काठमाडाैं- बाग्मती प्रदेश सरकारले अस्पताल दर्ता तथा नविकरण सम्बन्धी उपयुक्त कानुन नबनाउँदा प्रदेशका २६ देखि २०० शैयासम्मका अस्पताल नविकरण हुन सकेका छैनन् । संघीय ऐनमा प्रदेश सरकारको दायित्व २६ देखि २०० शैयासम्मको अस्पतालको इजाजत र नविकरण दिने रहेको छ । तर, ऐनअनुसार बाग्मती प्रदेशको हालसम्म कानुन नबनाउँदा अस्पतालहरू नविकरण हुन नसकेका हुन् । यसो हुनुमा राजनीतिक नेतृत्व नै जवाफदेही भएकाे प्रदेशका स्वास्थ्य सचिव बद्रीबहादुर खड्काले बताएका छन् । बागमती प्रदेश अस्पताल नविकरण दर्ता सम्बन्धी कानुन किन बनेन ? भनेर स्वास्थ्य डायरीले गरेकाे प्रश्नमा उनी भन्छन्, ‘कानुन किन बनेन भनेर हामीलाइ थाहा हुँदैन । मुख्यमन्त्री, मन्त्री, सभामुखसँग कुरा गर्नुपर्छ, उहाँले ऐन…
Aricle Tech
तनहुँ- जिल्लामा डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । यही भदौ १ गते एक हजार ८२ जनामा सङ्क्रमण देखिएकामा अहिले एक हजार तीन सय २३ जनामा सङ्क्रमण पुष्टि भएको हो । छ दिनमा दुई सय ४१ जना नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिए । उनका अनुसार जिल्लाको आँबुखैरेनीमा सबैभन्दा बढी नौ सय ८८ जनामा सङ्क्रमण देखिएको छ । शुक्लागण्डकीमा एक सय ४९, व्यासमा ९८, बन्दीपुरमा ७१, म्याग्देमा सात, भीमाद र भानुमा पाँच/पाँच जनामा डेङ्गी पुष्टि भएको छ । चार नगरपालिका र छ गाउँपालिका गरी १० पालिका रहेको जिल्लामा सात पालिकामा डेङ्गी सङ्क्रमण देखिएको सूचना अधिकारी…
कैलाली – जमिनको भोगाधिकार विवाद समाधान नहुँदा घोडाघोडी नगरपालिकामा निर्माणाधीन १५ शय्याको नगर अस्पताल भवन अलपत्र परेको छ । घोडाघोडी नगपालिका प्रमुख खडकबहादुर रावतले जमिन भोगाधिकार नगरपालिकामा कायम गर्न नभएकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरिएको जानकारी दिँदै सकारात्मक परिणाम आउनेमा आफू विश्वस्त रहेको बताए । जमिनको स्वामित्व निर्क्यौल नगरी सरकारले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नतिका क्रममा १५ शय्याको आधारभूत अस्पताल निर्माण थालनी गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल मंसिर १५ गते देशभरका ३९६ अस्पतालको एकसाथ शिलान्यास गरेका थिए । सोहीअनुरुप घोडाघोडी नगरपालिकाले पनि वडा नं २ साडेपानीमा १५ शय्याको नगर अस्पताल बनाउने निर्णय…
काठमाडौं: अमेरिकाको भर्जिनिया राज्यमा नेपाली नर्स बेपत्ता प्रकरणमा प्रहरीले उनका श्रीमान् नरेश भट्टलाई नियन्त्रणमा लिएको छ । बिहीबार अपराह्न घरबाट प्रहरीले उनलाई हत्कडीसहित गाडीमा हालेर लगेको दृश्य स्थानीय सञ्चारमाध्यमहरुले प्रसारण गरेका छन् । भर्जिनियाको स्थानीय अनलाइन पोर्टल इन्साइड नोभा डटकमले लेखेअनुसार प्रहरीले २८ वर्षीया नर्स ममता काफ्लेको हत्या भएको आशंका गरेको छ र शव लुकाएको आशंकामा उनका श्रीमान् नरेशलाई पक्राउ गरेको हो । नरेशले पहिले स्थानीय सञ्चारमाध्यमहरुसँग श्रीमतीसँग आफ्नो कुनै झगडा पनि नभएको भन्दै जहाँ भएपनि आउन अनुरोध गरेका थिए । यद्यपि, उनी ममताको खोजी गर्न माग गर्दै भएको प्रदर्शनमा सहभागी भएका थिएनन्। मोबाइलबाटै सम्बोधन गरेका थिए र आफूले एक…
काठमाडौं- कान्तिपुर डेन्टल कलेज अन्तर्गतको कान्तिपुर डेण्टल सेन्टरको चितवन, नारायणगढ शाखाले मुख तथा दन्त शिविर सञ्चालन गरेको छ । बिहिवार गैंडाकोट नगरपालिका-११ स्थित मुकुन्दसेन अंग्रेजी माध्यमिक विद्यालयमा उक्त शिविर सञ्चालन गरिएको हो । शिविरमा कक्षा ५, ६, ७ मा अध्ययनरत ११९ जना परिक्षण भएको कान्तिपुर डेण्टल कलेजका कार्यकारी अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले जानकारी दिए । शिविरमा कान्तिपुर डेण्टल सेन्टर पुल्चोक नारायणगढ शाखाका दन्त चिकित्सक डा. रितु भण्डारी, डा. प्रेरणा श्रेष्ठ, डा. तेजस्विनी, डेन्टल हाईजेनिष्ट उन्नती गुरुङ, दन्त सहायक सबिता गुरुङ र संयोजक शोभा अधिकारीले प्राविधिक सहयोग गरेका थिए । शिविरबाट अधिकांश बालबालिकाको दाँतमा समस्य रहेको पाइएको थियो । करिब ८०…
काठमाडौं- सामान्यतया टाउको दुख्दा वा कुनैपनि किसिमको दुखाई हुँदा हामीले ‘पेन किलर’ खाने गरेका छौं । शरीरका विभिन्न भागको दुखाई कम गर्न हामी विभिन्न किसिमका पेन किलर खाने गर्छौं । विभिन्न किसिमका पेन किलर कम मुल्यमै जुनसुकै औषधि पसलमा सहजै पाइन्छ । यसले क्षणिक रुपमा निको बनाएता पनि दीर्घकालिन असर सिर्जना गर्छ । लामो समयसम्म पेन किलर खाँदा यसले हाम्रो मृगौला तथा कलेजोमा हानि पुर्याउँछ । विशेषगरि लामो समसम्म पेन किलर प्रयोग गर्ने तथा पानी नपिउने व्यक्तिमा यस्तो असर देखिन थाल्छ । पेन किलर औषधिको लत लागेका मानिसहरुमा कब्जियतको समस्या पनि धेरै देखिने गर्छ ।यस्तै पेटमा दुखाई, चक्कर आउने, डायरिया…
काठमाडौं, ६ भदौ । बागमती प्रदेश सरकारले अस्पताल दर्ता तथा नविकरण गर्ने कानुन निर्माण नगर्दा बागमती प्रदेशमा रहेका २६ देखि २०० शैयासम्मका अस्पताल नविकरण हुन नसकेको पाइएको छ । संघीय ऐनमा २६ देखि २ सय शैयासम्मको अस्पतालको इजाजत र नविकरण दिने दायित्व प्रदेश सरकारको भनिए पनि बागमती प्रदेशले हालसम्म कानुन नबनाउँदा अस्पतालहरु नविकरण हुनबाट बञ्चित भएको भन्दै निजी अस्पतालहरुको छाता संगठन ‘अफिन’ले सरकारको ध्यानाकर्षण गराएको छ । संस्थाले राजधानीमा बिहीवार पत्रकार सम्मेलन गर्दै बागमतीमा स्वास्थ्य संथा नविकरण हुननसक्दा विभिन्न कार्यमा बाधा पुगेको बताएको छ । बागमती प्रदेशका अस्पताल दर्ता र नविकरण हुन नसक्दा स्वास्थ्य संस्थाले ऋण लिन र नविकरण गर्न…
काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना स्वास्थ्यकर्मीविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दा दायर गरेको छ । अख्तियारले स्याङ्जाको जगत्रदेवी स्वास्थ्य चौकीमा अधिकृत छैटौँ पदमा कार्यरत हिमा डुम्रे न्यौपाने र कपिलवस्तुको यशोधरा गाउँपालिकामा सिअनमी निरीक्षक अधिकृत छैटौँ पदमा कार्यरत सरस्वती ओली (वली) क्षेत्रीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । दुवैजनाले एसएलसीकाे नक्कली प्रमाणपत्र पेस गरेको पाइएको अख्तियारले जनाएको छ । शैक्षिक योग्यताका नक्कली प्रमाणपत्र पेस गरी लाभ एवं सुविधा लिई भ्रष्टाचार गरेको पाइएकाले भ्रष्टाचार निवारण ऐनको दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए…
नयाँ दिल्ली – भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको एउटा औषधि बनाउने कारखानामा बुधबार विस्फोट भएको थियो । अनाकापाल्ली जिल्लामा रहेको इसाइन्शिया एड्भान्स्ड साइन्सेजको कारखानामा विस्फोट भएको हाे । सो विस्फोटमा परेर अहिलेसम्म १७ जनाको मृत्यु भएको राज्यका एक वरिष्ठ अधिकारीले बताएका छन् । यस घटनामा करिब ४० जना घाइते भएका थिए । यस मामिलामा इसाइन्सियाले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले आफ्नो समाचारमा भनेको छ । सरकारी अधिकारीहरूले भने कारखानाभित्र रहेको केमिकल रियाक्टरमा विस्फोट भएको आशंका गरेका छन् ।
झापा- झापाका १५ मध्ये १२ वटा पालिकाले न्यूनतम १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएका छन् । पालिका आफैले सञ्चालन गरेका अस्पतालमा आपत्कालीन, प्रसूति, प्रयोगशाला र अल्ट्रासाउन्डलगायतका सेवा उपलब्ध छन् । प्रादेशिक अस्पतालदेखि मेडिकल कलेजको अनुमति प्राप्त बीएन्डसी अस्पताल समेत रहेको जिल्लामा १५ शय्याभन्दा बढी क्षमताका एक दर्जन अस्पताल निजी क्षेत्रबाट सञ्चालित छन् । निजी क्षेत्रका ठूला अस्पतालमा एमआरआई सेवा समेत उपलब्ध छ । मेचीनगर, कनकाई र गौरादह नगरपालिकामा नगर अस्पताल सञ्चालन भइरहेका छन् भने बुद्धशान्ति, हल्दिबारी, कमल, बाह्रदशी, झापा र गौरीगञ्ज गाउँपालिकामा आधारभूत अस्पतालमार्फत पालिकाबासीले स्वास्थ्योपचार सेवा पाइरहेको स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी चुडामणि लुइँटेलले बताए । दमक, बिर्तामोड र अर्जुनधारामा…

