काठमाडौं । औषधि व्यवस्था विभागले बजारबाट फिर्ता गर्न निर्देशन दिएको मधुमेहको औषधि ‘ग्लिपिड–१’ गुणस्तरहीन नभएको दाबी गर्दै उत्पादक टाइम फार्मास्युटिकल्स लिमिटेडले विभागको निर्णय पुनर्विचार गर्न माग गरेको छ। विभागले असोज १ गते टाइम फार्मास्युटिकल्सद्वारा उत्पादित ब्याच नम्बर जीएम–०७० को ‘ग्लिपिड–१’ तोकिएको घुलन (डिसोलुसन) परीक्षणमा मापदण्डअनुसार नदेखिएको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो। तर कम्पनीले असोज ४ गते विभागलाई पत्र पठाउँदै आफ्नै प्रयोगशालामा रहेको ‘कन्ट्रोल नमुना’ परीक्षण गर्दा औषधिको गुणस्तर ठीक रहेको दाबी गरेको हो। विभाग स्रोतबाट प्रप्त भएको पत्रअनुसार कम्पनीले विभागमा यसअघि नै बुझाइएको उत्पादन मापदण्डअनुसार परीक्षण गर्दा समेत उक्त औषधि ‘डिसोलुसन फेल’ भएको नदेखिएको जनाएको छ। टाइमले औषधिको…
स्वास्थ्य डायरी
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ छातीमा असजिलो भएपछि स्वास्थ्य परीक्षणका लागि राष्ट्रिय ट्रमा सेन्टर पुगेका छन्। मंगलबार मध्यान्ह महाबौद्धस्थित ट्रमा सेन्टर पुगेका उनले चिकित्सकको टोलीमार्फत आवश्यक स्वास्थ्य परीक्षण गराएका हुन्। तर, गृहमन्त्रीले छातीसम्बन्धी समस्या देखिएपछि उपचारका लागि रोजेको अस्पताललाई लिएर अहिले प्रश्न उठेको छ। दुर्घटना तथा ट्रमा उपचारका लागि परिचित राष्ट्रिय ट्रमा सेन्टरमै छातीको परीक्षण गराउन पुग्नु र नजिकै रहेको वीर अस्पताल नजानुको हास्यास्पद रहेकाे बताइन थालेकाे छ। ट्रमा सेन्टरमा छातीसम्बन्धी परीक्षण वा उपचार हुँदै नहुने भन्ने होइन। तर, छाती तथा श्वासप्रश्वाससम्बन्धी उपचारका लागि वीर अस्पतालमा छुट्टै छाती तथा श्वासप्रश्वास युनिट छ। अस्पतालको आधिकारिक विवरणअनुसार त्यहाँ पल्मोनरी, क्रिटिकल केयर तथा…
बागलुङ । डेंगुको केन्द्र बनेको बागलुङ बजार क्षेत्रमा संक्रमणको कारण, जोखिमका कारक तथा फैलिरहेको डेंगुको भेरियन्ट पहिचान गर्न विशेषज्ञ टोलीले ‘भेक्टर सर्भे तथा केस–कन्ट्रोल’ सर्वेक्षण सुरु गरेको छ। स्वास्थ्य सेवा विभागका डा. गोकर्ण दाहाल, फिल्ड इपिडिमियोलोजिस्ट कौशल सुवेदी र विश्व स्वास्थ्य संगठनका इन्टोमोलोजिस्ट शिशिर पन्त सहभागी टोलीले बागलुङ नगर क्षेत्रका १५० घरधुरीमा डेंगु सार्ने एडिस जातको लामखुट्टेको अवस्था अध्ययन गरिरहेको छ। सर्वेक्षणमा प्रदेश जनस्वास्थ्य कार्यालय, धौलागिरि प्रादेशिक अस्पताल, बागलुङ नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा फेयरमेड फाउन्डेसनले सहजीकरण गरिरहेका छन्। टोलीले डेंगु संक्रमित र संक्रमित नभएका व्यक्तिबीच जोखिमका कारक तुलना गर्न ‘केस–कन्ट्रोल’ अध्ययनसमेत गरिरहेको छ। धौलागिरि प्रादेशिक…
ललितपुर । जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्याङ्क व्यवस्थापन तथा विभिन्न स्वास्थ्य सेवा सूचकमा उत्कृष्ट कार्यसम्पादन गरेको जनाउदै किष्ट शिक्षण अस्पताललाई सम्मानपत्र प्रदान गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डाक्टर खगेश्वर गेलालले वार्षिक समीक्षाका क्रममा निर्धारित विभिन्न स्वास्थ्य सेवा सूचकका आधारमा अस्पतालको सेवा प्रवाह तथा कार्यसम्पादन मूल्याङ्कन गरिएको जानकारी दिए । जनस्वास्थ्य कार्यालयले आज आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्याङ्क प्रस्तुतीकरण तथा समीक्षा कार्यक्रममा किष्ट शिक्षण अस्पतालले जिल्लाका निजी अस्पतालमध्ये प्रथम स्थान हासिल गरेको जानकारी दिइयो । कार्यक्रममा जिल्लाअन्तर्गतका १५ वटा निजी अस्पताल सहभागी भएका थिए । त्यस अवसरमा सहभागी अस्पतालले वर्षभरि प्रवाह गरेका विभिन्न स्वास्थ्य सेवासम्बन्धी तथ्याङ्क प्रस्तुतका…
काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले प्रसूतिका बेला हुने हिंसालाई कसुरका रूपमा वर्गीकरण गर्नुपर्ने माग गरेका छन्। महिला, कानुन र विकास मञ्चले आयोजना गरेको ‘सम्मानजनक प्रसूति सेवा तथा प्रसूति हिंसा सम्बोधनसम्बन्धी कानुनको आवश्यकता’ विषयक छलफलमा सांसद सुशीला ढकाल आचार्यले प्रसूतिका समयमा हुने समस्यामा श्रीमान्ले साथ र सहयोग गर्नुपर्ने बताइन्। सांसद बलावती शर्माले प्रसव पीडाका बेला हुने हिंसा न्यूनीकरणका लागि कानुन निर्माण गर्नुपर्नेमा जोड दिइन्। पारिवारिक हिंसा न्यूनीकरण गर्नुका साथै चिकित्सक र नर्सलाई यस विषयमा सचेत गराउनुपर्ने उनको भनाइ थियो। सांसद ललिताकुमारीले चिकित्सक र नर्सलाई अपमानित हुने अभिव्यक्ति नदिन आग्रह गर्दै कमजोरी भए सुधार गर्नुपर्ने बताइन्। सांसद राधिका रम्तेलले केही समयअघि कालिकोटमा प्रसूति…
लमजुङ । क्व्होलासोथार गाउँपालिका–९ गिलुङमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पतालको काम सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि १३ दशमलव ३७ प्रतिशत मात्रै पूरा भएको छ। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी विसं २०७८ साउन १९ गते सम्झौता भएको अस्पतालको काम विसं २०८१ असारदेखि रोकिएको छ। निर्माणको काम रोकिए पनि पटकपटक म्याद थपिँदै आएको गाउँपालिकाले जनाएको छ। पछिल्लो पटक गत भदौमा तीन महिनाका लागि निर्माणको म्याद थप गरिएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेका अनुसार निर्माण व्यवसायीले काम अघि बढाउने भन्दै पटकपटक म्याद थप्दै गए पनि अपेक्षित प्रगति हुन सकेको छैन। निर्माणको काम क्रमशः रोकिँदै आएको र व्यवसायीलाई काम अघि…
काठमाडौं । मधुमेहका लागि प्रयोग हुने औषधि ‘ग्लिपिड–१’ र वाकवाकी तथा बान्ता रोक्न प्रयोग हुने ‘भोमिसेट’ प्रयोग गरिरहनुभएको छ ? यदि तपाईंले टाइम फार्मास्युटिकल्स लिमिटेडद्वारा उत्पादित यी औषधिका निश्चित समूह प्रयोग गरिरहनुभएको छ भने होसियार हुनुपर्ने भएको छ । औषधि व्यवस्था विभागले टाइम फार्मास्युटिकल्सका यी दुई औषधिका निश्चित समूह तोकिएको गुणस्तर मापदण्डअनुसार नभएको परीक्षणबाट देखिएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। अझ महत्वपूर्ण कुरा, यी दुई औषधि १५ दिनको अन्तरमा फिर्ता गर्न निर्देशन दिइएको हो। १५ दिनमा टाइमका दुई औषधि फिर्ता औषधि व्यवस्था विभागले २०८३ भदौ १६ गते जारी गरेको सूचनामा टाइम फार्मास्युटिकल्सद्वारा उत्पादित ‘भोमिसेट सिरप’ फिर्ता गर्न निर्देशन…
ललितपुर । जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्याङ्क व्यवस्थापन तथा विभिन्न स्वास्थ्य सेवा सूचकमा उत्कृष्ट कार्यसम्पादन गरेको जनाउदै किष्ट शिक्षण अस्पताललाई सम्मानपत्र प्रदान गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डाक्टर खगेश्वर गेलालले वार्षिक समीक्षाका क्रममा निर्धारित विभिन्न स्वास्थ्य सेवा सूचकका आधारमा अस्पतालको सेवा प्रवाह तथा कार्यसम्पादन मूल्याङ्कन गरिएको जानकारी दिए । जनस्वास्थ्य कार्यालयले आज आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्याङ्क प्रस्तुतीकरण तथा समीक्षा कार्यक्रममा किष्ट शिक्षण अस्पतालले जिल्लाका निजी अस्पतालमध्ये प्रथम स्थान हासिल गरेको जानकारी दिइयो । कार्यक्रममा जिल्लाअन्तर्गतका १५ वटा निजी अस्पताल सहभागी भएका थिए । त्यस अवसरमा सहभागी अस्पतालले वर्षभरि प्रवाह गरेका विभिन्न स्वास्थ्य सेवासम्बन्धी तथ्याङ्क प्रस्तुतका…
काठमाडौं । आयुर्वेदिक औषधि तथा उपचारका नाममा विभिन्न जटिल रोग तत्काल निको हुने दाबी गर्दै गरिने भ्रामक प्रचारप्रसार रोक्न आयुर्वेद चिकित्सा परिषद्–नेपालले चेतावनी दिएको छ । परिषद्ले दर्ता नभएका औषधि बिक्री–वितरण गर्ने तथा क्यान्सर, पाइल्सलगायत रोगको नाम ठूला अक्षरमा उल्लेख गरेर उपचारसम्बन्धी भ्रम फैलाउने कार्य कानुनविपरीत रहेको जनाएको छ । परिषद्का अनुसार ‘चट्टै निको हुन्छ’, ‘निको नभए पैसा फिर्ता’ जस्ता दाबी गर्दै उपचार तथा औषधिको प्रचार गर्ने प्रवृत्तिले सर्वसाधारणलाई भ्रममा पार्न सक्ने भएकाले यस्ता गतिविधि तत्काल रोक्नुपर्नेछ । परिषद्ले यस्ता गतिविधिमा संलग्न व्यक्ति वा संस्थालाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र भ्रामक विज्ञापन तथा प्रचारप्रसार बन्द गर्न आग्रह गरेको छ…
पोखरा । पोखराको पद्म नर्सिङ होमलाई ५० शय्याबाट १०० शय्यामा स्तरोन्नति गरी सञ्चालन अनुमति दिने क्रममा घुस मागेको आरोप सार्वजनिक भएपछि गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा. युवानिधि बसौलाको जिम्मेवारी खोसिएको छ। प्रदेश सरकारले बसौलालाई अर्को व्यवस्था नभएसम्म स्वास्थ्य मन्त्रालयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाउने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री जीतबहादुर शेरचनले सचिवलाई जिम्मेवारीबाट हटाउने निर्णय भएको जानकारी दिएका छन्। प्रकरणको छानबिनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक उपसचिवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ। सरकारले घटनाबारे थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा पत्राचार…

