कैलाली, ६ जेठ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा झपट बहादुर साउँद नियुक्त भएका छन् ।
मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी सांसद साउदलाई नियुक्त गरेसँगै आजै उनले पद तथा गोपनियताको शपथ लिएका हुन् । स्वास्थ्यको मामला समेत हेर्ने सामाजिक विकास मन्त्रालय मन्त्रिपरिषद् विस्तार हुन नसक्दा मुख्यमन्त्रीले नै सम्हाल्दै आएका थिए ।
अघिल्लो सालको माघ मै सरकार गठन भएपनि सुदूरपश्चिम सरकारले पूर्णता पाउन सकेको थिएन । सत्ता साझेदारीमा रहेको नागरिक उन्मुक्ति पार्टी समेत सरकारमा सहभागी हुने भनिएपनि त्यो भने हुनसकेन । जसले गर्दा उक्त पार्टीलाई दिने भनिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मुख्यमन्त्री अन्तर्गत नै राखेर मन्त्रिपरिषदे विस्तार गरिएको हो । साउँद सँगै आजै प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश धामी र आन्तरिक मामिला तथा कानून मन्त्रीमा पृथ्वीबहादुर सिंहले शपथ लिएका छन् ।
त्यस्तै उद्योय पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा गीतादेवी मालले शपथ लिएकी छिन्। तीन मन्त्रीलाई प्रदेश प्रमुख देवराज जोशीले शपथ खुवाएका हुन् ।