काठमाडौँ १८ असोज । नर्सको परिषद्को नाम दर्ता प्रमाणपत्र (नर्सिङ लाइसेन्स) परीक्षा आगामी ९ मंसिरमा सञ्चालन हुने भएको छ । नेपाल नर्सिङ परिषद्ले एक सूचना जारी गर्दै नर्सिङ लाइन्सेस परीक्षाको मिति सार्वजनिक गरेको हो ।
जसअनुसार नियमित दस्तुरमा परीक्षार्थीले २१ असोजदेखि २० कात्तिकसम्म फारम भर्न सक्नेछन् । उक्त समयावधिमा फारम भर्न नपाएका विद्यार्थीले भने दोब्बर दस्तुरमा २१ कात्तिकदेखि २३ कात्तिकसम्म फारम भर्न पाउनेछन् ।
परीक्षा फर्म परीक्षार्थी आफैंले अनलाइनमार्फत र सो क्रममा आवश्यक विवरण पेश सहित परीक्षार्थीले आफ्नै इमेल र मोबाइल नम्बर प्रयोग गर्नुपर्ने सूचनामा उल्लेख छ ।