चितवन- रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदीमा बगेर चितवन पुगेका शवमध्ये सनाखत हुन नसकेका १९९ वटा शवको व्यवस्थापन गरिएको छ। भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जङ्गल क्षेत्रमा आइतबार रातिसम्म ती शवको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार बाढीपछि चितवनमा हालसम्म २७२ वटा शव फेला परेका छन्। तीमध्ये १२ वटा शवको सनाखत भइसकेको छ भने १९९ वटा सनाखत हुन नसकेपछि व्यवस्थापन गरिएको हो। व्यवस्थापन गरिएका शवको डिएनए नमुना सुरक्षित राखिएको प्रहरीले जनाएको छ। भविष्यमा बेपत्ता व्यक्तिका परिवारसँग डिएनए परीक्षण मिलेको अवस्थामा सम्बन्धित शव पहिचान गरी परिवारलाई बुझाउन सकिने…
स्वास्थ्य डायरी
काठमाडौँ – भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित बालबालिकाको उपचार काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)–काठमाडौं बाल अस्पतालले निःशुल्क गर्ने भएको छ। किओचले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्बाट प्रभावित परिवारका बालबालिकालाई आवश्यक स्वास्थ्य उपचार निःशुल्क उपलब्ध गराउने घोषणा गरेको हो। किओच परिवारले बाढीमा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। अस्पतालले विपद्बाट प्रभावित बालबालिकालाई स्वास्थ्य उपचार आवश्यक परे किओच–काठमाडौं बाल अस्पतालमा सम्पर्क गर्न आग्रह गरेको छ। उपचारका लागि अस्पतालले कुनै शुल्क नलिने जनाएको छ। स्वास्थ्य उपचार आवश्यक पर्ने प्रभावित परिवारले ०१–५९७१५२५ वा ०१–४३७०३७३ नम्बरमा सम्पर्क गर्न सक्ने अस्पतालले जनाएको छ। विपद्को…
काठमाडौं – सामाजिक सञ्जालमार्फत सरकारलाई शव व्यवस्थापनको विधिबारे सुझाव दिएका कोशी प्रदेशका सचिव कोषहरि निरौलालाई सरकारले नै रसुवामा शव व्यवस्थापनको जिम्मेवारी दिएको छ। संघीय सरकारले निरौलालाई रसुवाको टिमुरेमा शव व्यवस्थापनका लागि काजमा खटाउने निर्णय गरेको हो। आइतबार मन्त्रीस्तरीय निर्णयमार्फत उनलाई टिमुरे पठाउने निर्णय गरिएको जनाइएको छ। निरौलाले शनिबार मात्रै सामाजिक सञ्जाल फेसबुकमार्फत विपद्मा मृत्यु भएकाहरूको शव गाड्नुको सट्टा सम्बन्धित धर्म र परम्पराअनुसार अन्तिम संस्कार गर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए। उनले कोभिड–१९ महामारीका समयमा आफू मोरङको प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहँदा शव व्यवस्थापन गर्दा भोगेको अनुभवसमेत सामाजिक सञ्जालमा उल्लेख गरेका थिए। शव व्यवस्थापनबारे आफ्नो अनुभव र धारणा सार्वजनिक गरेको भोलिपल्टै सरकारले…
काठमाडौँ – विनाशकारी बाढीबाट प्रभावित समुदायको स्वास्थ्य उपचार तथा आपतकालीन प्रतिकार्यका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई १ लाख ५० हजार अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोषमार्फत बाढी प्रभावित क्षेत्रका लागि उक्त सहयोग उपलब्ध गराइएको हो। डब्लूएचओ दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. निलेश बुद्धले नेपालमा उत्पन्न आपतकालीन अवस्थाको प्रतिकार्य र पुनःस्थापनाका काममा संगठनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार भदौ १० गते बाढी आएको केही घण्टामै प्रभावित क्षेत्रका लागि आवश्यक आपतकालीन स्वास्थ्य सामग्री पठाइएको थियो। उक्त सहयोगअन्तर्गत करिब १० हजार मानिसलाई तीन महिनासम्म स्वास्थ्य सेवा उपलब्ध…
काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीको चार दिन बितिसकेको छ । उद्धार, राहत तथा शव व्यवस्थापनमा राज्यका संयन्त्र सक्रिय भइरहेका बेला बाढीपछि बढ्न सक्ने अर्को स्वास्थ्य जोखिमतर्फ पनि ध्यान दिनुपर्ने भएको छ । त्यो हो– सर्पदंश । बाढी तथा डुबानपछि सर्पहरू आफ्नो बासस्थानबाट बाहिर निस्कने भएकाले सर्पदंशको जोखिम बढ्ने स्वास्थ्य विज्ञ डा. प्रकाश बुढाथोकी बताउँछन् । उनका अनुसार विपद्को समयमा उद्धार, घाइतेको उपचार र शव व्यवस्थापनमा ध्यान केन्द्रित हुँदा सर्पदंशको जोखिम ओझेलमा पर्न सक्छ । अझ प्रमुख उपचार केन्द्रमै जीवनरक्षक एन्टिभेनमको पर्याप्त उपलब्धता नहुँदा समस्या थप जटिल बन्न सक्ने उनको भनाइ छ । २०८३ वैशाख १ गतेदेखि पछिल्लो चार महिनामा…
काठमाडौं – रसुवामा बाढीपछि फेला परेका शव तथा मानव अवशेषलाई जमिनमुनि गाडेर व्यवस्थापन गर्ने सरकारको निर्णयबारे उठेका प्रश्नमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले वास्तविक प्रक्रिया स्पष्ट पारेका छन् । मन्त्री पुनका अनुसार बाढीपछि फेला परेका ८५ प्रतिशतभन्दा बढी शव खण्डित अवस्थामा छन् । कतिपय अवस्थामा हात, खुट्टा वा शरीरका अन्य भाग मात्र फेला परेको र सग्लो अवस्थामा भेटिएका शवसमेत पहिचान गर्न सकिने स्थितिमा नरहेको उनले बताएका छन् । यस्तो अवस्थामा शवको पहिचानका लागि वैज्ञानिक र भरपर्दो माध्यम डीएनए परीक्षण नै भएकाले सरकारले त्यसैअनुसार प्रक्रिया अघि बढाएको उनको भनाइ छ । सरकारले फेला परेका प्रत्येक मानव अवशेषबाट कोषको नमुना लिएर…
काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रसुवामा बाढीपहिरोपछि फेला परेका तर तत्काल पहिचान खुल्न नसकेका शवलाई नष्ट वा गाडिएको नभई सुरक्षित रूपमा संरक्षण गरिएको स्पष्ट पारेकी छन् । उनका अनुसार विपद्का क्रममा फेला परेका शव लामो समयसम्म कुहिँदा वातावरण र जनस्वास्थ्यमा असर पर्न सक्ने भएकाले संक्रमण तथा सम्भावित महामारीको जोखिमलाई समेत ध्यानमा राखेर प्रचलित स्वास्थ्य मापदण्ड र कानुनी प्रक्रियाअनुसार व्यवस्थापन गरिएको हो । मन्त्री मेहताले शवबाट डीएनएलगायत आवश्यक नमुना सुरक्षित राखिने भएकाले भविष्यमा वैज्ञानिक विधिबाट पहिचान गर्न सकिने व्यवस्था गरिएको बताइन् । पहिचान खुलेपछि सम्बन्धित परिवारलाई उनीहरूको धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अन्तिम संस्कार गर्ने अवसर उपलब्ध गराइने उनले स्पष्ट…
काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म ६ सय ६९ वटा शव फेला परिसकेका छन् । बाढीबाट प्रभावित क्षेत्रमा संक्रमणजन्य रोग फैलिने जोखिमसमेत उच्च रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताएका छन् । बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिपछि संक्रामक रोगको जोखिम सधैँ रहने गरेको डा. पुनले बताए । विभिन्न देशका अनुभवलाई हेर्दा कतिपय स्थानमा बाढीपहिरोपछि संक्रमण फैलिएको पाइएको भन्दै उनले समयमै उचित व्यवस्थापन हुन नसके जोखिम झन् बढ्ने बताए । ‘जति ढिलो भयो, त्यति नै संक्रमणहरू विकसित हुने क्रम रहन्छ । अन्ततः ती संक्रमण मानिसमा सर्ने…
काठमाडौँ – चिकित्सकले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा समय बित्दै गएसँगै सङ्क्रमणको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । अब विस्तारै मृत्यु भएका मानिस तथा जनवारको शरीर कुहिन थाल्ने र यसले दुर्गन्ध तथा रोग फैलाउन सक्ने भन्दै सतर्क रहन चिकित्सहरूले सबैलाई आग्रह गरेका हुन् । सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै स्वास्थ्य सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए । बाढीपछि समय बित्दै जाँदा दूषित पानी, असुरक्षित खानपान, फोहरमैला तथा लामखुट्टेको वृद्धि हुने हुँदा सोही कारण विभिन्न प्रकारका सङ्क्रमण फैलिन सक्ने भन्दै उहाँले यसतर्फ सबै सचेत बन्नुपर्नेमा जोड दिए । “समय बित्दै…
काठमाडौँ – नेपाल औषधि उत्पादक संघले हालैको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा आवश्यक औषधि, स्वास्थ्य सामग्री र स्वास्थ्य सेवा उपलब्ध गराउन औषधि उद्योगहरूलाई आग्रह गरेको छ । संघले भदौ १३ गते अपिल जारी गर्दै बाढी तथा प्राकृतिक विपत्तिका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै नागरिकको जीवन र स्वास्थ्यमा गम्भीर असर परेको जनाएको छ । तत्काल उद्धार र राहतसँगै विपत्तिपछि देखिन सक्ने रोग, संक्रमण तथा अन्य जनस्वास्थ्य जोखिम न्यूनीकरणमा समेत विशेष ध्यान दिनुपर्ने संघको भनाइ छ । प्रभावित नागरिकको जीवनरक्षा र स्वास्थ्य सुरक्षाका लागि औषधि, स्वास्थ्य सामग्री तथा स्वास्थ्य सेवाको सहज पहुँच सुनिश्चित गर्न सबै पक्षको सहयोग…

