काठमाडौं, ४ असोज । हेटौंडाको सन्चो अस्पतालमा कार्यरत चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि हातपात गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पुर्जी जारी भएकामध्ये चिकित्सकमाथि हातपात गर्ने एकजना सुनिल पाख्रिनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई उदृत गर्दै चिकित्सक संघका सहसचिव लिजन महर्जनले स्वास्थ्य डायरीलाई बताए । पक्राउ पुर्जी जारी भएका बाँकी चारजनाको पनि खोजी जारी रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
चिकित्सकमाथि हातपात गर्नेहरु माथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन (पहिलो संशोधन २०७९ अनुरुप बिना धरौटी जेल चलान गर्नुपर्ने लगायत माग राखेर नेपाल चिकित्सक संघ आन्दोलित भएपछि स्वास्थ्य मन्त्रालयका सहसचिवको नेतृत्वमा बनेको कमिटिले पक्राउ पुर्जी जारी भएकालाई तत्काल पक्राउ गरेर कार्वाही प्रकृया अघि बढाउने सम्झौता गरेको छ ।
सम्झौता अनुरुप भोलिसम्म बाँकी चारजनालाई पक्राउ गरेर मुद्दा चलाउने मकवानपुर प्रशासनले जनाएको छ ।