काठमाडाैं- हामीले जतिजति नयाँ कुरा सिक्ने गर्छौं त्यति नै हाम्रो मस्तिष्क सक्रिय हुन्छ । हाम्रो शरीर उमेर अनुसार बुढो हुन्छ । तर मस्तिष्कमा त्यो नियम लागू हुँदैन । यदि हामीले दिनदिनै नयाँ कुरा सिक्यौ भने त्यो सधैँ ताजा नै रहन्छ । त्यहाँ नयाँ कोस सिर्जना हुन्छ । हामीले मस्तिष्कलाई ताजा राख्न नयाँ-नयाँ कुरा सिक्नुपर्छ । तर, मस्तिष्कलाई नयाँ कुरा दिइएन भने शरीरभन्दा छिटो मस्तिष्क मर्छ । डा. ट्यानियल एमएनले १ लाख ४० हजार मानसिक रोगीहरुको मस्तिष्कको फोटो खिचेका थिए, जहाँ उनीहरुको दिमागमा प्वाल परेको पाइयो । हाम्रो दिमागले नयाँ कुरा सिकेन र नयाँ कुरा थाहा पाएन भने डिप्रेशन हुनसक्छ ।…
Aricle Tech
जलेश्वर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरी सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा छड्के जाँच गर्दा चिकित्सक अनुपस्थित रहेको पाइएको छ । जलेश्वर अस्पताललाई सधैँ ‘रेफर’ अस्पतालका रुपमा सुनिँदै आएको र चिकित्सक ‘अनकल’ (फोन गरेपछि मात्रै आउने) मा रहने गरेको सुनिँदै आएको जानकारी प्राप्त गरेको आधारमा उनीआइतबार राति छड्के जाँच तथा निरीक्षण गर्न अस्पताल पुगेका थिए । निरीक्षणको क्रममा ‘इमरजेन्सी’ (आकस्मिक) वार्डमा चिकित्सक अनुपस्थित हुनाका साथै कुन चिकित्सकको ‘ड्युटी’सम्बन्धी ‘चार्ट’ नदेखिएको उनले जानकारी दिए । अन्य स्वास्थ्यकर्मी पनि न्यून सङ्ख्यामा उपस्थित रहेको मुख्यमन्त्रीले सिंहले बताए। उनले जलेश्वर अस्पतालमा चिकित्सक तथा सम्बन्धित स्वास्थ्यकर्मीकै उदासीनताले गुणस्तरीय सेवा बिरामीले प्राप्त गर्न नसकेको बताए। अस्पतालमा छड्के…
काठमाडाैं- २०१६ साल भदौ १० गते स्थापना भएको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले पछिल्लो एक वर्षमा २२ हजार ३ सय ७९ जनाले प्रसुति सेवा दिएको छ । थापाथलीस्थित उक्त अस्पतालले आफ्नो ६५औं वार्षिकोत्सव मनाइरहदा उक्त विवरण सार्वजनिक गरेको हो । यस्तै २०६८ सालदेखि सञ्चालित देशकै पहिलो सरकारी आईभीएफ सेवामार्फत हालसम्म ५८ जनालाई सेवा दिएको अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा ९ हजार ११ जनाले निःसन्तान सम्बन्धी सेवा लिएका थिए । जसमध्ये २२२ जनाले आईयूआई सेवा र २० जनाले आईभीएफ सेवा लिएका छन् । ४० बेडबाट सुरु भएको अस्पतालले हाल ४ सय ८९ बेडबाट…
काठमाडाैं- पछिल्लाे समयमा मुटुरोग लाग्ने बिरामीहरू बढीरहेका छन् । सामान्यतया छाती दुख्दैमा मुटु रोग हो कि भनेर शंका गरिन्छ । तर सबै अवस्थामा त्यो लागू हुँदैन । मुटुरोग रोगका लक्षण छाती दुख्यो र सँगै पसिना आयो भने मुटु रोग हुनसक्छ । पसिना आउनु मुटु रोगको एउट लक्षण हो । यदि छाती दुखेकै कारण पसिना आयो भने त्यो मुटु रोग हुनसक्छ । यो ह्रदयघातकाे संकेत पनि हो । यस्तै वाकवाकी लाग्ने, वान्ता आउने पनि मुटु रोगको संकेत हो । छाती दुखाई देब्रे हातमा या घाटीमा सर्यो भने यो मुटु रोगको लक्षण हो । यदि मुटुको कारणले कसैलाई छाती दुखेको छ भने…
रुपन्देही- रुपन्देहीमा अनलाइनबाट मगाएकाे औषधि खाँदा तीन जना बिरामी परेका छन् । ताैल घटाउन लागि अनलाइनबाट अर्डर गरेको औषधि ‘गार्सिनिया कम्बोजिया’ सेवनले उनीहरू बिरामी परेका हुन् । बिरामीमध्ये एक जना दुई साताअघि, एक जना गत साता र एक जना आइतबार उपचार गराउन आएको लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा.नन्दु पाठकले बताए । उनका अनुसार उपचारका लागि आएका बिरामीहरूले उक्त औषधि डेढ महिनादेखि सेवन गर्दै आएका थिए । उनले उक्त औषधिबारे अध्ययन गर्दा मलमा प्रयोग हुने रासायनिक पदार्थ ‘लिड’ मिसाएर बनाएको पाइएको बताए । जथाभावी औषधि खाँदा फोक्सो, मृगौलामा असर पर्ने उनले बताए । अनलाइनमा पाइने औषधि जथाभावी प्रयाेग नगर्न उनको…
म्याग्दी – समुद्री सतहबाट चार हजार आठ सय मिटर उचाइमा रहेको मुस्ताङको धार्मिकस्थल दामोदरकुण्डमा जनैपूर्णिमा पर्वका अवसरमा पूजाआजाका लागि यही भदौ २ गते त्यहाँ पुगेकी गण्डकी प्रदेशसभा सदस्य विमला गौचन लेक लागेर (अक्सिजन अभाव भएर)बिरामी परिन् । टाउको दुुखिरहने, शरीर गल्ने, खाना अरुचि हुनेजस्ता लक्षणसँगै हिँडडुल गर्न नसक्ने भएर दामोदरकुण्डकै धर्मशालामा अन्य दुईजना साथी र सहयोगीसँग बसेकी गौचनको टोलीलाई नेपाली सेनाले भदौ ६ गते उद्धार गरेको थियो । “दामोदरकुण्डप्रतिको आस्थाका कारण नेपालसँगै भारतबाट धैरै तीर्थयात्री आउने यस स्थानमा सञ्चार र स्वास्थ्य सुविधाको अतिआवश्यकता महसुस भयो”, उनले भने, “मोबाइल फोन सेवा विस्तार हुँदा समयमै उद्धार र प्राथमिक उपचारका लागि स्वास्थ्यकर्मी परिचालन…
काठमाडाैं- अहिले तिजको माहोल सुरू भएसँगै दर खाने कार्यक्रम पनि चल्न थलेको छ । तिजमा महिलाहरु भेला भएर आफ्नाे पीर व्यथालाई एकैछिन भएपनि बिर्सेर विशेषगरी दुधबाट बनेका परिकारहरू खाने चलन परापूर्व कालदेखि चलेको हो । जुन तिजको ब्रत बस्ने अघिल्लो दिन खाने गरिन्थ्यो । तर, अहिले अलिक फरक अवस्था छ । तिज आउन केहिदिन अगाडिदेखि नै विभिन्न पार्टी प्यालेस वा एक अर्काको घरमा दर खाने गरेको देखिन्छ । त्यसरी जथाभावी खाँदा व्यक्तिलाई फूड पोइजन हुने र कसैको ज्यान समेत जाने गरेको पछ । यसरी खाँदा राम्ररी पकाएका र ताजा खाने कुरा खानुपर्छ । स्वस्थकर छ कि छैन भनेर बिचार गरेर…
काठमाडौँ- हालसम्म ६७ जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार ललितपुर, काठमाडौँ, कैलाली, प्युठान, मकवानपुर गरी पाँच जिल्लामा ६७ जनामा हैजा पुष्टि भएको छ । चार जना हैजा सङ्क्रमित उपचाररत रहेको महाशाखाले जनाएको छ । सबैभन्दा बढी ललितपुरमा हैजा पुष्टि भएको छ । ललितपुरमा ४७ जना, काठमाडौँमा नौ, कैलालीमा आठ, प्युठानमा दुई, मकवानपुरमा एक जनामा हैजा पुष्टि भएको छ । हैजा पुष्टि भएका मध्ये ६३ जना निको भइसकेको छ ।
नेपालगन्ज- नेपालगन्जमा १०६ वर्षीय एक वृद्धको जटिल खालको शल्यक्रिया भएको छ । नेशनल अर्थोपेडिक अस्पताल नेपालगन्जमा सल्यान वनगाड कुपिण्डे नगरपालिका–७ साँग्रेका १०६ वर्षीया पदमबहादुर शाहको भाँचिएको हिपको हड्डीको शल्यक्रिया सफलतापूर्वक गरिएको हो । १०६ वर्षका वृद्धको हिपको हड्डी भाँचिएको शल्यक्रिया निकै जटिल बनेको नेशनल अर्थोपेडिक अस्पतालका सञ्चालक अर्थोपेडिक सर्जन डा.सैयद सद्दामले बताए । डा. सद्दामले उमेरका कारण खाटबाट खस्दा शाहको हिपको हड्डी भाँचिएको जनाउँदै यति धेरै उमेरमा सो शल्यक्रिया गरिनु र सफल हुनु आफैंमा उल्लेखनीय कार्य भएको बताए । १०६ वर्षीया पिताको हिपको हड्डी भाँचिएपछि उपचार नै नहुने जस्तो देखेर आफूहरु निकै दु:खी भएको बेला नेपालगन्जमा उनको सफल शल्यक्रिया भएपछि…
काठमाडाैं- बाथ रोग परिवारमा सर्दै जाने भन्ने त होइन तर आमाबुबा, दाजुभाई, दिदीबहिनीमा बाथ भएको खाण्डमा व्यक्तिलाई बाथ रोग हुने सम्भावना बढी हुन्छ । यसमा धेरै प्रकारका रोगहरू छन् । उमेर अनुसार हड्डि खिइदै जाने किसिमको बाथ, खानपिनसँग सम्बन्धित बाथ, मांसपेशीसँग सम्बन्धित बाथ आदि । यसको प्रकार अनुसार फरक-फरक लक्षण हुन्छन् । सबैमा देखिने किसिमको लक्षण भनेको जोर्नी दुखाइ हो । यसका हात खुट्टाका जोर्नी दुख्ने, सुन्निने, बिहान उठ्दा अप्ठेराे हुने वा मुठ्ठी कस्न गह्राे हुने, साँझ पर्दै गएपछि जोर्नी खुल्दै जाने आदि प्रमुख लक्षण हुन् । बाहिरी छालामा यसले आक्रमण गर्दा छालामा विभिन्न प्रकारको डाबर आउने, निलो दाग देखिने,…

