दाङ- गत बुधबार भोटेकोशी नदीमा आएको बाढीपछि दाङका ५२ जना अझै सम्पर्कविहीन रहेका छन्। रोजगारीका सिलसिलामा रसुवा र नुवाकोट पुगेका उनीहरूको अवस्था अज्ञात भएपछि आफन्तहरू खोजीका लागि अस्पतालदेखि प्रशासन कार्यालयसम्म धाउन थालेका छन्। अस्पतालमा पुगेर आफन्तको अवस्था बुझ्न खोज्दा पनि शवको पहिचान हुन नसक्दा पीडा थपिएको आफन्तहरूले बताएका छन्। कतिपय आफन्तहरू आफ्ना मान्छेको खोजीका लागि दाङबाट चितवन, नुवाकोट र काठमाडौंसम्म पुगेका छन्। दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनका अनुसार सम्पर्कविहीन हुनेमा अधिकांश तुलसीपुर उपमहानगरपालिकाका छन्। प्रशासनको विवरणअनुसार तुलसीपुरका ३५ जना, राजपुर गाउँपालिकाका पाँच, लमही नगरपालिकाका तीन, राप्ती गाउँपालिकाका तीन, गढवा गाउँपालिकाका दुई, घोराही उपमहानगरपालिकाका दुई तथा दङ्गीशरण र बबई…
स्वास्थ्य डायरी
बाजुरा- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ छुद्दीमा भाइरल ज्वरोको प्रकोप बढेपछि स्थानीय प्रभावित भएका छन्। गाउँका करिब ४० देखि ५० घरधुरीमा पछिल्लो समय ज्वरोसहितका बिरामी बढेका हुन्। केही दिनअघि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले गाउँमा खानेपानी ल्याउने पाइप बगाएपछि स्थानीयलाई खानेपानीको समस्या भएको थियो। खानेपानीको नियमित आपूर्ति बन्द भएपछि स्थानीय खोलाको धमिलो पानी पिउन बाध्य भएका थिए। त्यसपछि गाउँमा बिरामीको संख्या बढ्दै गएको स्थानीयले बताएका छन्। बिरामीमा टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, रिङ्गटा लाग्ने र वाकवाकी हुनेजस्ता लक्षण देखिएका छन्। बिरामी बढेको जानकारी पाएपछि स्वामीकार्तिक खापर गाउँपालिकाको स्वास्थ्य शाखाले औषधिसहित स्वास्थ्यकर्मीको टोली गाउँमा पठाएको थियो। स्वास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य परीक्षण…
चितवन – रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका ३४८ शवमध्ये ३३५ वटाको व्यवस्थापन गरिएको छ। तीमध्ये १२९ शवको लिङ्गसमेत पहिचान हुन सकेको छैन। सनाखत हुन नसकेका शवलाई भरतपुर महानगरपालिका–१ देवघाटस्थित जंगलमा खाडल खनी व्यवस्थापन गरिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका शवमध्ये १२ वटाको सनाखत भएको छ भने एउटा शव व्यवस्थापन गर्न बाँकी छ। जिल्लामा शव व्यवस्थापन गर्न कठिन भएपछि शवबाट डीएनए नमुना सुरक्षित राखेर शनिबारदेखि देवघाट जंगलमा खाडलमुनि शव व्यवस्थापन गर्न थालिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शनिबार ९६, आइतबार १०३, सोमबार ८१ र…
चितवन- रसुवा–भोटेकोशी बाढीमा परी मृत्यु भएका तर सनाखत हुन नसकेका शवको पहिचानका लागि परिवारका सदस्यको डीएनए परीक्षण गर्न चितवनमा रगतको नमुना संकलन सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भरतपुर सेवा एकाइ र जनस्वास्थ्य कार्यालय चितवनको सहयोगमा रगत संकलन केन्द्र स्थापना गरेर सेवा सुरु गरेको हो। भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग संघको परिसरमा स्थापना गरिएको केन्द्र बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए। भोटेकोशी नदीमा आएको बाढीपछि विभिन्न स्थानमा फेला परेका तर पहिचान खुल्न नसकेका शवको सनाखत गर्न परिवारका सदस्यको डीएनए परीक्षण गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।…
काठमाडौँ- रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि उद्धार, राहत तथा पुनर्निर्माणका लागि यतिकेम ग्रुपले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५५ लाख १५ रुपैयाँ सहयोग गरेको छ। गत भदौ १० गते आएको बाढीबाट प्रभावित क्षेत्रको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले यतिकेमले उक्त रकम कोषमा जम्मा गरेको हो। यतिकेम ग्रुपका अध्यक्ष प्रभुराज वैद्य, प्रबन्ध निर्देशक पृथ्वीराज वैद्यसहित पदाधिकारी तथा कर्मचारीको टोलीले मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई रकम हस्तान्तरण गरेको हो। सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष वैद्यले मुलुकमा विपद् आइपरेका बेला व्यक्ति तथा संस्थाले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताए। राष्ट्रमा परेको विपत्तिमा आफ्नो सामाजिक दायित्व पूरा गर्ने उद्देश्यले सहयोग गरिएको उनको…
काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा मृत्यु भएका तथा पहिचान खुल्न नसकेका शव काठमाडौंमा पनि व्यवस्थापन गर्न थालिएको छ । मंगलबार दिउँसो काठमाडौंको गोकर्णेश्वरस्थित सरकारी वन क्षेत्रमा केही शव जमिनमुनि व्यवस्थापन गरिएको हो । यसअघि सोमबार राति पनि सोही क्षेत्रमा ४६ वटा शव व्यवस्थापन गरिएको थियो । भोटेकोशी बाढीपछि फिस्लिङदेखि गोलाघाटसम्म विभिन्न स्थानमा संकलन भएका पहिचान नखुलेका शव भने यसअघि चितवनमै व्यवस्थापन गरिएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार दिउँसोसम्म बाढी तथा विपद्सँग सम्बन्धित घटनामा ९८७ वटा शव प्राप्त भएका छन् । तीमध्ये करिब १०० वटा शव काठमाडौं ल्याइएको जनाइएको छ । सरकारले पहिचान…
धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशको प्रमुख रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालको सेवा सुधारलाई प्राथमिकतामा राखेका छन् । अस्पतालको सेवा प्रवाहमा देखिएका समस्या पहिचान गरी तत्काल समाधान गर्न उनले १५–१५ दिनमा अस्पतालको अनुगमन गर्ने बताएका छन् । मंगलबार सेती प्रादेशिक अस्पतालको अनुगमन गर्दै मुख्यमन्त्री भट्टले उपलब्ध स्रोतसाधन र जनशक्तिको अधिकतम उपयोग गरी नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल प्रशासनलाई निर्देशन दिए । अस्पतालमा आउने कुनै पनि नागरिक उपचार सेवाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । उपचारका लागि आउने बिरामी तथा सेवाग्राहीले अनावश्यक ढिलासुस्ती, झन्झट र असहजता व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि उनले अस्पताल…
काठमाडौँ – भोटेकोशी नदीमा आएको बाढीसँगै शव, मृत जीवजन्तु तथा विभिन्न फोहोरजन्य पदार्थ बगेपछि नदीको पानी र माछा दूषित हुन सक्ने भन्दै नेपाल प्रहरीले त्यसको प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। बाढीका कारण नदीमा शव, मृत जीवजन्तु, फोहोर तथा अन्य प्रदूषित पदार्थ मिसिएकाले पानीमा हानिकारक कीटाणु फैलिएको हुन सक्ने प्रहरीको भनाइ छ। यस्तो अवस्थामा भोटेकोशी बेसिनबाट निकालिएका माछा तथा अन्य नदीजन्य खाद्यपदार्थ सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने जोखिम रहेको प्रहरीले जनाएको छ। प्रहरीले भोटेकोशी तथा आसपासका नदी किनारबाट माछा वा अन्य नदीजन्य खाद्यपदार्थ निकालेर घर लैजाने, बिक्री गर्ने वा खाने कार्य नगर्न सर्वसाधारणलाई सूचित गरेको छ। त्यस्तै, नदीको…
विराटनगर – बिरामीको उपचार र शल्यक्रिया गर्नुपर्ने अस्पतालको अप्रेसन थिएटरमै दुई चिकित्सकबीच हानाहान भएको घटना बाहिरिएको छ। विराटनगर–५ बरगाछी चोकस्थित लाइफगार्ड अस्पतालमा अप्रेसनका लागि आवश्यक उपकरणको विषयलाई लिएर चिकित्सकद्वय डा. इकवाल अहमद र डा. अभिषेक चौधरीबीच विवाद हुँदै हात हालाहाल भएको बताइएको छ। स्रोतका अनुसार गत भदौ १० गते बुधबार दिउँसो करिब साढे ३ बजे दुवै चिकित्सक आफ्ना बिरामीको अप्रेसनका लागि अप्रेसन थिएटरमा पुगेका थिए। एकै समयमा अप्रेसन गर्नुपर्ने अवस्था आएपछि आवश्यक उपकरण तथा सामग्रीको अभाव भएको बताइएको छ। त्यही क्रममा अप्रेसनमा प्रयोग हुने एउटा उपकरणलाई लिएर दुई चिकित्सकबीच सुरुमा भनाभन भएको र विवाद बढ्दै जाँदा गालीगलौज तथा हात हालाहालसम्म…
काठमाडौँ – रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा महामारीजन्य रोग फैलिने जोखिम बढेपछि सरकारले स्वास्थ्य निगरानी तथा पूर्वतयारीलाई तीव्र बनाएको छ। बाढीका कारण खानेपानीका मुहानमा ढल तथा दूषित पानी मिसिन थालेपछि झाडापखाला, हैजा, हेपाटाइटिस ‘ए’ लगायत पानीजन्य रोगसँगै डेंगु, मलेरिया र अन्य कीटजन्य रोगको जोखिम बढेको हो। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा. मनोज यादवका अनुसार बाढीपछि विस्थापित नागरिकहरू अस्थायी शिविरमा भीडभाडका बीच बस्नुपर्ने र साझा शौचालय तथा खानेपानी प्रयोग गर्नुपर्ने अवस्थाले सङ्क्रामक रोग तीव्र गतिमा फैलिन सक्ने जोखिम हुन्छ। उनका अनुसार बाढीका कारण ढल र खानेपानीका स्रोत मिसिँदा पानी तथा वातावरण दूषित हुन्छ। त्यसमा अस्वस्थकर खानपान र सरसफाइको कमी थपिँदा…

