काठमाडौँ- वीर अस्पताल ईन्टरनल मेडिसिन विभागको नर्सिङ इन्चार्ज सुभद्रा रेग्मीको निधन भएको छ। वीर अस्पतालमै हिजाे दिउँसो उपचारका क्रममा उनको निधन भएको हो। योजना अनुसार साघुरिएको मुटुको भल्भको एन्जीयोप्लास्टी गरिसकेपछि अचानक स्वास्थ्यमा समस्या आउँदा उनको मृत्यु भएको बताइएको छ। अस्पतालका निर्देशक डा सन्तोष पौडेलले आफु र वीर परिवार स्तब्ध भएको बताए।
Aricle Tech
मोरङ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई पाँच लाख पुर्याउने बताएका छन् । कोशी अस्पताल विराटनगर र विस्तारित सेवा प्रदान गर्ने भक्तपुर क्यान्सर अस्पतालबीच आज यहाँ सम्झौतापत्र हस्ताक्षर समारोहमा उनले संघ, प्रदेश र स्थानीय पालिकाले स्वास्थ्य सेवामा दिने रकम ३१ अर्बलाई एकमुष्ट स्रोत सुनिश्चित गरी बीमालाई पाँच लाख पुर्याउने जानकारी दिए । मन्त्री पौडेलले मुलुकमा सुर्ती र मदिराबाट उठ्ने स्वास्थ्य करको ५० प्रतिशत रकम स्वास्थ्य बीमा बोर्डमा हाल्नुपर्ने भन्दै कोशी अस्पतालको सेवा व्यापक सुधारको खाँचो रहेकामा जोड दिए । उनले आज हस्ताक्षर र सम्झौताले अर्बुद रोग उपचारका लागि नागरिकलाई चितवन र भक्तपुरमा जानुपर्ने बाध्यतालाई केही हदसम्म अन्त्य हुने धारणा…
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नर्सिङ क्षेत्रको पढाईका बिषयमा देखिएका अन्यौलता हटाउन कानून आवश्यक रहेको बताएकी छिन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री भट्टराईले प्राविधिक शिक्षासँग नर्सिङ क्षेत्रको पढाईलाई जोड्न अहिले देखिएका अन्यौलता हटाउन कानून आवश्यक रहेको त्यसका लागि मस्यौदा तयार भइरहेको बताएकी हुन् । विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्न आग्रह गर्दै मन्त्री भट्टराईले यसले मात्रै यस क्षेत्रमा देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गरिन् । स्वास्थ्य क्षेत्रमा प्रयाप्त जनशक्ति उत्पादनका लागि स्वदेशमा नै चिकित्सा क्षेत्रको अध्ययनका लागि बिभिन्न स्थानमा शिक्षालय स्थापनका साथै कोटा बृद्दिको बिषयमा पनि गृहकार्य भइरहेको उनले जानकारी दिइन् ।…
काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकको शुन्य समयमा सांसदहरुले डेंगी, झाडापखाला लगायतका रोगव्याधी नियन्त्रणका लागि शुद्ध खानेपानी, जनचेतनाको विस्तार एवं स्वास्थ्यसम्बन्धी ज्ञानको विस्तारका लागि सरकारको ध्यानाकर्षण गरे । शुन्य समयमा बोल्दै सांसद इन्दिरादेवी गौतमले वर्षायाममा महामारीजन्य रोगहरु जस्तै डेंगी, झाडापखाला, सर्पदंश न्युनीकरण गर्नुपर्ने, शुद्ध खानेपानी, औषधी उपचारको अभाव हुन नदिन सरकारले व्यवस्था मिलाएर सहज वातावरण बनाउन आग्रह गरिन् । सांसद गंगाकुमारी बेलवासेले पछिल्लो समय तीजका गीत र नाचमा विकृति विसङ्गति बढेको भन्दै त्यसको नियन्त्रणका लागि सबैले पहल गर्नुपर्ने बताइन् । सांसद गोपीबहादुर सार्की अछामीले उदयपुरको कटारी नगरपालिका कोशी, मधेश र बागमती प्रदेशको केन्द्र पर्ने भएकाले प्रस्तावित मेडिकल कलेज स्थापना गर्न सरकारको ध्यानाकर्षण…
काठमाडौं- देशका ७५ जिल्लाबाट पाँच हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडिसिडी )को तथ्याङ्क अनुसार ७५ जिल्लाबाट पाँच हजार ५८९ जनामा डेंगु पुष्टि हुनुका साथै तीन जना सङ्क्रमितको मृत्यु भएको छ । दुई जिल्लामा पाँच सयभन्दा बढिमा सङ्क्रमण पुष्टि भएका छन् । तनहुँमा एक हजार ६७, कास्कीमा ५३६ जनामा डेंगु पुष्टि भएको इडिसिडीले जनाएको छ । यसैगरी, चितवनमा ४८६, काठमाडौँमा ४६६, पर्वतमा ३१७, गोरखामा २०८, झापामा १६०, मकवानपुरमा १११, भोजपुरमा ९६, पाल्पामा ९४ जनामा डेंगु पुष्टि भएको छ । प्रदेश अनुसारमा बागमती र गण्डकी प्रदेशमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ । बागमती…
काभ्रे-काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–७ महांकालका बालबालिकामा केही महिनादेखि देखिएको कालाजारको सङ्क्रमण नियन्त्रणमा आएको छ । करिब चार महिनादेखि आठ बालबालिकामा देखिएको कालाजार विशेष निगरानी र ‘कन्ट्रयाक ट्रेसिङ’ तथा विषादी कार्यक्रम सञ्चालन गरी नियन्त्रणमा ल्याइएको जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको हो । हालै मात्र एक पाँच वर्षमुनिका बालकमा कालाजारको सङ्क्रमण देखिएको थियो । कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठले खानीखोलामा फैलिएको कालाजार पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको बताइन् । उनका अनुसार ‘कन्ट्रयाक ट्रेसिङ’ तथा विषादी छिट्काउ कार्यक्रम सञ्चालन गरी कालाजार सङ्क्रमण नियन्त्रणमा ल्याइएको हो । कालाजार लाग्न नदिन भुसुनाको टोकाइबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा विशेष ध्यान दिन चिकित्सकको सुझाव छ । यसको सङ्क्रण भएमा…
काठमाडौँ – देशका सरकारी क्यान्सर अस्पतालमा सम्भव नहुने कतिपय प्रयोगशाला परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने भएको छ । संघीय सरकार अन्तर्गतका भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गराउन मन्त्रालयमा दुवै पक्षबीच सम्झौता भएको छ । ल्याब परीक्षणका लागि प्रयोगशालाका निर्देशक डा. रञ्जन भट्टले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा अस्पतालसँग सम्झौता गरेका हुन् । यसअघि ती अस्पतालहरूमा सम्भव नभएका परीक्षणका लागि बिरामी आफैँले निजी ल्याब तथा भारतसम्म धाउनुपर्ने अवस्था थियो । ती अस्पतालहरूका ल्याबको स्तरोन्नतिका लागि समेत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सहकार्य गर्नेछ । क्यान्सर उपचार पाँच प्रदेशमा विस्तार गरेर सबै…
काठमाडौं – काठमाडौँ महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि कारवाही गरिएको निरीक्षण अधिकृत डा. अवधेश झाले जानकारी दिए । तेलको गुणस्तरका विषयमा गुनासो आएपछि महानगरपालिकाले असार ७ गते विवरण माग भएको थियो । प्राप्त विवरणका आधारमा प्रतिवेदन तयार पारिएको थियो । सोही प्रतिवेदनका आधारमा जरिवाना गरिएको, झाको भनाइ छ । माग गरिएको विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि (फर्मुलेसन, रेसिपि मेथड) उल्लेख गरिएको कागजात प्राप्त हुन सकेन । कारखानामा स्टाण्डर्ड अपरेसन…
काठमाडाैं- औषधि खानयोग्य हुनको लागि भण्डारण अति नै महत्त्वपूर्ण हुन्छ । नेपाल जस्तो स्रोतसाधन प्रयाप्त नभएको देशमा भण्डारण व्यवस्थापनले औषधिको गुणस्तरमा धेरै प्रभाव पार्दछ । त्यसकारण हामीले खाने औषधि कसरी भण्डारण गरिन्छ भनेर जान्नु आवश्यक छ । औषधि भण्डारण गर्ने तरिका मुख्यगरी तीन किसीमको हुन्छ । पहिलो प्रकार अनुसार औषधिलाई २५ देखि ३० डिग्री सेल्सियस तापक्रम सम्मको कोठामा राख्न सकिन्छ । यसमा सधारण खालका औषधिहरु पर्छन् । साधारण खालका औषधि यो तापक्रममा राख्दा गुणस्तर कायम हुन्छ जसलाई एमपिए भनिन्छ । अर्को प्रकारमा औषधिलाई १५ देखि २५ डिग्री सेल्सियस बीचको तापक्रममा राखिन्छ । यसमा अलि बढी संवेदनशील औषधिहरू पर्छन् । सबैभन्दा…
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिव नेपालीले डडेलधुराले पाँचपटक प्रधानमन्त्री पाउँदासमेत अस्पतालको अवस्थामा सुधार नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा कास्की घर भएका सांसद नेपालीले डडेलधुरा अस्पतालको दुरावस्थाबारे प्रश्न उठाएका हुन् । “सभामुख महोदय, नेतालाई राजनीतिले स्वस्थ बनाएन, स्वास्थ्य सेवालाई नेताले स्वस्थ बनाएनन्,” नेपालीले भने, “डडेलधुरा अस्पताल ०७७ जेठ ८ मा १०० शय्यामा स्तरोन्नति गर्यो । १७ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ । एकजना पनि विशेषज्ञ चिकित्सक अस्पतालमा छैन ।” उनले इन्टर्नका भरमा अस्पताल सञ्चालन भइरहेको बताए । “कसको मातहतमा राख्ने भन्ने पनि ठूलै होडबाजीपछिसंघीय सरकार मातहत छ । पाँचसय बेड बनाउने निर्णय पनि भएको थियो । तर, पाँच–पाँचपटक प्रधानमन्त्री भएको जिल्लाको अस्पतालको अवस्था यस्तो छ, सुधार…

