

काठमाडौँ- हालसम्म ६७ जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार ललितपुर, काठमाडौँ, कैलाली, प्युठान, मकवानपुर गरी पाँच जिल्लामा ६७ जनामा हैजा पुष्टि भएको छ ।
चार जना हैजा सङ्क्रमित उपचाररत रहेको महाशाखाले जनाएको छ । सबैभन्दा बढी ललितपुरमा हैजा पुष्टि भएको छ । ललितपुरमा ४७ जना, काठमाडौँमा नौ, कैलालीमा आठ, प्युठानमा दुई, मकवानपुरमा एक जनामा हैजा पुष्टि भएको छ । हैजा पुष्टि भएका मध्ये ६३ जना निको भइसकेको छ ।



