Aricle Tech

काठमाडौँ, १५ कात्तिक । स्वास्थ्य क्षेत्रको अग्रणी अनलाईन पत्रिका स्वास्थ्य डायरी डटकम चितवन सम्पादकमा जय पाठक (जे.पी) नियुक्त भएका छन् । झन्डै डेढ दशकदेखि निकै सक्रिय रुपमा पत्रकारिता क्षेत्रमा कार्यरत पाठकलाई जुन मिडिया प्रालिले चितवन सम्पादकमा नियुक्त गरेको हो । स्वास्थ्य पत्रकारिताको माध्यमबाट सशक्त रुपमा कलम चलाउँदै आएका उनको कार्यदक्षता, लगनशिलता र मेहनतको उच्च कदर गर्दै चितवन सम्पादकको जिम्मेवारी दिइएको स्वास्थ्य डायरीका प्रधानसम्पादक उद्धवराज भेटुवालले बताए । चितवन सम्पादक बनेसँगै आफूले ठूलो जिम्मेवारी महसुस गरेको भन्दै पाठकले अझैं सशक्त भएर पत्रिकारितामा लाग्न प्रेरणा मिलेको बताए । सबैको माया, प्रेम, सहयोगकै कारण आफू यो स्थानसम्म आइपुगेको भन्दै उनले आगामी दिनहरुमा पनि…

विस्तृतमा...

काठमाडौँ, १५ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्ततः ‘लेड’ सम्बन्धी विवादित विज्ञप्ति सच्याएको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मन्त्रालयद्वारा यसअघि लेड(सिसा) सम्बन्धि सार्वजनिक विज्ञप्तिप्रति केही सरोकारवालाहरुको बुझाई अन्यथा हुन गएकोमा ध्यानाकर्षण भएको बताएका छन् । ‘उक्त विज्ञप्ति सम्बन्धित परिषद्मा दर्ता भएका चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुको परामर्शमा सेवन गर्ने औषधी व्यवस्था विभागमा दर्ता भएका औषधीहरु तथा नेपाल गुणस्तर चिन्ह प्राप्त पेन्ट, श्रृङ्गारका सामाग्री, नुयल्सको रुपमा नभई जथाभावी रुपमा शरीरमा दुष्प्रभाव पार्ने सम्भावना धएका जडीबुटी, गहृौ धातु, खनिज पदार्थहरु रहेका पेन्ट, श्रृङ्गारका सामग्री, नुडल्स बारेमा जारी गरिएको जानकारी गराउन चाहान्छौ’, विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले…

विस्तृतमा...

कर्णाली, १५ कात्तिक । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियाको सनवे मेडिकल सेन्टर बीच सम्झौता भएको छ । सम्झौताले ती दुई स्वास्थ्य सेवा प्रदायक सस्थामा कार्यरत जनशक्तिबीच सहकार्य हुने बताइएको छ । मङ्गलबार मलेसियामा आयोजित कार्यक्रममा प्रतिष्ठानका तर्फबाट उपकुलपति डा मङ्गल रावल र सेन्टरका तर्फबाट अध्यक्ष डा लाउ बेन लोङ्गले सम्झौतामा हस्ताक्षर गरेका थिए । सो अवसरमा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले सम्झौता नेपालको दुर्गम जिल्लामा स्थापित प्रतिष्ठानका लागि सहयोगी बन्ने बताए ।

विस्तृतमा...

काठमाडौँ, १५ कात्तिक । विराटनगरस्थित नोवेल मेडिकल कलेज शिक्षण अस्पताल प्रा. लि. ले नेपाल आईसीसी टी–२० विश्वकपमा छनोट भएमा राष्ट्रिय क्रिकेट टोलीलाई १५ लाख रुपैयाँ जनही पुरस्कार गर्ने घोषणा गरेको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. भोगेन्द्र प्रसाद उपाध्यायले नेपाली क्रिक्रेट टोलीको हौसला बढाउँदै सो घोषणा गरेका हुन् । यस्तै, नेपालले विश्वकप जितेमा थप ५ लाख रुपैयाँ थप उनले विज्ञप्तिमा उल्लेख छ । काठमाडौैंमा चलिरहेको ८ देश सम्मिलित छनोट प्रतियोगितामा नेपाल समूह चरणमा एक खेल बाँकी छँदै सेमिफाइनलमा पुगेको छ । नेपालले बिहीबार समूह चरणको अन्तिम खेल ओमानसँग खेल्दैछ । यस्तै शुक्रबार हुने सेमिफाइनलमा…

विस्तृतमा...

गण्डकी, १५ कात्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक असईको मृत्यु भएको छ । सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको हो । प्रहरी सहायक निरीक्षक ढुंगाना गुटरेसको सुरक्षाका लागि १२ कात्तिकमा हेलिकप्टरमा अन्नपूर्ण आधार शिविरमा पुगेका थिए । घान्द्रुक प्रहरी चौकीका इन्चार्ज समेत रहेका ढुंगानाले आर्मी र प्रहरीको टोली लिएर एविसी गएका थिए । गुटेरेसको भ्रमण सकिएपछि असई ढुंगाना सहितको सुरक्षा टोली मंगलबार पैदल हिँडेर पोखरा फर्किंदै थिए । ढुंगाना अन्नपुर्ण गाउँपालिका–११ स्थित हिमालयन होटलमा बसेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि एयर डाइनेस्टिको हेलिकप्टरमार्फत उनलाई पोखरा ल्याएको…

विस्तृतमा...

काठमाडौं, १५ कार्तिक । विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ) को दक्षिणपूर्वी एशिया निर्देशकमा बंगालादेशको प्रधानमन्त्रीकी छोरी समेत रहेकी सैमा वाजिद निर्वाचित भएकी छिन् । नयाँ दिल्लीमा भएको क्षेत्रीय सभा अन्तर्गत आज सम्पन्न निर्वाचनमा म्यानमार बाहेक १० देशका प्रतिनिधि सहभागी भएका थिए । वाजिदले १० मध्ये ८ भोट पाएकी छिन् भने उनका प्रतिस्पर्धी नेपालका डा. शम्भूप्रसाद आचार्यले २ मतमात्र पाएका छन् । नयाँ निर्देशकमा मनोनित वाजिद विश्व स्वास्थ्य संगठनमा मानसिक रोग विज्ञको रुपमा कार्यरत छिन् । उनको मनोनयनलाई आउँदो जनवरीमा हुने विश्व स्वास्थ्य संगठनको महासभाले अनुमोदन गर्नेछ । नेपालबाट विश्व स्वास्थ्य संगठनको उच्च भूमिकामा पुगेका आचार्यलाई क्षेत्रीय निर्देशक बनाउन सरकारले यसअघि…

विस्तृतमा...

डडेल्धुरा: डडेल्धुरामा एकैदिन एक सय ७३ जना कर्मचारी अनुपस्थित रहेको पाइएको छ। हिजो (मंगलबार) जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जिल्लास्थित २९ सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा ९ कार्यालयका कार्यालय प्रमुखसहित ती कर्मचारी गयल भएको पाइएको हो। हिजो प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेको निर्देशनमा यहाँका कार्यालयमा छड्के अनुगमन गरिएको थियो। जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा चन्द्रबहादुर रोकायाका अनुसार २९ कार्यालयका एक सय ७३ जना कर्मचारी अनुपस्थित रहेको पाइएको हो। जसमा डडेल्धुरा अस्पतालका मात्रै ९२ जना कर्मचारी रहेका छन्। त्यसैमा ९ कार्यालयका कार्यालय प्रमुख समेत अनुपस्थित रहेको पाइएको छ। स्वास्थ्य कार्यालयका प्रमुख केशरबहादुर साउद, जिल्ला आयुर्वेद कार्यालयका प्रमुख निशान्त शर्मा, यातायात व्यवस्था सेवा…

विस्तृतमा...

जनकपुरधाम, १५ कात्तिक । धनुषाको जनकपुरधाममा यही कात्तिक २२ गतेदेखि तीन दिवसीय अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन हुने भएको छ। मङ्गलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा यही कात्तिक २२ गतेदेखि २४ गतेसम्म महेन्द्र नारायण निधि संस्कृति केन्द्र जनकपुरधाममा सम्मेलन आयोजना गरिने जानकारी दिइएको हो। सम्मेलन आयोजक समितिका संयोजक डा राकेशकुमार सिंहले नेपालसहित विश्वका विभिन्न २५ देशका आयुर्वेद विज्ञ चिकित्सकको सहभागितामा सम्मेलन हुन लागेको जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ। सम्मेलन अवधिमा आधुनिक चिकित्सा प्रणालीमा आयुर्वेदको महत्वमाथि चर्चा, विज्ञको संगोष्ठी, आयुर्विज्ञानका क्षेत्रमा भएका अध्ययन, अनुसन्धान, शिक्षालगायत विषयबारे प्रस्तुतीकरण, आयुर्वेदका १४ विधामाथि विमर्श, अन्तर्राष्ट्रिय युवा समिट, व्यापार, वाणिज्य,…

विस्तृतमा...

काठमाडौँ, १५ कात्तिक । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को सदस्य सचिवका लागि ८ जनाको उम्मेदवारी परेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै उम्मेदवारहरुको नाम सार्वजनिक गरेको हो । मन्त्रालका अनुसार सदस्य सचिवका लागि उम्मेदवारी दिनेमा अरबिन्द कुमार चौधरी, महेश भट्टराई, भुवनेश्वर ढुंगाना, नलराम देवकोटा, टेक बहादुर मल्ल, अनोज भट्टराई,विनोद बडाल र प्रमोदभक्त आचार्य रहेका छन् । यस्तै, मन्त्रालयले उम्मेद्वारहरुको कार्यतालिका प्रस्तुतीकरण तथा अन्र्तवार्ता १७ र १८ कात्तिकमा मन्त्रालयको डकुमेन्टेसन हलमा हुने जनाएको छ ।

विस्तृतमा...

काठमाडौँ, १५ कात्तिक । डिमेन्सियाका विभिन्न प्रकारमध्ये अल्जाइमर पनि एक हो । बढ्दो उमेरमा देखा पर्ने यो रोग मस्तिष्कको कार्यप्रणालीसंग सम्बन्धित हुन्छ । यस रोगले व्यक्तिको सोच्न सक्ने र सम्झिन सक्ने स्मरणशक्तिको क्षमतामा हृास ल्याई मानसिक अवस्थामा समेत असर पु¥याउँछ । यसकारण यी रोगका बिरामीमा धेरै बिर्सने र सम्झिन नसक्ने समस्या देखापर्छ । विश्व तथ्यांकको आकलनलाई हेर्ने हो भने, प्रत्येक ३ सेकेन्डमा १ जना व्यक्ति यस रोगको शिकार हुने गरेका छन् । यस अर्थमा बढ्दो उमेरमा व्यक्तिमा देखापर्ने यो रोग प्रत्येक व्यक्तिमा देखापर्छ भन्ने चाहिँ होइन । यद्यपि अल्जाइमरलाई विश्वव्यापी समस्यको रुपमा भने लिन सकिन्छ । यसका कारण अल्जाईमरलाई ‘इडियोपेथिक’…

विस्तृतमा...