काठमाडाैं- अधिकांश औषधिहरू हाम्रो भान्सा कोठामा नै पाइन्छन् । तीमध्ये एक आलस पनि हो । जुन हामी सबैको घरमा हुन्छ । यसका धेरै फाइदा रहेका छन् । यसमा ओमेगा-३ फ्याटिक एसिड हुन्छ, जसले हाम्रो शरीरको कोलस्टोरलाई नियन्त्रण गर्छ । जसले गर्दा हामीलाई हृदयघातकाे जोखिम कम हुन्छ । यसमा पाइने लिगनेन्ट भन्ने प्रोटिनले एन्टि अक्सिडेन्टको काम गर्छ । एन्टिअक्सिडेन्टले हाम्रो शरीरमा भएका हानिकारक सेललाई नस्ट गर्छ । हाम्रो मुटुमा हुने रगतको फ्लोलाई सरल तरिकाबाट चलाई क्यान्सरको जोखिम न्यूनीकरण गरि मुटु रोगको जोखिम कम गर्छ । यसमा एक किसिमको प्लान्ट हार्ट हुन्छ, जसले ४०-४५ वर्षका महिलामा हुने हार्मोनको परिवर्तिनलाई नियन्त्रण गर्छ ।…
Aricle Tech
डडेल्धुरा- डडेल्धुरा मेडिकल कलेजमा पब्लिक हेल्थ र बिएस्सी नर्सिङ पढाउने तयारी भएको छ । गत वर्षदेखि ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजीको अध्यापन सुरु भएकोमा यस वर्षदेखि पब्लिक हेल्थ र बिएस्सी नर्सिङ पढाउने तयारी हो । सुुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीका अनुसार त्यसका लागि अध्यापन अनुमति माग गरिएको छ । ‘चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन पनि गरिसकेको छ,’ उनले भने, ‘अध्यापन अनुमति पाए हामी पब्लिक हेल्थ र बिएस्सी नर्सिङका कक्षा सञ्चालन गर्न तयार छौं ।’ सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज घोषणा गरेको झण्डै दुई वर्षपछि ०८० साल असोजमा चिकित्सा शिक्षा आयोगले पहिलोपटक कक्षा सञ्चालनको स्वीकृति दिएको थियो ।…
काठमाडाैं- सरकारले जलन भएका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जलन भएका बिरामीका लागि निःशुल्क उपचार गर्ने कार्यविधि बनाएर लागू गर्ने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जलन भएका बिरामीको निःशुल्क उपचार गर्न लागेको जानकारी दिँदै सहमतिका लागि कार्यविधि अर्थ मन्त्रालयमा पठाइसकेको बताए । अर्थ मन्त्रालयबाट सहमति आएपछि जलनको उपचार निःशुल्क हुने उहाँनले बताए । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जलनको उपचार निःशुल्क गर्ने कार्यलाई प्राथमिकता दिनुभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । स्वास्थ्य मन्त्रालयले तयार पारेको कार्यविधि अनुसार जलनका बिरामीको प्राथमिक उपचार जिल्ला अस्पतालमा हुने छ । त्यहाँ उपचार हुन…
काठमाडौं- यही भदौ ६ गते रुपन्देहीको देवदहमा तीजको दर खाँदा ‘फूड पोइजन’ भएर २ दर्जनभन्दा बढी महिला बिरामी परेका छन् । देवदह-६ शिवालय टोलका विभिन्न महिला समूह मिलेर दर खाएपछि महिलाहरु बिरामी परेका हुन् । देवदह-६ का वडाअध्यक्ष खेमबहादुर थापा मगरका अनुसार ६ गते साँझदेखि बिरामी परेका उनीहरुमा बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने, पेट दुख्ने, रिङ्गटा लाग्ने लगायतका स्वास्थ्य समस्या देखिएका थिए । हाल केही उपचारपछि निको भइसकेका छन् भने केही उपचाररत छन् । के हो फूड पोइजन ? दिनहुँ हामीले विभिन्न प्रकारका खानेकुरा खाइरहेका हुन्छौं । कहिलेकाहिं हामीले खाने खानाको तालमेल नहुँदा धेरै मानिस बिरामी पर्ने गरेका छन्…
जेनेभा-विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार एमपोक्स भाइरसको नयाँ अधिक सङ्क्रामक ‘क्लेड १ बी’ भेरियन्ट नियन्त्रणका लागि आगामी छ महिनामा कम्तीमा १३ करोड ५० लाख अमेरिकी डलर लागतको प्रकोप नियन्त्रण योजना घोषणा गरेको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले डब्ल्यूएचओका सदस्य राष्ट्रहरूलाई सम्बोधन गर्दै भने “एमपोक्सको नियन्त्रण सम्भव छ भन्ने कुरा स्पष्ट छ, तर यसका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ ।’’ यो ६ महिना अवधिको प्रकोप नियन्त्रण योजनाका लागि १३ करोड ५० लाख अमेरिकी डलर आवश्यक पर्ने उनले बताए । एमपक्सको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै गत हप्ता डब्लुएचओले यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको हो ।
रुपन्देही- रूपन्देहीको देवदहमा तीजको दर खाँदा ‘फूड पोइजन’ भई २ दर्जन बढी महिला बिरामी परेका छन् । देवदह-६ स्थित शिवालय टोलका विभिन्न महिला समूह मिलेर भदौं ६ गते दर खाएपछि उनीहरू बिरामी परेका हुन् । देवदह-६ का वडा अध्यक्ष खेमबहादुर थापा मगरका अनुसार ६ गते साँझदेखि बिरामी परेका उनीहरूमा बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने, पेट दुख्ने, रिङ्गटा लाग्नेलगायत स्वास्थ्य समस्या देखिएका छन् । बिरामी परेका १८ जनाको स्थानीय अनिता मेडिकलहल खैरेनीमा उपचार भैरहेको उनले बताए । ५ जनाको भने देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य ५/६ जनाले घरमै बसेर उपचार गराइरहेका छन् । उनीहरुमा १०२ देखि १०४…
काठमाडौं- जब विश्व स्वास्थ्य एम पक्स (मंकीपक्स) को बारेमा विश्वव्यापी स्वास्थ्य संकट घोषणा गर्यो, तब विश्वभर एउटा प्रश्न सोधियो । के मंकीपक्स नयाँ कोरोना हो ? वैज्ञानिक र स्वास्थ्य विज्ञहरूको जवाफ छ– होइन, त्यस्तो होइन । तर यसको विषयमा आम मानिसको चिन्ता भने जायज छ । डब्लुएचओ (विश्व स्वास्थ्य संगठन) युरोपका क्षेत्रीय निर्देशक डा. हान्स क्लुगेले भने, ‘एमपोक्स नयाँ कोरोना होइन। आम जनताको लागि जोखिम कम छ । हामीलाई एमपक्स कसरी नियन्त्रण गर्ने थाहा छ,’ उनी भन्छन् । कोरोना र एमपोक्स दुवै रोग भाइरसबाट हुने गर्दछ । तर दुवैको लक्षण एकदमै फरक छ र फैलाउने तरिका पनि फरक छ ।…
काठमाडाैं- भारत सरकारले १५६ वटा ककटेल औषधिहरूमाथि प्रतिबन्ध लगाएको छ । भारतको स्वास्थ्य मन्त्रालयले एउटा परिपत्र जारी गर्दै ती औषधिको उत्पादन, भण्डार र बिक्री वितरण तुरुन्त रोक्न पनि आदेश दिएको छ। प्रतिबन्धमा पर्नेमा भारतमा मात्र नभएर विश्वमै ख्याती कमाएका सिप्ला, टोरेन्ट, सन फार्मा, आईपीसीए ल्याब्स र लुपिन जस्ता ठूला फार्मा कम्पनीका उत्पादन पनि छन् । अघिल्लो वर्ष पनि त्यहाँ १४ वटा कम्पनीले उत्पादन गरेका औषधिको उत्पादन र बिक्रीमा प्रतिबन्ध लगाइएको थियो । प्रतिबन्धित औषधिहरूको सूचीमा पेन किलर, मल्टिभिटामिन, एन्टिपारासिटिक्स, एन्टिएलर्जीक्सका औषधि पनि समावेश रहेको भन्दै न्यूज १८ ले आफ्नो वेबसाइटमा समाचार छापेको छ । प्रतिबन्धमा परेका धेरैजसो ककटेल औषधिलाई सन्…
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बङ्गलादेशबाट फर्केका मेडिकल विद्यार्थीलाई नेपालमा इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । केही समयअघि बङ्गलादेशमा आएको असहज परिस्थितिका कारण स्वदेश फर्केका विद्यार्थीसँग आज भएको भेटमा अध्यक्ष दाहालले विशेष परिस्थितिका कारण एकपटकका लागि नेपालमा इन्टर्नको व्यवस्था गर्न सकिने भएकाले आफूले सरकारसँग छलफल गर्ने बताए । उनले यसबारेमा सरकारसँग छलफल गर्ने र विशेष परिस्थितिका कारण एकपटकलाई मुलुकमै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। भेटमा विद्यार्थीहरुले बङ्गलादेशमा असहज अवस्था आएपछि इन्टर्न छाडेर आएको र विशेष परिस्थितिमा नेपालमा इन्टर्न गर्न पाउने कानुनी व्यवस्था रहेकाले त्यसका लागि पहल गरिदिन…
इलाम- छेकी शेर्पा १९ वर्षकी भइन् । उनी इलामको कच्ची सडकमा सवारी चलाउँछिन् । साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरो जिपमा यात्रु बोक्ने काम गर्दै आएका छन् । त्यसो त सवारी चलाउने महिला नभएका हैनन् । तर पहाडी जिल्लाको कच्ची बाटोमा सार्वजनिक यातायातको साधन चलाउने महिलाको सङ्ख्या नगण्य छ । यात्रुसहितको सवारी चलाउने उनी इलाम जिल्लाको मात्र नभई पूर्वी पहाडीकै एकमात्र किशोरी हुन् । पहाडको कच्ची सडकमा खोलानाला र भिरालो सडकमा गाडी चलाउन जो कोहीले हिम्मत गर्दैनन् । घरपरिवारले गाडी खरिद गरिदिएपछि उनले गाडी चलाउन थालेका हुन् । बोलेरो डबल क्यापको जिपमा यात्रु र भारीसहित उनी बिहान…

