काठमाडौं । हिजोआज महिनावारीको समयमा सेनेटरी प्याडको साटो मिन्सट्रुअल कप प्रयोग गर्ने क्रम बढेको छ । प्याडको विकल्पका रुपमा देखिएको यो विधिको प्रयोग किन बढेको छ त ? के हो मिन्सट्रुअल कप भनेको ? किन यो लाभदायक छ ? जानौं ।
के हो मिन्स्ट्रअुल कप ?
मिन्स्ट्रुअल कप पुनः प्रयोग गर्न मिल्ने एकप्रकारको उत्पादन हो जुन रबर वा सिलिकनबाट बनेको हुन्छ । कपको आकारमा बनेको यसलाई महिलाको यौनीमा १२ घण्टासम्म राख्न मिल्छ । यसले महिनावारीका समयमा हुने श्रावलाई संकलन गर्छ । यसलाई अरु विधि भन्दा प्रभावकारी र वातावरणमैत्री मानिएको छ । हिजोआज पुनः प्रयोग गर्न मिल्ने र एकपटकमात्र प्रयोग गर्न मिल्ने कप पनि बजारमा उपलब्ध छ ।
कसरी प्रयोग गर्ने ?
तपाईं मिन्सट्रअुल कपको प्रयोग गर्ने सोचमा हुनुहुन्छ भने सुरुमा तपाईंले स्त्रीरोग विशेषज्ञको वा स्वास्थ्यकर्मीको परामर्श र सल्लाह लिँदा उत्तम हुन्छ । आफैले पनि यसलाई प्रयोग गर्न भने सकिन्छ । यस्ता खाले कपका दुईवटा आकार बजारमा उपलब्ध हुन्छ । जसमध्ये सानो साइज ३० वर्षभन्दा मुनीका महिलाका लागि उपयुक्त हुन्छ । ठूलो प्रकारको कप भने ३० वर्षमाथिका प्राकृतिक रुपमा सुत्केरी भएका महिलालाई आवश्यक पर्छ ।
सुरुमा यो कप प्रयोग गर्दा असहज हुनसक्छ । तर, विस्तारै बानी परेपछि खासै असहज हुँदैन । कप प्रयोग गर्दा यसको घेरामा पानी वा पानीजस्तै चिल्लो पदार्थ लगाउनपर्छ जसले गर्दा यौनीमा घस्रने वा घाउ हुने सम्भावना हुँदैन । यसलाई प्रयोग गुर्न अघि र भिकिसकेपछि हातलाई र यौनीलाई राम्रोसँग सफा गर्नुपर्छ । कम्तिमा ६ घण्टादेखि १२ घण्टासम्ममात्र यसलाई प्रयोग गर्नु उचित हुन्छ ।
वातावरणमैत्री र सस्तो पर्ने हुँदा हिजोआज मिन्सट्रुअल कप प्रयोग गर्न महिलाको संख्या बढेको छ । के तपाईं पनि प्रयोग गर्ने होइन त मिन्स्ट्रअल कप ?