काठमाडाैं- बाथ रोग परिवारमा सर्दै जाने भन्ने त होइन तर आमाबुबा, दाजुभाई, दिदीबहिनीमा बाथ भएको खाण्डमा व्यक्तिलाई बाथ रोग हुने सम्भावना बढी हुन्छ । यसमा धेरै प्रकारका रोगहरू छन् । उमेर अनुसार हड्डि खिइदै जाने किसिमको बाथ, खानपिनसँग सम्बन्धित बाथ, मांसपेशीसँग सम्बन्धित बाथ आदि ।
यसको प्रकार अनुसार फरक-फरक लक्षण हुन्छन् । सबैमा देखिने किसिमको लक्षण भनेको जोर्नी दुखाइ हो । यसका हात खुट्टाका जोर्नी दुख्ने, सुन्निने, बिहान उठ्दा अप्ठेराे हुने वा मुठ्ठी कस्न गह्राे हुने, साँझ पर्दै गएपछि जोर्नी खुल्दै जाने आदि प्रमुख लक्षण हुन् ।
बाहिरी छालामा यसले आक्रमण गर्दा छालामा विभिन्न प्रकारको डाबर आउने, निलो दाग देखिने, टाउकोमा अत्यधिक चाया पोतो आउने, कपाल झर्दै जाने गर्छ । आँखा रातो हुने, बिजाउने र मुख सुन्निने आदि पनि यसका लक्षण हुन् । निन्द्रामा वा सुतेर उठ्दा कम्मर दुख्ने, अर्रो हुने मेरूदण्डको बाथको लक्षण हो ।
शरीरभित्र बाथले आक्रमण गर्दा फोक्सोमा पानी जम्ने वा जालो लाग्ने, मृगाैलामा असर देखिने, मुटुमा पानी जम्ने, आन्द्रामा असर गरेर पखाला लाग्ने वा पेट दुख्ने हुन्छ ।

जोर्नी दुख्ने र छालाको केहि लक्षण जाडो महिनामा बढी देखिने गर्छ । तर गर्मी महिनामा पनि यसको असर देखिन्छ ।
यसबाट बच्नको लागि बढी प्रोटिन भएको खाने कुरा नखाने वा कम खाने चिसोबाट बच्न न्यानो कपडा लगाउने, जाडो महिनामा पानी कम खेलाउने, हिँडडुल गरिरहने शरीरिक व्यायाम गर्ने जस्ता कार्य गर्नुपर्छ ।








