स्वास्थ्य डायरी

काठमाडौँ – क्यान्सर उपचारमा अत्यावश्यक मानिने सिस्प्लाटिन र कार्बोप्लाटिन औषधिको अभाव तीन महिनादेखि कायमै रहेको छ । सरकारले आपूर्ति सहज भइरहेको दाबी गरे पनि अस्पताल र फार्मेसीमा यी औषधिको पर्याप्त मौज्दात नरहेको पाइएको छ । क्यान्सरका बिरामीले सहज रूपमा फार्मेसीबाट औषधि खरिद गर्न सक्ने अवस्था छैन । औषधि व्यवस्था विभागले तोकेका स्वास्थ्य संस्थामध्ये अधिकांशमा समेत सिस्प्लाटिन र कार्बोप्लाटिनको अभाव देखिएको छ । क्यान्सर विशेषज्ञका अनुसार प्लाटिनम समूहमा पर्ने यी औषधि पेट, स्तन, फोक्सो, अण्डाशय, ठूलो आन्द्रा तथा सानो आन्द्रालगायत विभिन्न प्रकारका क्यान्सरको उपचारमा प्रयोग हुने गर्छन् । नेपालमा यी औषधि स्वदेशमा उत्पादन हुँदैनन् । पूर्ण रूपमा विदेशबाट आयात गर्नुपर्ने भएकाले…

विस्तृतमा...

काठमाडौं- रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५५३ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न जिल्लाबाट अहिलेसम्म ५५३ जनाको शव फेला परेको हो । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार शुक्रबार साँझसम्ममा रसुवामा १३, धादिङमा ४०, तनहुँमा ३१, नुवाकोटमा ३८, गोरखामा ४७, चितवनमा २२२, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ । एक हजार ४७३ जनाको उद्धारनेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ४७३ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट तीन जना रहेका…

विस्तृतमा...

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण ठूलो धनजनको क्षति भयो। बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो असर गरेको छ। यसबीचमा अहिले सुरक्षा निकायले उद्धार, खोज र राहतमा जुटिरहेका छन्। यद्यपि बाढीमा परेर निधन भएकाहरुको शव संकलन र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हाल बाढीमा निधन भएकाको शव विभिन्न अस्पतालमा पुर्याइएको छ भने यो क्रम जारी छ। प्राधिकरणका अनुसार शुक्रबार साँझसम्म फेला परेका ५७९ मध्ये ५११ जनाको शव विभिन्न अस्पतालमा पुर्याइएको छ। जसअनुसार रसुवामा फेला परेका तीन शव जिल्ला अस्पताल धुन्चे रसुवामा राखिएको छ। साथै धादिङमा संकलन गरिएका २७ शव…

विस्तृतमा...

काठमाडौं – आर्या फार्माल्यावले बाढी तथा विपद्बाट प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकका लागि आवश्यक स्वास्थ्य उपचारसम्बन्धी ८२ लाख रुपैयाँ बराबरको औषधि उपलब्ध गराएको छ। विपद्को समयमा प्रभावित नागरिकलाई स्वास्थ्य उपचारमा सहजता होस् भन्ने उद्देश्यले आर्या फार्माल्यावले उक्त औषधि सहयोग गरेको हो। बाढी तथा विपद्का कारण स्वास्थ्य सेवा प्रभावित भएका क्षेत्रमा आवश्यक औषधि उपलब्ध गराउँदा उपचारमा केही सहजता पुग्ने अपेक्षा गरिएको छ। आर्या फार्माल्यावले यसअघि पनि देशमा संकट उत्पन्न भएका बेला सहयोग गर्दै आएको उल्लेख गर्दै अहिलेको विपद्मा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ। देशलाई कठिन परिस्थिति पर्दा नेपाली औषधि उद्योगहरूले आफ्नो सामाजिक दायित्व निर्वाह गर्दै सहयोग…

विस्तृतमा...

काठमाडौं – प्यान्क्रियाज क्यान्सरका बिरामीका लागि नयाँ आशा जगाउने औषधि ‘रासोनक्यु’लाई अमेरिकी खाद्य तथा औषधि प्रशासनले स्वीकृति दिएको छ। रिभोलुसन मेडिसिन्सले विकास गरेको यो औषधिले उन्नत अवस्थामा पुगेको प्यान्क्रियाज क्यान्सरका बिरामीको बाँच्ने दर दोब्बर बनाएको ठूलो परीक्षणमा देखिएपछि अमेरिकी खाद्य तथा औषधि प्रशासनले स्वीकृति दिएको हो। दिनमा एकपटक सेवन गर्ने चक्कीका रूपमा प्रयोग हुने ‘रासोनक्यु’ शरीरका अन्य भागमा समेत फैलिएको प्यान्क्रियाज क्यान्सर भएका, यसअघि उपचार गराइसकेका वा संयुक्त किमोथेरापी लिन नसक्ने बिरामीका लागि प्रयोग गर्न स्वीकृत गरिएको छ। यो औषधिले क्यान्सरका विभिन्न प्रकारमा ट्युमरको वृद्धि गराउन भूमिका खेल्ने आरएएस नामक प्रोटिनलाई रोक्ने काम गर्छ। रिभोलुसन मेडिसिन्सका अनुसार अमेरिकामा ‘रासोनक्यु’को ३०…

विस्तृतमा...

काठमाडौं- रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा आएको भीषण बाढीमा परी घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौं ल्याएर विभिन्न अस्पतालमा उपचार भइरहेको छ। गृह मन्त्रालय तथा सम्बन्धित स्वास्थ्य संस्थाले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म ८८ जना घाइतेलाई काठमाडौं ल्याइएको छ। काठमाडौं ल्याइएका घाइतेमध्ये सबैभन्दा धेरै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा ४० जना र राष्ट्रिय ट्रमा सेन्टरमा ३१ जनाको उपचार भइरहेको छ। यस्तै, वीर अस्पतालमा ६ जना, वीरेन्द्र सैनिक अस्पतालमा १ जना, मनमोहन अस्पतालमा २ जना र ग्रीन सिटी अस्पतालमा १ जनाको उपचार भइरहेको छ। काठमाडौं ल्याइएका घाइतेमध्ये २७ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ६१ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन्। बाढीबाट घाइते हुनेमा…

विस्तृतमा...

काठमाडौं- ओम मेगाश्री फर्मास्युटिकल्सले रसुवाका बाढी प्रभावित क्षेत्रमा २० लाख रुपैयाँ बराबरको औषधि उपलब्ध गराउने भएको छ। बाढीका कारण प्रभावित क्षेत्रमा औषधिको अभाव हुन नदिन विभिन्न संघसंस्थासँगको सहकार्यमा औषधि उपलब्ध गराउने निर्णय गरिएको फर्मास्युटिकल्सका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिए। फर्मास्युटिकल्सले पहिलो चरणअन्तर्गत बिहीबार नुवाकोटमा मात्रै ७ लाख रुपैयाँ बराबरको औषधि उपलब्ध गराइसकेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहकार्यमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, नुवाकोटमा औषधि पुर्‍याइएको अध्यक्ष श्रेष्ठले बताए। उनका अनुसार बाँकी औषधि प्रभावित क्षेत्रमा आवश्यकता पहिचान गरी क्रमशः उपलब्ध गराइनेछ। विपद्का बेला अत्यावश्यक पर्ने विभिन्न प्रकारका औषधि उपलब्ध गराउने तयारी गरिएको उनले बताए।

विस्तृतमा...

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा उपचार कार्यलाई प्रभावकारी बनाउन मातहतका निकायलाई सक्रिय रहन निर्देशन दिएको छ। मन्त्रीस्तरीय उच्च व्यवस्थापन समूहको बैठकले गरेको निर्णयअनुसार मन्त्रालयले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत बाढीपहिरो प्रभावित तटीय क्षेत्रहरूमा तत्काल आवश्यक स्वास्थ्य सेवा तथा राहत उपलब्ध गराउन विभाग, अस्पताल, प्रतिष्ठान र कर्मचारीहरूलाई परिपत्र जारी गरेको हो। मन्त्रालयले विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति गहिरो समवेदना पनि प्रकट गरेको छ। विपद् व्यवस्थापनको काम नसकिँदासम्म विशेष तथा अत्यावश्यक कामबाहेक कर्मचारीहरूको बिदा र काज स्वीकृत नगर्न मन्त्रालयले…

विस्तृतमा...

काठमाडौँ – रसुवामा आएको आकस्मिक बाढीबाट घाइते भई विभिन्न स्वास्थ्य संस्थामा उपचाररत १३६ जनामध्ये ४८ जना उपचारपछि घर फर्किएका छन्। अझै ७२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने १४ जनालाई थप उपचारका लागि अन्य अस्पतालमा रेफर गरिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीका क्रममा तथा उपचारका लागि अस्पताल पुर्‍याउने क्रममा गरी दुई जनाको मृत्यु भएको छ। घाइतेमध्ये रसुवा जिल्ला अस्पतालमा ५३ जना, काठमाडौँस्थित टिचिङ अस्पतालमा ३७ जना र नुवाकोटको त्रिशूली अस्पतालमा १७ जनाको उपचार गरिएको जनाइएको छ। बाढीले प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको छ।…

विस्तृतमा...

काठमाडौं – नेपाल औषधि आयातकर्ता संघले रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति सहज बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। संघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको हो। विपद्का बेला अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीको नियमित र निर्बाध आपूर्ति महत्वपूर्ण हुने भन्दै संघले सरकारका सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्य गर्ने जनाएको छ। प्रभावित क्षेत्रमा औषधिको अभाव हुन नदिन संघका सदस्य तथा औषधि आयातकर्ता व्यवसायीलाई आवश्यकताअनुसार परिचालन गर्ने प्रतिबद्धता समेत संघले जनाएको छ। औषधि तथा स्वास्थ्य सामग्रीको…

विस्तृतमा...