भरतपुर – रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि बेपत्ता आफन्तको खोजीमा परिवारजन चितवनको भरतपुर पुगेका छन्। हातमा आफन्तको तस्वीर र मनमा आशा–त्रास बोकेर उनीहरू शव पहिचान केन्द्रमा एम्बुलेन्सको प्रतीक्षा गरिरहेका छन्। भरतपुर अस्पतालको शवगृहमा सीमित क्षमता भएपछि औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको भवनमा तत्काल २५० वटासम्म शव राख्न सकिने विशेष कुलिङ हल तयार गरिएको छ। यहाँ शवको सनाखत र पोस्टमार्टमपछि आफन्तलाई बुझाउने तयारी गरिएको छ। अहिलेसम्म चितवनमा १३० भन्दा बढी शव संकलन भएको जनाइएको छ। शव व्यवस्थापनका लागि २५ वटा एम्बुलेन्स तथा सुरक्षा निकाय परिचालन गरिएको छ।
स्वास्थ्य डायरी
काठमाडौं – नेपाल चिकित्सक संघले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रमा चिकित्सक टोली परिचालन गरी आपत्कालीन स्वास्थ्य सेवा उपलब्ध गराएको छ। संघका अध्यक्ष डा. बद्रि रिजालको नेतृत्वमा नौ जना चिकित्सकको टोली औषधि तथा आवश्यक स्वास्थ्य सामग्रीसहित बाढी प्रभावित क्षेत्रमा पुगेको हो। टोलीले नुवाकोटको देवीघाट, ढुङ्गे र विदुरलगायतका प्रभावित क्षेत्रमा पुगेर बिरामी तथा प्रभावित नागरिकको स्वास्थ्य परीक्षण र उपचार गरेको छ। साथै आवश्यक परेकालाई निःशुल्क औषधिसमेत वितरण गरिएको नेपाल चिकित्सक संघले जनाएको छ। बाढीपछिको अवस्थामा प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या बढ्न सक्ने र महामारी फैलिने जोखिमलाई ध्यानमा राख्दै तत्काल स्वास्थ्य सेवा उपलब्ध गराइएको संघको भनाइ छ। विपद्को समयमा प्रभावित नागरिकलाई स्वास्थ्य उपचारसँगै आवश्यक…
काठमाडौं – नुवाकोट, रसुवा र धादिङलगायतका बाढीपहिरो प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राख्दै सरकारले स्वास्थ्य आपत्कालीन प्रतिकार्यलाई तीव्र बनाएको छ। प्रभावित क्षेत्रमा मेडिकल टोली, औषधि, एम्बुलेन्स र रक्तसञ्चार सेवासहित स्वास्थ्य संयन्त्र परिचालन गरिएको छ भने काठमाडौं उपत्यकाका प्रमुख अस्पताललाई आपत्कालीन अवस्थाका लागि ‘स्ट्यान्डबाइ’मा राखिएको छ। प्रधानमन्त्री बालेन शाहले बिहीबार नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि सरकारको पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार र घाइतेको निःशुल्क उपचार रहेको बताएका छन्। बाढीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) सक्रिय गरिएको छ। वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल…
काठमाडौं – एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेजेज अफ नेपालअन्तर्गतका शिक्षण अस्पतालहरूले रसुवा बाढीबाट प्रभावित तथा घाइते नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण, उपचार तथा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। एसोसिएसनले विज्ञप्तिमार्फत २०८३ भदौ १० गते बिहान मित्रराष्ट्र चीनको तिब्बतस्थित भूभागबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत नदी तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। बाढी तथा विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एसोसिएसनले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा प्रभावित सबै नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। एसोसिएसनका अनुसार यसअन्तर्गत सञ्चालित मेडिकल तथा डेन्टल कलेजसँग आबद्ध शिक्षण अस्पतालहरूले प्राकृतिक…
काठमाडौं- नेपाल औषधि उत्पादक संघले हालैको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत सम्पूर्ण क्षेत्रका नागरिकप्रति ऐक्यबद्धता जनाएको छ। संघले विज्ञप्तिमार्फत विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता नागरिकको सकुशल उद्धार तथा घाइते, विस्थापित र प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। बाढी तथा पहिरोका कारण घर–बस्ती, सडक, पुल, विद्युत्, सञ्चार, उद्योग–व्यवसाय, भन्सार तथा अत्यावश्यक वस्तुको आपूर्ति प्रणालीमा परेको असरलाई ध्यानमा राख्दै खोज तथा उद्धार, राहत, उपचार र पुनर्स्थापनाका कामलाई उच्च प्राथमिकताका साथ प्रभावकारी बनाउन संघले सरकार, सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्र र सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ। औषधि…
काठमाडौं- विपद्को समयमा खानेपानी तथा सरसफाइमा विशेष सावधानी अपनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सर्वसाधारणलाई आग्रह गरेको छ । केन्द्रले क्लोरीन झोल वा ट्याबलेट प्रयोग गरेर शुद्धीकरण गरिएको अथवा उमालिएको पानी मात्र पिउन अनुरोध गरेको छ । शुद्धीकरण गरिएको पानी सफा भाँडामा छोपेर राख्न र पानी निकाल्न प्रयोग गरिने भाँडासमेत सफा राख्न सुझाव दिइएको छ । त्यस्तै, सडेगलेका, बासी तथा झिंगा भन्केका खानेकुरा नखान आग्रह गरिएको छ । काँक्रो, गाँजर तथा फलफूलजस्ता काँचै खान मिल्ने खाद्य पदार्थ सफा पानीले राम्ररी धोएर मात्र खान केन्द्रले अनुरोध गरेको छ । विपद्का बेला सरसफाइमा विशेष ध्यान…
हेटौँडा – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित ८१ जना घाइते तथा बिरामीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बागमती प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रले बिहीबार बिहान ८ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । मन्त्रालयका अनुसार रसुवा अस्पतालमा ४५ जना उपचारका लागि पुगेका छन् । तीमध्ये आठ जनालाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ भने एक जनाको मृत्यु भएको छ । हेलिकोप्टरबाट उद्धार गरिएका घाइतेलाई प्रारम्भिक उपचारपछि काठमाडौं रेफर गरिएको मन्त्रालयले जनाएको छ । नुवाकोटको त्रिशूली अस्पतालमा १६ जना उपचारका लागि पुगेकामा १३ जना डिस्चार्ज भएका छन् । हाल…
काठमाडौं – बाढीमा परी मृत्यु भएका व्यक्तिहरूमध्ये हालसम्म चितवनमा ६४ वटा शव फेला परेका छन् । चितवन जिल्ला प्रहरी कार्यालयले अहिलेसम्म ६४ शव फेला परेको जानकारी दिएको हो । प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मनिष श्रेष्ठका अनुसार शव खोजी कार्य अझै जारी रहेकाले मृतकका शव थप फेला पर्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ । चितवनमा रहेका स्वास्थ्य संस्थाहरूमा एकैपटक अधिकतम ५० वटा शव मात्र राख्न सक्ने क्षमता रहेको जानकारी प्रहरीलाई प्राप्त भएको छ । शव राख्ने स्थानको अभाव हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै आपतकालीन व्यवस्थापनको रणनीतिअनुसार शवको सुरक्षा गर्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ । चितवन प्रहरीले बाढी तथा…
काठमाडौं – रसुवामा आएको बाढीमा परी घाइते भएका काठमाडौं ल्याइएका ४२ जनामध्ये ९ जना डिस्चार्ज भएका छन् । बाँकी ३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार त्रिवि शिक्षण अस्पतालमा २३ जना घाइतेलाई उपचारका लागि ल्याइएकोमा ४ जना डिस्चार्ज भइसकेका छन् । त्यहाँ अहिले १९ जनाको उपचार भइरहेको छ । त्यस्तै, वीर अस्पतालमा ३ जना, नर्भीक अस्पतालमा ३ जना र छाउनीस्थित अस्पतालमा १ जना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । बाढीमा परी घाइते भएकाहरूलाई उद्धार गरी काठमाडौंका विभिन्न अस्पतालमा ल्याएर उपचार भइरहेको छ ।
काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत बाढी प्रभावित क्षेत्र तथा अन्य क्षेत्रका नागरिकहरूलाई अपिल गर्दै सरकारले सम्पूर्ण ध्यान उद्धार, खोजी र राहतमा खर्चिएको बताएका हुन् । “आज म अत्यन्तै भारी मन लिएर तपाईंहरूमाझ उभिएको छु । आज बिहान रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले पुर्याएको ठूलो मानवीय र भौतिक क्षतिले सिङ्गो देशलाई नै स्तब्ध र मर्महत बनाएको छ । प्राकृतिक विपद्को यो अप्रत्याशित बज्रपातले हाम्रा धेरै दाजुभाइ, दिदीबहिनी र साना–साना बालबालिकाहरूलाई गहिरो पीडामा धकेलेको छ”, उनले भनेका…

