काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक सुचना जारी गर्दै स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धि व्यवस्था कार्यन्वयनको काम सुरु भइसकेको जनाएको छ ।
सुरक्षाको माग गर्दै आन्दोलनरत चिकित्सक र सरकारबीच शनिवार ६ बुँदे सहमति भएसंगै त्यसको कार्यान्वयनमा सरकार लागिपरेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको राय छ । उसोभए हालसम्म के–कस्ता कार्यहरुको थालनी भए त ? यससम्बन्धमा बोल्दै उनी भन्छन्, ‘ऐनमा उल्लेखित समन्वय समितिको बैठक पहिलो पटक हिजो मात्रै गृह मन्त्रालय तथा विभिन्न संघसंस्थाका प्रतिनिधित्वहरुको उपस्थितीमा सम्पन्न भएको छ भने बैठकले स्वास्थ्यकर्मीका समस्या सुनुवाईका निम्ति समेत केही विशेष पहल थालेको छ ।’
यसअन्तर्गत मन्त्रालयका तर्फबाट नियम कानुनका बारेमा ब्यानर तथा उजुरी पेटिका बनाउने, तथा ऐनमा उल्लेखित नियमविपरितका क्रिलाकलापहरु विरुद्व कानुनी उपचार खोज्न सकिने व्यक्तिहरुको सम्पर्क नम्बर तथा ईमेलहरु संकलन गर्ने कार्यहरु शुरु भइसकेको प्रवक्ता बुढाथोकीले जानकारी दिए । उनका अनुसार यसबाहेक घटनाका कारक तत्व पहिचानका लागि समितिहरु कसको संयोजकमा बनाउने? भन्ने कार्यको समेत खोजी शुरु भएको छ ।
सम्झौतामा आन्दोलनरत चिकित्सक तथा सरकारबीच स्वस्थ्यकर्मीको सुरक्षा प्रत्याभूतिका लागि विशेषगरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धि ऐन–२०६६ लाई कडाईका साथ कार्यान्वयन गर्ने सहमति भएको थियो ।
सहमति अनुरुप तत्कालका लागि ऐनमा उल्लेख समित गठन गर्ने कार्यहरुको थालनी भएपनि अन्यको भने हाल शुरुवात भइनसकेको बुढाथोकी बताउँछन् । ‘यद्यपि त्यसअन्तर्गत ऐन संसोधन तथा स्वासथयकर्मीको सेवा सुविधा सम्बन्धिका पाटोहरुमा कमिटी बनाउने छलफल भने शुरु भइसकेको छ’, उनले भने ।