काठमाडौँ । पर्सा र बर्दियाबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका–१६ बसपार्कबाट अवैध लागुऔषध नाइट्राभेट २५ ट्याब्लेट, ट्रामवेल १० ट्याब्लेट, ट्रामोल २४ पिस र स्टागान १४ पिससहित दुईजनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राप्ती नगरपालिका–४ बस्ने २० वर्षीय दिपेश राई र कैलाली टिकापुर नगरपालिका–५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । शंकास्पद रुपमा हिँडिरहेको उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ सय ५० मिलीग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया बाँसगढी नगरपालिका–३ बस्ने…
Aricle Tech
२५ वैशाख, काठमाडौं। लामो समयदेखि गठनको चर्चामा रहेको ‘समाजवादी मोर्चा’को आधार पत्र तयार भएको छ । मोर्चा गठनका लागि नेकपा (माओवादी केन्द्र), जनता समाजवादी र नेकपा एकीकृत समाजवादीले आआफ्नो पार्टीभित्र छुट्टा छुट्टै कार्यदल समेत गठन गरेका छन् । माओवादीले उपाध्यक्ष कृष्णबहादुर महरा, एकीकृत समाजवादीले महासचिव बेदुराम भुसाल र जसपाले बरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा कार्यदल कार्यदल बनाएको छ। तीनवटै दलले बनाएको कार्यदलबीच छलफल भएर मोर्चाको आधार पत्र तयार भएको कार्यदलका एक सदस्यले अनलाइनखबरलाई जानकारी दिए । त्यसलाई शीर्ष नेताहरुले छलफल गरेर अन्तिमरुप दिन भने बाँकी छ । अहिले गठबन्धन, सरकारको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित भएका कारण शीर्ष नेताहरुले…
२५ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले ढाकाकुमार श्रेष्ठको ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न अल्पकालीन आदेश जारी गरेको छ । सर्वोच्च अदालतको यो आदेशले कंसाकारलाई सांसद बनाउने निर्वाचन आयोगको सोमबारको निर्णय तत्कालका लागि रोकिएको छ । निवर्तमान सांसद ढाकाकुमार श्रेष्ठलाई रास्वपाले कारबाही गरी पदमुक्त गर्ने निर्णयसमेत यथास्थितिमा रहेकाले उनी तत्काल प्रतिनिधिसभामा फर्किन पाउने छैनन् । रास्वपाले कारबाही गरेर सांसद पदबाट निष्कासन गरेपछि ढाकाले सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले सांसद श्रेष्ठको माग बमोजिम अन्तरिम आदेश दिने के गर्ने भन्नेवारे छलफल गर्न ५ जेठमा दुवै पक्षलाई झिकाएको छ ।…
२५ वैशाख, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले अन्तिम समयमा अमेरिका भ्रमण स्थगित गरेका छन् । लिडरसिप एक्सचेन्ज कार्यक्रममा सहभागी हुँदा आईजीपी कुँवर नेतृत्वको ६ सदस्यीय टोलीलाई अमेरिका भ्रमणमा जान सरकारले स्वीकृति दिएको थियो । तर, अन्तिम समयमा कुँवरले अमेरिका भ्रमण स्थगित गरेका हुन् । स्रोतका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा हाई–प्रोफाइलहरुमाथि आरोप लागिरहेका बेला तत्काललाई भ्रमण स्थगित गर्न कुँवरलाई गृह मन्त्रालयले आग्रह गरेको थियो । ‘अहिलेको परिस्थिति जटिल छ, त्यसैले पनि अहिलेलाई भ्रमण रोक्न भनिएको हो’, मन्त्रालयका एक उच्च अधिकारीले भने । कुँवर अमेरिका नजाने भएपछि नेपाल प्रहरीको प्रतिनिधित्व केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक…
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको नागरिकतासम्बन्धी विधेयकका सम्बन्धमा छलफल थालेका छन् । सोमबार राष्ट्रपतिले कानुनविद्हरुलाई शीतल निवास बोलाएर यसबारेमा आवश्यक परामर्श र छलफल गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । शीतल निवासमै अड्किएको उक्त विधेयकको कानुनी हैसियत अब के हुन्छ भन्नेबारे छलफलमा राष्ट्रपतिको चासो रहेको थियो । मूलतः राष्ट्रपतिले सार्वभौम संसद्ले पारित गरेको विधेयक म्यादभित्र प्रमाणीकरण नभएपछि त्यसको वैधानिक हैसियत कस्तो हुन्छ भन्ने चासो राष्ट्रपतिको रहेको थियो । यस्तै उनले अब प्रमाणीकरण गर्न मिल्ने हो भने त्यसको संवैधानिक व्यवस्थाबारे सोधिखोजी गरेका थिए । राष्ट्रपतिको प्रश्न थियो, ‘प्रमाणीकरण नभई बसेको विधेयक संविधानको कुन व्यवस्थाअनुसार…
२५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले ११ वैशाखमा सूचना निकाल्दै सरोकारवालााई भनेको थियो, १५ दिनभित्र पोलमा छोडिएका अनावश्यक र प्रयोगविहीन तार हटाउनू, नभए तार महानगरले आफैं तार हटाउने छ । तर, समयसीमा नसकिंदै महानगरभित्र तार व्यवस्थापन सुरु भएको छ । महानगरले दिएको चेतावनीका आधारमा इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायकहरु आफैं तार व्यवस्थापनका लागि अग्रसर भएका छन् । यसअनुसार अब महानगरले चेतावनी दिएजस्तो तार काटेर हैन, तार बन्डलिङ (मूठो बनाएर) गरेर व्यवस्थापन हुनेछ । अब केबल टिभी तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरु, नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणले संयुक्त रुपमा तारको व्यवस्थापन गर्ने छन् । आइतबार सेवा प्रदायक कम्पनीहरु, सुरक्षा निकाय…
काठमाडौं । योगलाई कतिपयले आध्यात्मिक र धार्मिक प्रकृयाका रुपमा पनि बुझ्छन् । तर, यो विशुद्ध शारीरिक, मानसिक र आत्मिक विषय हो । योगभित्र शारीरिक अभ्याँस वा आसनमात्र नभई यम, नियम, प्राणायम, ध्यान, धारणा, समाधी लगायत विभिन्न चरणहरु हुन्छन् । तर, यो व्यस्त जीवनशैली भएको समयमा मानिसले कम्तिमा आसन, प्राणायम र ध्यानमात्र गर्नसके पनि जीवन आरोग्य र खुशीले भरिने योगका विज्ञहरु बताउँछन् । मानव जीवनका लागि निकै नै महत्वपूर्ण मानिने योगले मानिसलाई विभिन्न रोगबाट जोगाउनका लागि सहयोगी हुनुका साथै फुर्तिलो र शरीर आकर्षक बनाउनका लागि योग महत्वपूर्ण मानिन्छ । पछिल्लो समय योग तथा ध्यानप्रति धेरैको रुचि बढ्दै । योग गर्ने तरिका धेरै…
काठमाडौं, १६ वैशाख । भारतको एम्स अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको छ । मधुमेह एवं छातीमा समस्या भएपछि उपचारका लागि दिल्ली गएका राष्ट्रपति पौडेलको उपचार चलिरहेको र रिपोर्टहरु सकरात्मक आएको भारतस्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । छातीमा भएको संक्रमण नेपालमा निको नभएको भन्दै राष्ट्रपति पौडेललाई भारत जान चिकित्सकको समूहले आग्रह गरे बमोजिम उनलाई भारत लगिएको राष्ट्रपतिको सचिवालयले बताउँदै आएको छ । यद्यपी पौडेलको स्वास्थ्य समस्याको नेपालमै उपचार हुनसक्ने भन्दै राज्यकोषको खर्चमा भारत लगिएको भन्दै अहिले चौतफी विरोध भइरहेको छ । चौतर्फी आलोचना भएसँगै राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको उपचार खर्चसम्बन्धी ऐन…
स्वस्थ र निरोगी रहन योगको भूमिका महत्वपूर्ण रहने पुष्टि भइसकेको छ । यसकारण योगप्रति सर्वसाधारणको रुची र आर्कषण बढ्दो छ ।तन्दुरुस्त र स्वस्थ जीवनका लागि योग निकै प्रभावकारी व्यायामका रुपमा स्थापित भइसकेको छ । मौसम अनुसार गरिने योग छुट्टाछुट्टै हुन्छन् । जसमध्ये चन्द्रभेदी प्राणायाम गर्मीमा गरिने एक योग हो । यो प्राणायामले शरीरमा शितलता प्रदान गर्छ । गर्मीको बेला यो प्राणायाम गर्ने हो भने शरीरमा शितलताको महशुस हुन्छ र पित्त सम्बन्धी रोगहरूबाट छुट्कारा मिल्छ । यति मात्र होइन चन्द्रभेदी प्राणायामले गर्मी, अमिलो डकार पनि कम गर्छ । यो प्राणायमले शरीरको रगत शुद्ध गर्ने र छाला सम्बन्धी रोगमा राहत प्रदान गर्छ…
हरेक हिन्दु धर्मावबलम्बीहरुले आ आफ्नो घरमा मठ र गमलामा तुलसी रोप्ने गर्छन् । तुलसीलाई भगवान विष्णुको वनस्पति अवतारका रुपमा पनि बुझिन्छ । तुलसी धार्मिक रुपमामात्र नभई जडिबुटीका रुपमा पनि प्रयोग गरिन्छ । आयुर्वेदमा तुलसीलाई एक बहुउपयोगी औषधि मानिन्छ, जति यसको धार्मिक महत्व छ । गुणै गुणले भरिएको तुलसीलाई पुजा गर्नेदेखि आफूलाई स्वस्थ राख्नलाई यसको प्रयोग गर्ने गरिन्छ । तुलसीले जाडो मौसममा मात्रै नभई गर्मीको समयमा हुने विभिन्न रोगको संक्रमणबाट पनि मानिसलाई जोगाउँछ । आयुर्वेद डा. सविन दवाडीका अनुसार यस्ता छन् तुलसीका फाइदाः गर्भवती महिलाका लागि ठीक हुदैंनतुलसीको पातले गर्भवती महिलाको स्वास्थ्यसँगै पेटमा हुर्किरहेको बच्चालाई पनि नोक्सान पुर्याउन सक्दछ । यतिसम्म…

