हामीमध्ये धेरैको शरीर बिहान उठ्दा आलस्य हुन्छ । जसकारण व्यक्ति निन्द्राबाट ब्यूझिसकेपछि पनि व्यक्तिहरु लामो समयसम्म ओछ्यानमा नै आफ्नो समय बर्बाद गर्छन् । जुन विल्कुल गलत हो ।
बिहानै उठ्ने बित्तिकै गरेका कार्यहरुले व्यक्तिको शारीरिक संगै मानसिक स्वास्थ्यमा पनि उत्तिकै प्रभाव पारिरहेको हुन्छ । तसर्थ यसकारण पनि व्यक्ति आफू बिहान उठ्ने बित्तिकै के गर्ने÷नगर्ने ? दिनको शुरुवात कसरी गर्ने भन्ने विषयमा सजग रहनुपर्छ ।
के गर्ने त बिहान ?
पानीको सेवन
बिहान उठ्ने बित्तिकै व्यक्तिले पानीको सेवन गर्नु स्वास्थ्यको दृष्टिकोणले निकै लाभदायिक रहन्छ । सम्भव भएसम्म व्यक्तिले ओछ्यानमा नै मनतातो पानीको सेवन गर्नुपर्छ । यसले व्यक्तिको शरीरमा भएका डिटक्स पिसाबको माध्यमबाट बाहिर निकाल्न मद्दत गर्छ ।
केही समय घाममा बस्नुहोस्
दिनको सबैभन्दा रा्रो श’रुवात गर्ने तरिका घाममा नुहाउनु हो । बिहानको घाम नरम हुनुका साथै यसका किरणमा हानिकारक परागबैंगनी हुँदैन । बरु यसले व्इक्तिको हड्डी बलियो बनाउन, प्रतिरोध क्षमतालाई प्रस्फुटन गराउन तथा रक्त परिसंचालनमा सुधार ल्याउन ल्याउदै शरीरमा फस्फोरस एवम् क्याल्सियमजस्ता अन्य खनिजहरुलाई आत्मसात् गर्न समेत मद्दत गर्छ ।
केही समय शरीर तन्काउनु होस्
कुनै पनि क्रियाकलापबिना रातभरि आराम गर्दा शरीरका मांसपेशीहरु कडा हुन्छन् । जसमा जोर्नी दुखाईको समस्या समेत उत्पन्न हुनसक्छ । यसकारण पनि बिहान उठ्ने बित्तिकै शरीरलाई तन्काएर मांसपेशीहरुलाई सन्तुलनमा ल्याउनु आवश्यक छ ।
नास्ता
रातीको खानापछि केही घन्टा विश्राम लिएर बिहान खाइने भएकाले नास्तालाइृ बिहानको शुरुवात गर्ने उत्तम खानाको रुपमा लिइन्छ । तसर्थ यस समयमा व्इक्तिले सादा तथा स्वस्थवद्र्वक खानाबाट दिनको शुरुवात गर्नुपर्छ ।
योगा/ध्यान
योगाले व्यक्तिको दिमागलाई शान्त पार्न मद्दत गर्छ । बिहान कम्तिमा पनि १० मिनेट ध्यान गर्नाले यसले व्यक्तिको मानसिक स्वास्थ्यलाई दिनभरि नै सन्तुलनमा राख्न मद्दत गर्छ ।