स्वास्थ्य डायरी

चितवन- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २८० शवको ‘फरेन्सिक’ परीक्षण तथा ‘डीएनए’ नमूना सङ्कलन गरी चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ । भरतपुर अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार यही भदौ १० गते रातिदेखिनै सुरक्षाकर्मीले त्रिशूली नदीबाट सङ्कलन गरेका शव अस्पतालमा ल्याई संरक्षण गरेका थिए । यही भदौ ११ गते बिहानदेखि फरेन्सिक विज्ञको नेतृत्वमा चिकित्सक टोली परिचालन गरी शव पहिचानका लागि आवश्यक फरेन्सिक परीक्षण, डिएनएलगायत जैविक नमूना सङ्कलन तथा अभिलेखीकरणको काम सुरु गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म…

विस्तृतमा...

काठमाडौँ- विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई विशेष ख्याला राख्दै उनीहरुलाई आवश्यक स्वास्थ्य सेवा, ‘डिग्निटी कीट’, मनोसामाजिक परामर्श लगायत सेवा प्रभावित क्षेत्रमा प्रदान गर्न थालिएको छ । यही भदौ १० गते बिहान भोटेकोशीसहित त्रिशूली नदीमा आएको अकल्पनीय बाढीमा बच्न सफल भएका उनीहरुलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) को सहकार्यमा नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकले आवश्यक पर्ने सामग्री वितरण जारी राखेका छन् । आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य परियोजनामार्फत घरबारसहित आफन्तजन गुमाएर पीडामा रहेका महिलाहरुलाई मर्यादा सामग्री (डिग्निटी कीट), किशोरीहरुलाई ‘किशोरी कीट’ सहित तालपोलियन वितरण जारी रहेको छ । साथै प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सेवा (हेल्थ क्याप) सञ्चालन गरेर उनीहरुको…

विस्तृतमा...

काठमाडौँ – रसुवाको बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या देखिन थालेको छ। बाढीपछि उपचारका लागि स्वास्थ्य शिविरमा पुगेका स्थानीयमा झाडापखालाका बिरामी भेटिन थालेका छन् भने प्राकृतिक विपत्तिको त्रासका कारण मानसिक आघातको समस्या पनि देखिएको चिकित्सकहरूले बताएका छन्। राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सकीय टोली नेपाली सेनाको सहयोगमा रसुवाको गोसाईंकुण्ड गाउँपालिका–लिङलिङमा पुगेर बाढी प्रभावितको उपचारमा खटिएको छ। उपचारका क्रममा अहिले दैनिकजसो झाडापखालाका दुई–चार जना बिरामी भेटिन थालेको उपचारमा संलग्न डा. सरोजकुमार गोहिवारले जानकारी दिए। उनका अनुसार बाढीपछि मानिसमा डर र त्रास बढेकाले धेरैमा पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) अर्थात् मानसिक आघातसम्बन्धी समस्या पनि देखिएको छ। त्यस्तै, यसअघि नै स्वास्थ्य समस्या रहेका स्थानीयमा उच्च…

विस्तृतमा...

काठमाडौं – नेपाल औषधि आयातकर्ता संघले भोटेकोशी–रसुवा क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उपचार तथा राहत–उद्धार कार्यका लागि ३ करोड रुपैयाँभन्दा बढी मूल्यका औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। संघले आफ्ना सदस्य औषधि आयातकर्ता तथा सम्बन्धित संस्थाहरूबाट संकलन गरेका अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्न लागेको हो। संघका अनुसार मन्त्रालयले उपलब्ध गराएको अत्यावश्यक औषधिको सूचीअनुसार कोलेरा भ्याक्सिन, टिटानस भ्याक्सिन, एन्टी रेबिज भ्याक्सिन, प्यारासिटामोल इन्जेक्सनलगायतका औषधि तथा स्वास्थ्य सामग्री संकलन गरी राहत तथा उद्धार प्रयोजनका लागि उपलब्ध गराइएको हो। भोटेकोशी–रसुवा क्षेत्रमा हालै आएको बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा शोकसन्तप्त परिवारप्रति संघले समवेदना व्यक्त…

विस्तृतमा...

धनगढी – सुदूरपश्चिम प्रदेशका चार प्रादेशिक अस्पताल शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका शिक्षण अस्पतालका रूपमा प्रयोग हुने भएका छन्। यसका लागि सुदूरपश्चिम प्रदेश सरकार र विश्वविद्यालयबीच २० वर्षका लागि समझदारी भएको छ। सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयबीच शिक्षण अस्पतालका रूपमा अस्पताल प्रयोग गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीअनुसार सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र लम्कीचुहा प्रादेशिक अस्पताल विश्वविद्यालयका शिक्षण अस्पतालका रूपमा प्रयोग हुनेछन्। सम्झौताको मुख्य उद्देश्य स्वास्थ्य विज्ञानका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन, क्लिनिकल अध्ययन तथा अध्यापन, अनुसन्धान र स्वास्थ्य सेवा…

विस्तृतमा...

चितवन – रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनसम्म आइपुगेका पहिचान नखुलेका शवको व्यवस्थापन तीव्र पारिएको छ। ठूलो संख्यामा शव फेला परेपछि तत्काल दाहसंस्कार गर्न कठिन भएपछि सम्बन्धित निकायले वैज्ञानिक विधि अपनाउँदै शवलाई सुरक्षित र सम्मानजनक रूपमा जमिनमुनि व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएका हुन्। बाढीपछि चितवनमा लगातार शव फेला परिरहेका छन्। तीमध्ये पहिचान खुल्न नसकेका र आफन्तको खोजी तथा सनाखत प्रक्रिया पूरा नभएका शवको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। शवको संख्या बढ्दै जाँदा अस्पताल तथा शवगृहमा राख्ने स्थानको अभाव हुन थालेपछि जमिनमुनि व्यवस्थापनलाई तत्कालका लागि व्यावहारिक विकल्पका रूपमा अघि सारिएको हो। यद्यपि शवलाई जमिनमुनि राखेपछि कति समयसम्म…

विस्तृतमा...

वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालबाट एक दिने नवजात शिशु चोरी भएको घटना सार्वजनिक भएको छ। आइतबार बेलुका गाइनो वार्डबाट नवजात शिशु लिएर एक अपरिचित महिला फरार भएको प्रहरीले जनाएको छ। सर्लाहीको रामनगर नगरपालिका–३ का रञ्जय दास र रिंकु देवी दासका एक दिने छोरालाई ती महिलाले अस्पतालको गाइनो वार्डबाट लिएर गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो। प्रहरीका अनुसार गाइनो वार्डको बेड नम्बर ११ मा भर्ना गरिएका शिशुलाई सरसफाइ कर्मचारीको रूपमा आएकी एक महिलाले खेलाउने बहानामा आफूसँगै लगेकी थिइन्। शिशु लिएर महिला फरार भएपछि प्रहरीले उनको खोजी थालेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले घटना सार्वजनिक…

विस्तृतमा...

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन हजारदेखि तीन हजार ५०० मिटर उचाइमा फैलिएको खप्तडमा घुम्न आउने पर्यटक, गोठाला र तीर्थयात्रीका लागि सामान्य स्वास्थ्य समस्या पनि कहिलेकाहीँ ठूलो चुनौती बन्छ । यसै भूगोलमा नेपाली सेनाले सञ्चालन गरेको मेडिकल भने खप्तड पुग्ने सबैका लागि भरोसाको केन्द्र बन्दै गएको छ । समरजित गुल्मले सञ्चालन गरेको मेडिकलबाट दैनिकजसो बिरामीले निःशुल्क स्वास्थ्य सेवा लिने गरेका छन् । सामान्य स्वास्थ्य समस्या लिएर आउने गोठालादेखि घुम्न आउने पर्यटकसम्म सबैका लागि उपचारको भरपर्दो गन्तव्य बनेको छ– मेडिकल । बझाङको खप्तडछान्ना गाउँपालिका–६ की कला थापा सामान्य स्वास्थ्य समस्या हुँदा पनि उपचार गर्न खप्तड पुग्ने गरेको…

विस्तृतमा...

रसुवा- रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्ष सन्दिप पौडेलले गम्भीर हृदयाघात भएका बिरामीको तत्काल उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। पौडेलका अनुसार जिबजिबे ग्रामीण अस्पतालमा एन्टेरोल्याटरल मायोकार्डियल इन्फार्क्सन (गम्भीर हृदयाघात) भएका बिरामी उपचारका लागि पुगेका छन्। बिरामीको अवस्था अत्यन्तै नाजुक रहेकाले थप उपचारका लागि तत्काल सुविधासम्पन्न हृदय रोग केन्द्रमा लैजानुपर्ने अवस्था रहेको उनले बताएका छन्। भौगोलिक कठिनाइ र यातायातको अभावका कारण बिरामीलाई सडकमार्फत लैजान कठिन हुने भएकाले हेलिकप्टरमार्फत एयर इभ्याकुएसन गर्नुपर्ने पौडेलको भनाइ छ। उनले सरकार, प्रदेश सरकार र सम्बन्धित निकायलाई बिरामीको उद्धारमा तत्काल पहल गर्न आग्रह गरेका छन्। ‘म आफैँ वडा अध्यक्ष हुँ। केही गर्न नसक्ने अवस्थामा…

विस्तृतमा...

रसुवा – भोटेकोशी नदीमा गत बुधबार आएको बाढीमा परी मृत्यु भएका मानिस तथा पशुपन्छीका शव र अवशेष बाहिरिन थालेपछि प्रभावित क्षेत्रमा दुर्गन्ध फैलिन थालेको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंका अनुसार आइतबार बिहान आएको अर्को बाढीले माटोमुनि पुरिएका मानव तथा पशुपन्छीका शरीर र टुक्रा बाहिर निकालेपछि नदी आसपासका क्षेत्रमा दुर्गन्ध फैलिएको हो। रसुवाको वेत्रावती बगरमा समेत दुर्गन्ध फैलिन थालेको बाढी प्रभावितहरूले बताएका छन्। यस्तै नुवाकोटको देवीघाट क्षेत्रमा आइतबार तीन वटा मृत गाई बाहिरिएको अवस्थामा फेला परेका थिए। पशु सेवा विभागका पशु चिकित्सक नवराज श्रेष्ठका अनुसार मृत पशु फेला पर्नेबित्तिकै व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय भइरहेको छ।…

विस्तृतमा...