

काठमाडाैं- पछिल्लाे समयमा मुटुरोग लाग्ने बिरामीहरू बढीरहेका छन् । सामान्यतया छाती दुख्दैमा मुटु रोग हो कि भनेर शंका गरिन्छ । तर सबै अवस्थामा त्यो लागू हुँदैन ।
मुटुरोग रोगका लक्षण
छाती दुख्यो र सँगै पसिना आयो भने मुटु रोग हुनसक्छ । पसिना आउनु मुटु रोगको एउट लक्षण हो । यदि छाती दुखेकै कारण पसिना आयो भने त्यो मुटु रोग हुनसक्छ । यो ह्रदयघातकाे संकेत पनि हो ।
यस्तै वाकवाकी लाग्ने, वान्ता आउने पनि मुटु रोगको संकेत हो । छाती दुखाई देब्रे हातमा या घाटीमा सर्यो भने यो मुटु रोगको लक्षण हो ।
यदि मुटुको कारणले कसैलाई छाती दुखेको छ भने हिड्न मन नलाग्ने, थोरै हिँड्दैमा थकाइ लाग्ने, हिँड्दाखेरी रिंगटा लाग्ने, कमजोरी भएको अनुभव हुने आदि मुटु रोगका लक्षण हुन् ।
कहिलेकाहीँ हिड्दा पनि रिंगटा पनि लाग्न सक्छ । छातीको बिच भागमा ठूलो ठाउँ ओगटेर दुखेको छ भने, त्यो मुटुको लक्षण हुन सक्छ । यी बाहेक मुटु रोगको जोखिम उच्च भएको व्यक्तिले धुम्रपान गरेमा पनि मुटु रोग हुन सक्छ ।
यी लक्षण देखिएमा एकपटक इसिजी गर्नुपर्छ । छाती दुखेको बेला यताउता हिँडडुल गर्ने मानिसलाई मुटु दुखाइको सम्भावना कम हुन्छ ।
(डा. ओम मुर्ति अनिलको फेसबुकवालमा आधारित)



