Aricle Tech

दमौली, १४ कात्तिक । तनहुँ जिल्लामा दैनिक डेंगु संक्रमित थपिने क्रम बढेको छ। दुई महिनाको अवधिमा जिल्लामा छ हजार चार सय ८४ संक्रमित भएका छन्। स्वास्थ्य कार्यालय तनहुँका अनुसार व्यास नगरपालिकामा पाँच हजार चार सय १५, शुक्लागण्डकी नगरपालिकामा चार सय, ऋषिङ गाउँपालिकामा एक सय ८९, भिमाद नगरपालिकामा एक सय ८०, म्याग्दे गाउँपालिकामा एक सय तीन, भानु नगरपालिकामा ८३, बन्दीपुर गाउँपालिकामा ४६, आँबुखैरेनी गाउँपालिकामा ३९, देवघाट गाउँपालिकामा १४, घिरिङ गाउँपालिकामा नौ जना संक्रमित भएका छन्। संक्रमितमध्ये ५४ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष छन्। कुल संक्रमितको ८४ प्रतिशत व्यास नगरपालिकामा मात्रै रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। व्यास नगरपालिकामा…

विस्तृतमा...

जनकपुरधाम । जारको पानी खाएपछि बिरामी परेको भन्दै जनकपुरधाम उपमहानगरपालिका–९ का एक युवकले पानीको कम्पनीविरुद्व उजुरी दिएका छन् । कारबाहीको माग गरेका छन् । जनकपुरमा बस्दै आएका विद्यार्थी इन्द्रजीत गोइतले रेल्वे स्टेशननजिकै एक किराना पसलबाट किनेको पानी सेवनका कारण आफू ३ दिनदेखि बिरामी परेको भन्दै कारवाहीको माग गरेका हुन् । ‘आइतबार राति जार किनेर डेरा लगेको पानीमा मटीतेल मिसिएको उनको आराप छ । सोही पानी खाएर सुत्दा अचानक टाउको र पेट दुख्न थालेको र सहन नसकेपछि राति नै औषधि पसलमा गई औषधी खाएको उनको भनाई छ । ‘बिहान जार चेक गर्दा मटीतेलजस्तो गन्ध आयो । जार समेत फोहोर रहेछ’, उनले…

विस्तृतमा...

काठमाडौँ, १४ कात्तिक । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) रुपन्देहीले भैरहवा भैरहवाको युर्निभर्सल कलेज अफ मेडिकल साइन्सेस (युसिएमएस) का आन्दोलनरत विद्यार्थीको मागप्रति समर्थन जनाएको छ । संघका अध्यक्ष भरत अर्यालले सोमबार एक विज्ञप्ति जारी गर्दै युसिएमएसमा विगत लामो समयदेखि कलेज प्रशासनले विद्यार्थीमाथि गरेको व्यवहार र लापरवाहीप्रति अनेरास्ववियु रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । मेडिकल क्षेत्रजस्ता संवेदनशिल क्षेत्रका विद्यार्थीहरुको पढ्न पाउनुपर्ने अधिकारलाई कुन्ठित गर्दै संघको व्यक्तिगत स्वार्थका निमित्त विद्यार्थीलाई दमन गर्ने, धम्क्याउने तथा त्रास देखाउने कार्यको निन्दा गरेको छ । ‘उच्च शिक्षा हासिल गरी सफल चिकित्सक बन्ने महान् लक्ष्य लिएर देशका विभिन्न स्थानबाट अध्ययनका लागि आउनुभएका विद्यार्थीहरुलाई अनावश्यक…

विस्तृतमा...

कास्की, १४ कात्तिक । गण्डकी प्रदेशको राजधानी पोखरामा बिरामीका लागि रगत अभाव भएको छ । प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दसैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको जनाएको छ । रक्त सञ्चार केन्द्रमा रगत अभाव हुन थालेपछि अस्पतालहरूमा उपचाररत बिरामीलाई तत्काल रगत अभाव हुन नदिन सोमबार आकस्मिक रक्तदान कार्यक्रम आयोजनासमेत गरिएको छ । पोखरा–५ जिरो किमीमा गरिएको रक्तदान कार्यक्रमबाट ४० युनिट रगत सङ्कलन भएको सो केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले बताए । उनले भने, ‘दसैँका समयमा विभिन्न सङ्घसंस्थाले गर्ने रक्तदानका कार्यक्रम नियमित हुन सकेनन् । अहिले रगत अभाव भएपछि सबैलाई सहयोग गर्न आग्रह गरेका छौँ । आकस्मिक कार्यक्रम…

विस्तृतमा...

काठमाडौं, १४ कार्तिक । नेपालका औषधि उद्योगले आत्मनिरर्भरता तर्फ पाइला चालिरहेको भएपनि नेपालमा बजार ओगट्ने शीर्ष २० कम्पनीमध्ये ५५ प्रतिशत भारतीय कम्पनी रहेका छन् । पछिल्ला दशकहरुमा देशमा औषधि कम्पनी खुल्ने दर बढेपनि औषधिमा रहेको परनिर्भरता अपेक्षाकृत रुपमा घट्न सकेको छैन । आइक्यूभिया नामक सर्वेक्षण संस्थाको आंकडा अनुसार नेपालमा अघिल्लो आर्थिक वर्ष २०७९।८० मा सर्वाधिक औषधि बिक्रि गर्ने २० कम्पनीमध्ये नेपाली कम्पनी ९ वटा रहेका छन् । नेशनल हेल्थकेयरको दवदवा कायमैशीर्ष २० कम्पनीमध्ये पहिलो र दोश्रोमा भने नेपाली कम्पनी नै रहेका छन् । नेपालमा सबैभन्दा धेरै व्यापार गर्ने कम्पनीको शीर्ष स्थानमा यो वर्षपनि नेशनल हेल्थकेयर नै रहन सफल भएको छ…

विस्तृतमा...

रुकुम, १४ कात्तिक । जिल्ला अस्पताल रुकुम पश्चिममा ३५ वर्षपछि ब्लड बैंक स्थापना भएको छ । विसं २०४५ मा स्थापना भएको अस्पतालमा विभिन्न निकायको सहयोगमा३५ वर्षपछि मात्रै ब्लड बैंक सञ्चालनमा आएको हो । अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीका अनुसार रूपान्तर नेपाल भक्तपुर, मुसिकोट नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पश्चिम लगायतका संस्थाको सहयोगमा अस्पतालमा ब्लड बैंक सञ्चालनमा आएको हो । यससँगै जिल्लामा ब्लड बैंकको सङ्ख्या दुई पुगेको छ। यसअघि चौरजहारीमा ब्लड बैंक सञ्चालनमा आइसकेको छ। ब्लड बैंकका लागि रूपान्तर नेपालले रु ३० लाख बराबरका विभिन्न १० प्रकारका सामग्री तथा उपकरण सहयोग गरेको छ। रूपान्तर नेपालले ग्रेस मिसन…

विस्तृतमा...

कञ्चनपुर, १४ कात्तिक । सुदूरपश्चिम प्रदेशमा औलोका बिरामी घट्दै गएका छन् । औलोका रोगीको उपचार तथा व्यवस्थान स्थानीय तहसम्म पु¥याइएका कारण बिरामीको सङ्ख्या घटेको हो । दीपायलस्थित सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म औलाका ५३ बिरामी फेला परेकोकामा आयातित बिरामीको सङ्ख्या ४८ रहेको छ । स्थानीय बिरामी पाँचजना मात्रै फेला परेका छन् । सबैभन्दा खतरनाक मानिने प्लाज्मोडिएम फाल्सिपारम परजीविबाट सातजना सङ्क्रमित भएका छन् । तीमध्ये आयतित बिरामी ६ र स्थानीय एकजना रहेका छन् ।

विस्तृतमा...

गोरखा, १४ कात्तिक । लेक लागेर बिरामी परेका दुई जना विदेशी पर्यटकको उद्धारमा समस्या भएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६, रिप्चेतस्थित लुम्जेन गुम्बामा पुगेपछि बिरामी परेका विदेशी पर्यटकको उद्धारमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए । कसरी लाग्छ लेक ?उच्च पहाडी तथा हिमाली भेगमा २५०० मिटरभन्दा माथि जाँदा अक्सिजनको कमीका कारणले लेक लाग्दछ । यसका सामान्य तथा कडा गरी दुई प्रकारका लक्षण देखिने यस समस्याले व्यक्तिको ज्यानै समेत लिन सक्दछ । तसर्थ कतै अग्लो थानमा जाने यात्रुहरुले आफूमा लेक लाग्न्े समस्या भए÷नभएको स्वयम् पहिचान गर्नुपर्छ । लक्षणहरु तथा बच्ने उपायसामान्यतथा लेक लाग्ने समस्या भएका व्यक्तिहरुलाई टाउको दुख्ने,…

विस्तृतमा...

काठमाडौँ, १४ कात्तिक । जलनेती नाकको सरसफाइ राख्नाका लागि गरिने एक एक प्राचीन र प्राकृतिक योगिक क्रिया हो । विशेषगरी पिनासका बिरामीका उपयुक्त मानिने यस योगिक क्रियाले नाकमा भएका फोहोरलाई बाहिर निकाल्ने काम गर्छ । जसले गर्दा नाकमा रहिरहने किटाणु बाहिर आउँछ भने यसले सहन श्वासप्रश्वास प्रक्रियालाई पनि थप बढावा दिन्छ । बिहानको समयमा उपयुक्त मानिने जलनेती साताको एकपटक गर्नु उपयुक्त हुन्छ । तर रुघाखोकी लागेको व्यक्तिका लागि भने दिनमा दुईदेखि तीनपटकसम्म पनि गर्न सकिन्छ । यो अभ्यास सबैका लागि उपयुक्त नहुने भएकाले पहिलोपटक गर्दा योग प्रशिक्षकको निगरानी र सल्लाहमा मात्रै गर्नु उचित मानिन्छ । यस्तै नाक, कान र घाँटीको…

विस्तृतमा...

काठमाडौं, १३ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले मन्त्रालयका दुवैजना सचिव अनुपस्थित भएका दिन हठात् रुपमा केन्द्रिय आयुर्वेद चिकित्सालय नरदेवीका निर्देशक डा. प्रदीप केसीको सरुवा गरेको पाइएको छ । केसीको ठाउँमा आयुर्वेद चिकित्सालय नरदेवीमा दरबन्दी नै नभएका आयुर्वेद विभागका दशौं तहका डा. श्यामबाबु यादवलाई नि. निर्देशक बनाएर नरदेबी पठाइएको छ । यता नरदेबीमै दरबन्दी भएका ११ औं तहका निर्देशक डा. केसीलाई भने सिंहदरवार वैद्यखाना विकास समिति अन्तर्गत कार्य गर्ने गरि कार्यकारी निर्देशक बनाएर पठाइएको हो । डा. केसीलाई हटाएर यादवलाई निर्देशक बनाउने निर्णय गर्ने दिन गत कार्तिक २ गते स्वास्थ्य सचिव डा. रोशन पोखरेल बेलायतमा भएको र…

विस्तृतमा...