काठमाडौँ– बिपी स्मृति अस्पतालले महिला स्वास्थ्य ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप २०२३ ’को उपाधि जितेको छ । शुक्रवार र शनिबार भएको खेलमा नर्भिक अस्पताललाई पेनाल्टी सुटआउटबाट पराजित गर्दै बिपीले जित आफ्नो पोल्टामा पारेको हो ।
बिपी स्मृतिले ् इनुस हेल्थ केयरलाई र नर्भिक अस्पतालले ग्रिनसिटी अस्पताल लाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका थिए । विजयी भएसंगै बिपीले उपाधि सहित ४० हजार रुपैयाँ प्राप्त गरेको थियो भने उपविजेता नर्भिक अस्पतालले २० हजार रुपैयाँमा चित्त बुझायो ।
‘खेल खेलौ र स्वास्थ्य बनौ’ भन्ने नाराका साथ सञ्चालन गरिएको प्रतियोगितामा काठमाडौं उपत्यकाका २१ हस्पिटलले प्रतिस्पर्धा गरेका थिए । लिग कम नकआउटका आधारमा सञ्चालन गरिएको प्रतियोगिता दुई दिनसम्म चलेको थियो ।
फुटसल सम्पन्न गराउनका लागि मुख्य प्रायोजकमा एन्जिल फर्टिलिटी क्लिनिक छ भने प्रायोजक एनएमबी बैंक रहेको छ । हस्पिटल पार्टनरमा इशान बाल तथा महिला अस्पाताल ,बैकिङ पार्टनरमा,राष्ट्रिय वाणिज्य बैंक तथा मेडिकल पार्टनरमा बयोधा हस्पिटल रहेको थियो ।
कार्यक्रमलाई नेपाल टेलिकम,नेपाल आयल निगम , खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजी,फार्म टु टेबलल अर्गानिक रेस्टुडेन्टले सपोर्ट गरेको थियो ।