Aricle Tech

राँझा (बाँके), १२ कात्तिक ।नेपालगन्ज उपमहानगरपालिकाले नगरवासीको स्वास्थ्य सेवालाई प्राथमिकता दिएको छ । नागरिकको स्वास्थ्य प्रवर्द्धन सेवालाई प्राथमिकता दिएर स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरेको उपमहानगरपालिकाले बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवासमेत व्यवस्था गरेको छ । उपमहानगरपालिकाले गत साउन १ गतेबाट सञ्चालन गरेको चौबीसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी बनेको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले बताए । उपमहानगरपालिकाभित्रका गरिब, असहाय, प्रसूति सेवा लिने महिला, अपाङ्गता भएका, ज्येष्ठ नागरिक र आकस्मिक सेवाका बिरामीलाई घरबाट अस्पतालसम्म पुर्याउन निःशुल्क सञ्चालन गरिएको एम्बुलेन्स सेवा मातृशिशु मृत्युदर घटाउन प्रभावकारी भएको उनको भनाइ छ । उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले बिरामीको अस्पतालसम्म सरल र सहज पहुँचका लागि…

विस्तृतमा...

काठमाडौं, १२ कार्तिक । स्वास्थ्य सेवाको हालसम्मकै ठूलो कल्याणकारी कार्यक्रम स्वास्थ्य बीमालाई लिएर पछिल्लो समय चौतर्फी आलोचना बढेपछि सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गरेर स्वास्थ्य मन्त्रालयका सहसचिव डा. मदन कुमार उपाध्यायलाई निमित्त कार्यकारी निर्देशक बनाएर पठाएको छ । बीमा कार्यक्रम असफलता तर्फ गएको भनेर प्रचार भइरहेका बेला निमित्त निर्देशकको जिम्मेवारी पाएका उपाध्यायले सुरु मै बीमा गर्नेहरुले पाउने उपचार प्याकेजलाई पुनरावलोकन गर्ने काम थालेका छन् । पाँचवर्ष पुरानो ‘बेनिफिट प्याकेज’मा आजको अवस्थामा पुनरावलोकन गर्नैपर्ने अवस्था भएर त्यसमा काम सुरु भएको डा. उपाध्यायले स्वास्थ्य डायरीलाई जानकारी दिए । हालसम्म बीमाको पुरानो प्याकेजमा उल्लेख भएका जाँच, उपचार र…

विस्तृतमा...

गलकोट : बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीमा रहेको बर्थिङ सेन्टरमा गत आर्थिक वर्ष ४० जना गर्भवतीले शिशु जन्माए । गलकोटको केन्द्रसँग जोडिएको नरेठाँटीमा अहिले उक्त बर्थिङ सेन्टर स्थापना भएपछि शून्य ‘होमडेलिभरी’ भएको तथ्याङ्क छ । संस्थागत सुत्केरी अभियानमा अहिले बागलुङमा धमाधम बर्थिङ सेन्टर स्थापना गर्ने र भइरहेका बर्थिङ सेन्टरको स्तरोन्नति गर्ने कार्य भइरहँदा जिल्लाभर संस्थागत सुत्केरी हुनेको सङ्ख्यामा वृद्धि भइरहेको छ । फेएरमेडको सहयोग र विवाइसी बागलुङको साझेदारीमा सञ्चालित ग्रामीण स्वास्थ्य सुधार परियोजनाले पाँच वर्षमा बागलुङका दुर्गम स्थानहरुमा १३ बर्थिङ सेन्टर स्थापना गर्न सहयोग गरेपछि संस्थागत सुत्केरीको सङ्ख्यामा वृद्धि भएको छ । परियोजनाले १३ बर्थिङ सेन्टर स्थापना गर्न र ४० बर्थिङ…

विस्तृतमा...

काठमाडौँ , १२ कात्तिक । विश्व पक्षघात दिवसको अवसरमा नेपालमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ मनाइने यो दिवस यसपटक ‘हामी सबै मिलेर काम गर्‍यौँ भने पक्षघातमाथि विजय गर्न सकिन्छ’ भन्ने नाराका साथ मनाइँदैछ । विश्वभर वर्षेनि एक करोड ३० लाखभन्दा बढी व्यक्तिमा पक्षघातको शिकार हुने गरेका छन् । यस्तै, प्रति ६ सेकेण्डमा एक जना र चार जनामा एक जनालाई पक्षघात हुने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ । के हो पक्षघात ? एक जटिल शारीरिक अवस्थाको रूपमा रहेको पक्षघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्त्वको कमी भएमा रक्त…

विस्तृतमा...

भक्तपुर, १२ कात्तिक । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ रहेको भए पनि अहिले भक्तपुरमै रगत अभाव भएको छ । दसैँ सुरु भएदेखि नै रक्तदानलगायत रगत उपलब्ध हुने कार्यक्रम ठप्प भएपछि रगत अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटी भक्तपुरको ब्लड बैङ्कमा समेत रगतको अभाव भएको छ । रक्तदान नहुँदा रगतको अभाव चुलिएको नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका निवर्तमान अध्यक्ष एवं केन्द्रीय सहमहामन्त्री मनोजकुमार थापाले जानकारी दिए। उनले चाडबाडको बेलामा रक्तदानलगायत कार्यक्रम नुहँदा रगत अभाव भएको बताउँदै मागअनुसार रगत उपलब्ध गराउन नसकेको बताए । यद्यपि रगत लिन भक्तपुर आउने बिरामीका परिवारलाई रित्तो फर्कनुपर्ने अवस्था भने नआएको बताए। सहमहामन्त्री…

विस्तृतमा...

काठमाडौँ, १२ कात्तिक । झट्ट हेर्दा आकर्षक देखिने मिलेको र सेतो दाँतलाई व्यक्तिको आकर्षणको केन्द्रबिन्दु पनि मानिन्छ । यसले व्यक्तिको व्यक्तित्वमा समेत निखार ल्याउँछ । तर, व्यक्तिपिच्छे दाँतको रंग फरक–फरक हुन्छ । हामीले देखेका छौ कतिपय व्यक्तिको दाँत सेतो हुन्छ भने कतिपयको पहेँलो । आखिर किन यस्तो हुन्छ? अर्थात्, सबै व्यक्तिको दाँतको रङ किन समान हुदैन? र दाँत सेतो बनाउन के गर्नुपर्छ? यो अधिकांशको जिज्ञासा हुनसक्छ । सर्वप्रथम हामीले के बुझ्नुपर्छ भने, व्यक्तिको दाँत, कपाल र आँखाको रङ जन्मदा नै उसको डिएनए वा वशांणुद्धारा नै निर्धारित भएको हुन्छ । अर्थात्, दाँत पहेँलो वा डिसकलर हुनु पछाडिको कारण आणुवंशिक पनि हो…

विस्तृतमा...

दमौली, १२ कात्तिक । तनहुँका स्थानीय तहले गर्भवती र सुत्केरीलाई पोषण भत्ता उपलब्ध गराउन थालेको छ । सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन र सुत्केरी सेवा लिने काममा आकर्षित गर्न पालिकाले सम्बन्धित मातहतभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा जाँच तथा सुत्केरी सेवा लिनेलाई पोषणबापत भत्ता उपलब्ध गराउन थालेका हुन्। यसैक्रममा व्यास नगरपालिकाले गर्भवतीलाई पोषणबापत जनही रु पाँच हजारका दरले भत्ता वितरण गरेको छ। नगरपालिकाले चालु आर्थिक वर्षमा ६२ गर्भवतीलाई पोषण भत्ता वितरण गरेको जनाएको छ। गर्भवतीलाई समय–समयमा गर्भ जाँच गरी शिशु मृत्युदर न्यूनीकरणमा प्रोत्साहित गर्ने उद्देश्यले प्रोत्साहन पोषण रकम प्रदान गरिएको उपप्रमुख इन्दिरा दरैले जानकारी दिए। नगरपालिकाले स्वास्थ्य संस्थामा जाँच गरेको…

विस्तृतमा...

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मलेरिया उन्मुलन गर्न दक्षिण पूर्वी एशियाली देशहरुबीच आपसी सहकार्य आवश्यक रहेको बताएका छन्। मलेरिया उन्मुलनका लागि दक्षिण पूर्वी एशियाका सांसदहरुको योजना तथा तयारीका लागि प्राविधिक समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले आपसी सहकार्य गर्नुपर्नेमा जोड दिएका हुन्। ‘मलेरिया उन्मुलन हामी सबैको साझा एजेण्डा हो। एक देशको प्रयासले मात्र दक्षिण पूर्वी एशियाबाट मलेरिया उन्मुलन गर्न सकिँदैन। यसमा सबैको प्राविधिक र आर्थिक सहकार्य आवश्यक छ’ उनले भने। दक्षिण पूर्व एशिया क्षेत्रिय समन्व्य संयन्त्र फोरम(एसआरसिएमएफ)को आयोजनामा शुक्रबारदेखि काठमाडौंमा उक्त बैठक सुरु भएको छ। सोही बैठकमा बोल्दै मन्त्री बस्नेतले खुला सीमाना र बसाईसराईका कारण पनि मलेरिया…

विस्तृतमा...

काठमाडौं, ११ कार्तिक । विश्व स्वास्थ्य संगठनको दक्षिणपूवी एशिया निर्देशकका लागि आउँदो साता मतदान हुने भएको छ । आगामी सोमवारदेखि (अक्टोवर ३० देखि नोभेम्वर २) बुधवारसम्म दिल्लीमा हुने संगठनको दक्षिणपूर्वी एशिया कमिटिको वार्षिक सभाले ५ वर्षका लागि नयाँ क्षेत्रीय निर्देशक चुन्नेछ । उक्त सभाले चुन्ने नयाँ निर्देशकलाई आउँदो जनवरीको अन्तिम साता जेनेभामा हुने विश्व स्वास्थ्य संगठन कार्यकारी समितिको बैठकले अनुमोदन गर्नेछ । दक्षिणपूर्वी एशियाको क्षेत्रीय निर्देशकका लागि यसपटक नेपालले पनि मनोनयन पेश गरेको छ । नेपालका तर्फबाट डा. शभ्मूप्रसाद आचार्यलाई निर्देशकको पदमा प्रतिस्पर्धा गराउन लागिएको हो । विश्व स्वास्थ्य संगठनको मुख्यालयमा कार्यरत आचार्यलाई अनुभवी जनस्वास्थ्य विज्ञका रुपमा हेरिएको छ ।…

विस्तृतमा...

धनगढी: धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा करार समूहतर्फ कार्यरत डा अमृत जैशीको अवैध डेन्टल रहेको पाइएको छ। धनगढीमै जैशीले अवैध रुपमा डेन्टल खोलेर सञ्चालन गरेको पाइएको हो। धनगढीको राष्ट्र बैंक चोक नजिकै संजिवनी अस्पतालसँगै जैशीको डेन्टल केयर छ। उनले केही समय अवैध रुपमा सो डेन्टल चलाएर अहिले बन्द अवस्थामा राखेका छन्। डेन्टल सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ। तर, जैशीले अनुमति बिना डेन्टल चलाएको खुलेको हो। जैसीले आफूहरु दर्ता र अनुमति लिने प्रक्रियामै रहेको र स्वास्थ्य कार्यालयले अनुमती दिन ढिलाइ गरेको बताए। उनका अनुसार अनुमतिका लागि १ वर्ष कुर्दा पनि फाइल कार्यालयमा थन्किएको छ। उता स्वास्थ्य कार्यालय कैलालीले भने…

विस्तृतमा...