काठमाडौं, ४ असोज । आज विश्व अल्जाइमर्स डिजिज डे । यसलाई सामान्य भाषमा बिर्सने रोग पनि भनिन्छ । त्यसो त डिमेन्सियालाई पनि बिर्सने रोग भनिन्छ ।
मनोचिकित्सक डा. प्रेरणा झाका अनुसार यो समस्या भएपछि मुख्यगरि तीनवटा परिवर्तन मानिसमा देखिन्छ । यो रोग लागेपछि मानिसको स्मरणशक्ति, विचार र व्यवहारमा परिवर्तन आउँछ । यो रोग लाग्नुका विभिन्न कारण हुन्छन् । वंशानुगत कारणले पनि यो समस्या हुन्छ । सामाजिक सांस्कृतिक पक्ष र व्यक्तिगत कारणले पनि अल्जाइमर्स हुन्छ ।
यो समस्यालाई मुलतः दुई चरणमा बुझ्न सकिन्छ । अर्ली डिमेन्सिया अर्थात ५५ वर्षदेखि ६५ वर्षको उमेरमा हुने समस्या र लेट डिमेन्सिया भनेर ६५ वर्षमाथिका मानिसलाई हुने अल्जाइमर्स बुझ्न सकिन्छ ।
मानिसको मश्तिष्कमा पाउँ प्रोटिन भन्ने रसायन हुन्छ । जुन प्रोटिन माइक्रो ट्यूब्सबाट न्यूरोनमा गएर ट्यांगल्स(लट्टा पर्नुजस्तै) भएर बस्छ । जसले गर्दा मश्तिष्कमा स्मरणशक्ति, विचार र व्यवहारलाई निर्देशित गर्ने पक्षमा ह्रास आउँछ ।
यस रोगका लक्षणलाई पनि तीन भागमा विभाजन गर्ने गरिन्छ । माइल्ड, मोडरेट र सिभियर । यसको सामान्य लक्षण भनेकै बिर्सनु हो । व्यक्तिले यो समस्या भएपछि छिनछिनमा कुराहरु बिर्सने, के बोलेको भन्ने थाहा नहुनेजस्ता समस्या हुनसक्छन । अल्जाइमर्सको चरण सिभियर भएमा रोग लागेको व्यक्तिले आफ्नै परिवारका सदस्य नचिन्ने, बाहिर निक्लेर फर्कँदा आफ्नो घर नै बिर्सनेजस्ता समस्याहरु हुन्छ । सामान्यतयाः यो रोग ज्येष्ठ नागरिकलाई हुने भएकाले यस्तो समस्या देखिएमा परिवारका सदस्यले जाँच गराउने र उपचार गराउन पहल गर्नुपर्छ ।
अल्जाइमर्स डिजिजका अन्य लक्षण र उपचार विधि के छ त ? हेरौं मनोचिकित्सक डा. प्रेरणा झाको यो अडियोभिडियो सामग्री