध्याकरण गर्दा प्रतिकुकुर २ हजार ५ सय रुपैयाँ र खोप मात्र लगाएकोमा २ सय रुपैयाँ भुक्तानी दिने गरेको छ ।
बन्ध्याकरणपछि केही समय आराम गराएर कुकुरलाई उनीहरु बसोबास गर्ने गरेको ठाउँमा लगेर छाड्ने र सो कुकुरहरुको पहिचानका लागि कानमा संकेत (एअर नोच) चिन्ह लगाउने गरिन्छ ।