स्वास्थ्य डायरी

काठमाडौं । शैक्षिक सत्र २०८३/८४ मा एमबीबीएस अध्ययनका लागि उपलब्ध २ हजार ७४५ सिटमध्ये निजी क्षेत्रका शिक्षण संस्थामा १ हजार ९७० र सरकारी तथा सार्वजनिक संस्थामा ७७५ सिट रहेका छन्। चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको संस्थागत विवरणअनुसार निजी क्षेत्रका १७ र सरकारी तथा सार्वजनिक क्षेत्रका ११ संस्थामा यी सिट छन्। कुल सिटको करिब ७१.८ प्रतिशत निजी र २८.२ प्रतिशत सरकारी तथा सार्वजनिक संस्थामा छ। संस्थागत वर्गीकरणमा काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेसलाई निजी तथा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई सार्वजनिक समूहमा समेटिएको छ। सरकारी तथा सार्वजनिक संस्थामध्ये बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा सबैभन्दा धेरै…

विस्तृतमा...

काठमाडौं । प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएशन नेपालका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्रमान सिंह कार्कीले मापदण्ड पूरा गरेका निजी मेडिकल कलेजको सिट वृद्धि र शुल्क समायोजनसम्बन्धी माग चिकित्सा शिक्षा आयोगले सम्बोधन नगरेको बताएका छन्। शुक्रबार बसेको आयोगको बैठकपछि प्रतिक्रिया दिँदै कार्कीले निजी क्षेत्रले उठाउँदै आएका विषयमा सुनुवाइ नभएको गुनासो गरे। आयोगले केही शिक्षण संस्थाका शैक्षिक कार्यक्रमको सिट निर्धारण गरे पनि एमबीबीएस र बीडीएसमा निजी क्षेत्रको अपेक्षाअनुसार सिट नबढेको उनको भनाइ छ। “हामीले मापदण्ड पुगेकाहरूलाई सम्बोधन गरियोस् भनेका थियौँ। त्यो सुनुवाइ भएन,” कार्कीले भने। उनका अनुसार मापदण्ड पूरा गरेका संस्थाको सिट वृद्धि र शुल्क समायोजन एसोसिएशनले लामो समयदेखि उठाउँदै आएका माग…

विस्तृतमा...

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचनमा ७ जना चिकित्सक निर्वाचित भएका छन्। मतगणनाको प्रारम्भिक नतिजाअनुसार चिकित्सक पेसामा आबद्ध उनीहरू सहमहामन्त्रीदेखि केन्द्रीय सदस्यसम्मका पदमा निर्वाचित भएका हुन्। नतिजाअनुसार डा. फिरदोस आलम मुस्लिम क्लस्टरबाट सहमहामन्त्रीमा निर्वाचित भएका छन्। यस्तै, नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी पेसागत विषय विज्ञतर्फ केन्द्रीय सदस्यमा विजयी भएका छन्। कैलालीका बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र पनि पेसागत विषय विज्ञतर्फबाट केन्द्रीय सदस्य बनेका छन्। स्त्रीरोग विशेषज्ञ प्रा.डा. सीता पोखरेल पनि सोही समूहबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। नेपाल चिकित्सक संघका अर्का पूर्वअध्यक्ष डा. मुक्तिराम श्रेष्ठ खुलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। त्यस्तै, क्यान्सर…

विस्तृतमा...

काठमाडौं । १७ वर्षदेखि निःसन्तानताको समस्याबाट गुज्रिरहेको एक दम्पतीले ह्याम्स अस्पतालमा उपचारपछि एकैपटक तिम्ल्याहा सन्तान पाएका छन्। आमाले दुई छोरी र एक छोरालाई जन्म दिएका हुन्। ह्याम्स अस्पतालकी आईभीएफ इन्चार्ज स्वेता अधिकारीले १७ वर्षदेखि निःसन्तानताको समस्याबाट पीडित दम्पतीले तिम्ल्याहा सन्तान पाएको जानकारी दिइन्। स्त्रीरोग तथा प्रजनन विशेषज्ञ डा. करिस्मा पाण्डेले लामो समयदेखि सन्तानको प्रतीक्षामा रहेका दम्पतीलाई एकैपटक तीन सन्तान प्राप्त गराउन सफल हुँदा निकै खुसी लागेको बताइन्। उनले दुई छोरी र एक छोरालाई आमाबुबाको काखमा सुम्पिन पाउँदा आफूहरू हर्षित भएको बताइन्। डा. भोला रिजालले पनि आफूले उपचार गरेको निःसन्तान दम्पतीले सन्तानसहित घर फर्किन पाएकोमा खुसी व्यक्त गरे। उनले गर्भावधि पूरा…

विस्तृतमा...

काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा ४१८ सिट थप गरेको छ । आयोगको २८औँ बैठकले एमबीबीएस, बीएस्सी नर्सिङ र बीएमएसलगायतका कार्यक्रममा गत वर्षको तुलनामा सिट संख्या बढाउने निर्णय गरेको हो । प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको बैठकले ८४ वटा शिक्षण संस्थामा विभिन्न तह र विषयका गरी कुल ९ हजार ६९१ सिट निर्धारण गरेको आयोग स्रोतले जनाएको छ । यस वर्ष सिट थप गर्दा सरकारी शिक्षण संस्थाको क्षमता विस्तारलाई प्राथमिकता दिइएको छ । निजी मेडिकल कलेजको सिट संख्या भने यथावत् राखिएको स्रोतले बताएको छ । आयोगका अनुसार यस वर्ष एमबीबीएस कार्यक्रममा मात्रै ११०…

विस्तृतमा...

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका लागि समिति बनाइएको छ । अस्पताल सञ्चालक समितिले पूर्णता पाएसँगै सुधार समिति बनाइएको हो । अस्पताल सञ्चालक समितिका सदस्य डा डिल्लीराम भण्डारीको संयोजकत्वमा सञ्चालक सदस्यद्वय डा शान्ति भुर्तेल र इशा प्रधान सदस्य रहेको समिति बनाइएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोका अनुसार गएको वैशाख ६ गतेदेखि असोज २३ गतेसम्म कार्यकारी निर्देशक निमित्तको भरमा रहेको थियो । सो अवधिमा सञ्चालक समितिसमेतले पूर्णता पाउन सकेको थिएन । असार १५ गते प्रा डा योगेन्द्रप्रसाद सिंह अध्यक्षमा नियुक्त भएका थिए । सञ्चालक समितिका सदस्यहरू असोज ६ गते मात्रै चयन भएका…

विस्तृतमा...

भक्तपुर । अस्पताल स्थापना भएको २७ वर्षपछि मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालमा १५ शय्याको अत्याधुनिक सघन उपचार कक्ष (मोडुलर आइसीयू) सञ्चालनमा आएको छ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले अब भक्तपुर र पूर्वबाट आएका बिरामीलाई अत्याधुनिक आइसीयू खोज्दै काठमाडौँमा भौतारिनु नपर्ने बताए । उनका अनुसार अस्पताल सञ्चालनमा आएपछि गम्भीर रोगका बिरामी र शल्यक्रियामा समेत यो आइसीयू प्रभावकारी रूपमा प्रयोगमा आउनेछ । अस्पतालले प्रदान गर्दै आएको गुणस्तरीय सेवामा आइसीयूले थप टेवा पुग्ने बताउँदै नगरप्रमुख श्रेष्ठले भने, “देशभरका नगरपालिकाहरूद्वारा सञ्चालित अस्पतालमध्ये नेपाल–कोरियामैत्री अस्पताल सबैभन्दा सुविधा सम्पन्न र ठुलो अस्पतालका रूपमा पहिचान बनाउन सफल भएको छ ।…

विस्तृतमा...

धनगढी । सेती प्रादेशिक अस्पतालमा कार्यरत कार्यक्रम करारका चिकित्सक तथा कर्मचारीले सरकारले निर्धारण गरेको दरअनुसार पारिश्रमिक र सेवा सुविधा नपाएको गुनासो गरेका छन्। करिब २०० कर्मचारीले पारिश्रमिकमा विभेद भएको आरोप लगाउँदै माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्। सुदूरपश्चिम प्रदेशमा झन्डै तीन महिनादेखि कायम बजेट शून्यताको अवस्था अन्त्य भएसँगै प्रदेशअन्तर्गतका कर्मचारीले पारिश्रमिक तथा सेवा सुविधा पाउन थालेका छन्। तर, सेती प्रादेशिक अस्पतालमा कार्यक्रम करारमा कार्यरत कर्मचारीले भने सरकारले निर्धारण गरेको नयाँ दरअनुसार पारिश्रमिक नपाएको बताएका छन्। सरकारले पारिश्रमिक वृद्धि गरे पनि आफूहरूले पुरानै दरमा तलब पाएको उनीहरूको गुनासो छ। अन्य कर्मचारीले तलब, दसैँ बोनस तथा वृद्धि भएको महँगी भत्तासहितको…

विस्तृतमा...

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको छ। यसअघि ‘स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा अभियान निर्देशिका, २०७३’का कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ निर्देशिका जारी गरिएको मन्त्रालयले बिहीबार जानकारी दिएको छ । नयाँ निर्देशिकाले सुत्केरी र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने १०/१० वटा मापदण्ड निर्धारण गरेको छ। अस्पताल तथा स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा सुनिश्चित गर्दै आमा र नवजात शिशुको स्वास्थ्य, अधिकार र आवश्यकताअनुसार सेवा प्रवाह गर्नु निर्देशिकाको मुख्य उद्देश्य छ। निर्देशिका अनुसार प्रश्रवका क्रममा आमाले…

विस्तृतमा...

झापा । कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ । झापा जिल्ला डेंगुको सबैभन्दा उच्च जोखिममा देखिएको छ । कोशी प्रदेशको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत स्मृती लुईँटेलका अनुसार सन् २०२६ को सेप्टेम्बर १९ सम्मको तथ्यांकअनुसार प्रदेशमा ७ सय ९३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । डेंगुको संक्रमण प्रदेशका १३ जिल्लामा फैलिएको छ । उनका अनुसार झापामा मात्रै हालसम्म २ सय २८ जनामा संक्रमण पुष्टि भइसकेको छ । दोस्रो धेरै संक्रमित भएको जिल्ला सुनसरी हो । जहाँ २ सय ३ जनामा संक्रमण पुष्टि भइसकेको छ । निर्देशनालयका अनुसार ओखलढुंगामा १ सय २२ जना र खोटाङमा ८२ जनामा संक्रमण देखिएको…

विस्तृतमा...