काठमाडौं, ५ जेठ । सरकारले स्थानीय स्तरमा हुने जडिबुटी खेती, उत्पादन, प्रशोधन र बिक्रि वितरणलाई प्रोत्साहन गर्ने जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पेश गर्दै जडिबुटी उत्पादनलाई प्रोत्साहन गर्ने उल्लेख गरेका हुन् । त्यसो त सरकारले प्रत्येक वर्ष यस विषयलाई प्राथमिकतामा राखेपनि ठोस उपलब्धि भने हुनसकेको छैन ।
नीति तथा कार्यक्रमका अनुसार सरकारले जडिबुटी खेतीलाई प्रोत्साहन गर्ने, जडिबुटी उत्पादन गर्नका लागि खेती गर्न चाहाने कृषकलाई सामुदायिक वन भाडामा उपलब्ध गराउने बताइएको छ । त्यस्तै जडिबुटी प्रशोधन प्रयोगशालालाई चाहिने उपकरण खरिदमा सहुलियत दिने पनि सरकारले जनाएको छ ।