काठमाडौं, २७ बैशाख । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा बद्रिबहादुर खड्काको ठाउँमा श्रीराम लुईटेललाई सरुवा गरिएको छ ।
यस्तै लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि डा. जनार्दन पन्थीलाई कामकाजमा पठाउने निर्णय गरेको छ । त्यहाँ डा. विनोदकुमार गिरी सचिव थिए ।
यस्तै कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवमा भोजराज काफ्लेलाई पठाउने निर्णय गरिएको छ । उनी यसअघि चिकित्सा शिक्षा आयोगको सदस्यसचिव रहेका थिए ।
यस्तै सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको सचिवमा ज्ञान प्रसाद ढकाललाई कामकाज गर्न पठाउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले ४४ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गर्दा लुम्बिनी र बागमती प्रदेशको स्वास्थ्य सचिव समेत परिवर्तन गरिएको हो । यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव समेत फेरिएका छन् ।