चितवन, ३० बैशाख । हालैमात्र आत्महत्या गर्न विवश चितवन मेडिकल कलेजकी छात्रालाई मानसिक यातना दिएका भनेर आरोपित दुई शिक्षक निलम्बनमा परेका छन् ।
कलेजमा बीडीएस चौथो वर्षमा अध्ययरत सिमरन थापालाई गत बैशाख २७ गते परीक्षा दिने क्रममा हलबाट निकालेसँगै थापाले आत्महत्या गरेकी थिइन् । उनलाई मानसिक यातना दिइएको भन्दै कलेजका विद्यार्थी आन्दोलित भएका थिए ।
विद्यार्थीहरुले आन्दोलनस्वरुप कलेजको बहिरंग सेवा बहिस्कार गरेपछि कलेज प्रशासनले चितवन मेडिकल कलेजको कलेज अफ डेन्टल साइन्समा कार्यरत डा. अभिषेक गुप्ता र डा. हरेन्द्र सिंहलाई निलम्बन गरेको हो ।