नेपालगन्ज- नेपालगन्जमा १०६ वर्षीय एक वृद्धको जटिल खालको शल्यक्रिया भएको छ । नेशनल अर्थोपेडिक अस्पताल नेपालगन्जमा सल्यान वनगाड कुपिण्डे नगरपालिका–७ साँग्रेका १०६ वर्षीया पदमबहादुर शाहको भाँचिएको हिपको हड्डीको शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।
१०६ वर्षका वृद्धको हिपको हड्डी भाँचिएको शल्यक्रिया निकै जटिल बनेको नेशनल अर्थोपेडिक अस्पतालका सञ्चालक अर्थोपेडिक सर्जन डा.सैयद सद्दामले बताए । डा. सद्दामले उमेरका कारण खाटबाट खस्दा शाहको हिपको हड्डी भाँचिएको जनाउँदै यति धेरै उमेरमा सो शल्यक्रिया गरिनु र सफल हुनु आफैंमा उल्लेखनीय कार्य भएको बताए ।

१०६ वर्षीया पिताको हिपको हड्डी भाँचिएपछि उपचार नै नहुने जस्तो देखेर आफूहरु निकै दु:खी भएको बेला नेपालगन्जमा उनको सफल शल्यक्रिया भएपछि पूरा परिवार खुशी भएको शाहलाई उनका छोरा भूपेन्द्रबहादुर शाहले बताए ।








