

काठमाडाैं- हामीले जतिजति नयाँ कुरा सिक्ने गर्छौं त्यति नै हाम्रो मस्तिष्क सक्रिय हुन्छ । हाम्रो शरीर उमेर अनुसार बुढो हुन्छ । तर मस्तिष्कमा त्यो नियम लागू हुँदैन । यदि हामीले दिनदिनै नयाँ कुरा सिक्यौ भने त्यो सधैँ ताजा नै रहन्छ । त्यहाँ नयाँ कोस सिर्जना हुन्छ ।
हामीले मस्तिष्कलाई ताजा राख्न नयाँ-नयाँ कुरा सिक्नुपर्छ । तर, मस्तिष्कलाई नयाँ कुरा दिइएन भने शरीरभन्दा छिटो मस्तिष्क मर्छ ।
डा. ट्यानियल एमएनले १ लाख ४० हजार मानसिक रोगीहरुको मस्तिष्कको फोटो खिचेका थिए, जहाँ उनीहरुको दिमागमा प्वाल परेको पाइयो । हाम्रो दिमागले नयाँ कुरा सिकेन र नयाँ कुरा थाहा पाएन भने डिप्रेशन हुनसक्छ । त्यसैले हामीले नयाँ कुरा सिक्ने गर्नुपर्छ ।
जति हामीले नयाँ कुरा सिक्छौं त्यतिनै दिमाग ताजा हुन्छ । ब्रेनको सेल एक चोटी मरिसकेपछि फेरी फर्केर आउँदैन भन्ने पनि होइन । तर मस्तिष्कलाई नयाँ कुरा दिइयो भने यो सेल कहिले पनि मर्दैन ।



