काठमाडौँ– चिकित्सक चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित भएको छ । एक सुचना सार्वजनिक गर्दै नेपाल मेडिकल काउन्सिलले असोज १० गतेदेखि १२ गतेसम्म सञ्चालन भएको परीक्षामा ४६ प्रतिशत उत्तीर्ण भएको जानकारी दिएको हो ।
सुचना अनुसार कुल १८११ विद्यार्थी सहभागी परीक्षामा मेडिकलतर्फ ६६२ (४४.४०%) र डेण्टलतर्फ १७१ (५३.४४%) उत्तीर्ण भएका छन् । जबकी यसअघि जेठमा सञ्चालित ६६ औं लाइसेन्स परीक्षामा ३८.३९ प्रतिशत परीक्षार्थी पास भएका थिए ।
साथै काउन्सिलले नतिजा चित्त नबुझेका विद्यार्थीलाई पुनर्याेगका लागि समेत आह्वान गरेको छ । यसका लागि विद्यार्थीले सुचना प्रकाशितको ३५ दिनभित्र आवश्यक विवरणसहित काउन्सिलको ईमेलमा आवेदन दिनसक्ने बताइएको छ ।