काठमाडौं- मानव बेचबिखन गर्ने गिरोहले एक जना नेपालीलाई भारत पुर्याएर मिर्गौला झिकेको तथ्य खुलेको छ । ३२ वर्षीय एक युवालाई गिरोहले भारतको कलकत्ता पुर्याएर उनको मिर्गौला झिकेको हो। मानव बेचबिखन तथा ओसारपसार ब्युरोको टोलीले यस कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेपछि यस सम्बन्धी प्रारम्भिक जानकारी प्राप्त भएका छन् । ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ओमबहादुर रानाका अनुसार पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-८ का ३७ वर्षीय शंकर खत्री र मकवानपुर भीमफेदी गाउँपालिका-२ की ४३ वर्षीय शान्तिमाया घलान रहेका छन् । खत्रीलाई भदौ ९ गते र घलानलाई ११ गते पक्राउ गरिएको रानाले जानकारी दिए । रानाका अनुसार उनीहरूले आर्थिक अवस्था कमजोर…
Aricle Tech
काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशमा रहेका नेपालीको ज्ञान, सीप र दक्षता देशमा भित्र्याउनुका साथै स्वास्थ्य क्षेत्रमा सुधार गर्न ‘नेपाल हेल्थ समिट २०२४’ आयोजना गर्ने भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मंगलबार ‘नेपाल हेल्थ समिट-२०२४’ गर्ने निर्णय गरेका हुन् । सम्मेलनमा स्वदेश तथा विदेशमा रहेका स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली विज्ञहरूको सहभागिता रहने र सुझावहरू संकलन गर्ने मन्त्रालयको तयारी छ । सम्मेलनमार्फत स्वास्थ्य सुधारका लागि निटक भविष्यमा समेत नीति निर्माण तथा योजना र आवश्यक कार्यक्रम बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास मन्त्रलायले लिएको छ । विश्वभरका नेपाली चिकित्सक, अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व तथा नर्सहरूको सीप र दक्षतालाई देशको स्वास्थ्य सुधारमा उपयोग गर्न आवश्यक सुझाव…
काठमाडाैं- काठमाडाैंकाे नयाँ बानेश्वरमा सञ्चालित एएसजी आइ केयर र नेपाल स्किन हस्पिटलको फोहाेर उठाउन रोक लगाइएको छ । महानगरपालिकाले हिजो गरेको अनुगमनका क्रममा ती स्वास्थ्य संस्थाले सङ्क्रमित फोहोर स्रोतमा वर्गीकरण नगरेको, हानीकारक फोहोरलाई निर्मलीकरण गर्न अटोक्लेभजस्ता साधन तथा उपकरण प्रणाली नभएको तथा अन्तिम व्यवस्थापन गर्दा सामान्य फोहरसँगै पठाउने गरेको पाइएकोले फोहोर उठाउन रोक लगाइएको हो । दुवै स्वास्थ्य संस्थामा रङ्ग सङ्केतअनुसार जोखिमपूर्ण फोहोर राख्ने छुट्टै डस्बिन पनि नराखेको पाइएको वातावरण व्यवस्थापन विभागको फोहाेरमैला व्यवस्थापन महाशाखा प्रमुख कविता राईले बताए। उनले यी स्वास्थ्य संस्थाहरुले जोखिमयुक्त फोहोरलाई जोखिममुक्त बनाउने कुनै पनि उपाय अवलम्बन गरेको नपाएपछि सम्भावित जोखिम घटाउन त्यहाँ फोहोर उठाउन रोक…
चितवन- बागमती प्रदेशको स्वास्थ्य संस्था स्थापना, स्तरोन्नति तथा नवीकरणसम्बन्धी ऐन यसै महिनाभित्र कार्यान्वयनमा ल्याइने भएको छ । लामो समयदेखि ऐन बन्न नसक्दा यहाँका अधिकांश स्वास्थ्य संस्था नवीकरण हुनसकेको छैनन् । ऐन नहुँदा स्वास्थ्यका नयाँ संस्था दर्ता रोकिएको, प्रादेशिक अस्पतालका समिति निष्क्रिय भएको र वातावरणीय प्रभाव मूल्याङ्कनको काम हुनसकेका छैनन् । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले यो महिनाभित्रमा ऐन ल्याइने बताए । उनले भने, “हामी अन्तिम चरणमा छौँ । प्रदेशको संसदीय समितिमा छ । अबको संसद्मा आउँछ”, ऐन नबन्दा धेरै काम प्रभावित भएको भन्दै उनले थपे, “भदौभित्रमा ऐन आउँछ ।” मन्त्रालयका सूचना अधिकारी डा रविन भुसालका अनुसार मन्त्रालयले विसं २०८० भदौ…
काभ्रेपलाञ्चोक- विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषणा गरेको छ । सङ्गठनले तोकेका मापदण्ड पूरा गरेको धुलिखेल एसियाको दोस्रो स्वस्थ सहर भएसँगै पाँच हजार डलर पुरस्कार प्राप्त गर्न पनि सफल भएको छ । सङ्गठनका प्रमुख डा सुभाजी गुडले मङ्गलबार नेपालको पहिलो स्वस्थ सहर र एसियाको दोस्रो स्वस्थ सहर भएको घोषणा गरेका हुन् । गुडद्वारा घोषणासँगै धुलिखेललाई नेपालको पहिलो स्वस्थ सहर भएकामा पाँच हजार डलर पुरस्कार घोषणा भएको थियो । एसियामा पहिलो स्वस्थ सहर भारतको पुणे नगर बन्दा र ६५ दशमलव ४८ अङ्क प्राप्त गरी धुलिखेल दोस्रो स्थानमा रहेको घोषणा भएको हो । एसियाको दोस्रो र…
काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले अविरल वर्षाका कारण देशभर भइरहेको बाढीपहिरो र सडक दुर्घटनाका घाइतेको निःशुल्क उपचार तथा पुनः स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको आकस्मिक समयमा सांसद सुशीला लिङले सिन्धुली जिल्लामा यही भदौ ७ गतेको अविरल वर्षाका कारण हायु बस्तीका पाँच घर भत्किएका र १५ परिवार विस्तापित भएकाप्रति ध्यानाकर्षण गराउँदै क्षतिपूर्ति र पुनःस्थापनाको माग गरिन् । सांसद लिङले सडक दुर्घटना, चट्याङ्मा परेका व्यक्तिलाई पनि स्वास्थ्य उपचारका लागि सरकारसँग आग्रह गरिन् । सांसद जनार्दन शर्माले देशभर परेको वर्षाका कारण धेरै धनजनको क्षति भएको र सडक दुर्घटनामा परेर मानिसको ज्यान गइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद अमरेशकुमार सिंहले पछिल्लो…
सामान्यतया महिला महिनावारी भएको केहि समयपछि डिम्बासयमा अण्डाको विकास हुन्छ । त्यो समयमा यौन सम्पर्क भयो भने शुक्रकीटसँग अण्डाको मिलन भइ भ्रूण बन्छ र गर्भ रहन्छ । तर यो समयमा शुक्रकिट र अण्डाको मिलन भएन भने गर्भ रहँदैन जसलाई बाँझोपन भनिन्छ । अहिले नेपालमा निःसन्तान वा बाँझोपनबाट धेरै दम्पति पीडित भइरहेका छन् । निःसन्तान दम्पतीले सन्तान प्राप्तिको लागि कृत्रिम प्रकृयाबाट गर्भधारण गर्नसक्छन्, त्यस प्रकृयालाई आइभिएफ अर्थात इन भिटो फर्टिलिटी भनिन्छ । नेपालमा यसलाई कतिपयले टेस्टट्यूव बेबीपनि भन्ने गरेका छन् । यो एक गर्भाधारण गराउने मानव निर्मित प्रविधि हो, जसमा भ्रुण ल्याबमा सिर्जना गरेर महिलाको पाठेघरमा राखिन्छ ।अप्राकृतिक वा कृत्रिम तरिकाबाट…
बागलुङ- बागलुङमा दुई पालिकास्तरीय अस्पताल अलपत्र परेका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–९ ढोरपाटन खापाथरमा निर्माणाधीन १० शय्याको नगर अस्पताल र निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको १० शय्याको आधारभूत अस्पताल अलपत्र परेका हुन् । ढोरपाटनको नगर अस्पतालभन्दा निसीखोलाको आधारभूत अस्पताल एक वर्ष पहिला निर्माण सुरु गरिएको थियो । आधारभूत अस्पताल निर्माणका लागि विसं २०७८ माघ २० गते सम्झौता भएर काम सुरु भएको थियो । नगर अस्पताल विसं २०७९ असार २४ गतेदेखि निर्माण थालिएको थियो । विसं २०८० पुसमा सम्पन्न गर्नेगरी निर्माण सुरु भएको आधारभूत अस्पताल हालसम्म ८५ प्रतिशत मात्रै काम सकिएको निर्माणको जिम्मा पाएको हिन्दुङ एसी आइएस जेबी कन्स्ट्रक्सनका प्रमुख दीपककुमार…
काठमाडौँ- कलंकीका सञ्चालित नेपाल नेशनल हस्पिटलको जोखिमपूर्ण फोहर व्यवस्थापन गएको वर्षभन्दा अझ खराब देखिएको छ । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले आजबाट सुरु गरेको अनुगमनका क्रममा उत्पादित फोहरको व्यवस्थापनमा चरम लापरबाही देखिएको विभागका वरिष्ठ शाखा अधिकृत सानुमैया महर्जनले जानकारी दिए । वार्डहरूबाट उत्पादन भएको फोहर राख्न भवनको पछाडिपट्टि जस्ताले बारेको टहरा छ । टहरामा ४ वटा कोठा छन् । तीमध्येको पहिलो कोठामा सिरिञ्ज र बोतलहरू छरपस्ट थिए । दोस्रो कोठाको कुनामा कालो प्लास्टिकमा पोको बाँधेर फोहोर राखिएको थियो । तेस्रो कोठामा धेरै फोहरका पोका थिए । ती पोकाका बिचमा खुला छरिएको फोहर थियो । गएको वर्षको अनुगमन हुँदा अस्पतालले अटोक्लेभ…
काठमाडौं- कन्फेडरेसन अफ मेडिकल एसोसिएसन इन एसिया एण्ड ओसियानिया (सिएमएएओ) को सन् २०२५-२०२६ को अध्यक्ष पदमा डा.अनिल विक्रम कार्की निर्वाचित भएका छन् । एशिया तथा मध्य र दक्षिणी प्रशान्त महासागर क्षेत्रका चिकित्सकहरुको माहासंघ ‘कन्फिडिरेसन अफ मेडिकल एसोसिएसन्स इन एशिया एण्ड ओशियानिया’ को ३८ औं साधारण सभा र ५९ औं परिषद् बैठकले नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. कार्कीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । डा.कार्कीले सन २०२५ देखि सन २०२६ सम्म एक वर्षको लागि १२ वटा मेडिकल एसोसिएसन आवद्ध भएको परिसङ्घको अध्यक्षको कार्यभार सम्हाल्ने छन् । ‘सीएमएएओ’मा नेपाल मेडिकल एसोसिएशन सहित अस्ट्रेलिया, हङ्गकङ्ग, इन्डोनेसिया, जापान, कोरिया, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, ताइवान…

