काठमाडौँ, १७ असोज ।पछिल्लो समय मुटुरोग समस्याले युवापुस्तालाई पनि सताउन थालेको देखिएको छ । संसारभर नै एक विकराल समस्याको रुपमा स्थापित भएको यसअन्र्तगतको हृदयघातका कारण कयौंले अकालमै मृत्युवरण गर्नुपरेको उदाहरणहरु प्रशस्त छन् ।
विश्व स्वास्थ्य संगठन (ब्लूएचओ) को तथ्यांक नियाल्ने हो भने नेपालमा हालसम्म मुटुरोग समस्याकै कारण ज्यान गुमाउने संख्या २०.५३ प्रतिशत(३४ हजार एक सय ६७) रहेको र विश्वको सन्दर्भमा नेपाल यसको ३८ औं स्थानमा रहेको पुष्टि गरेको छ ।
के हो हृदयघात ?
हार्ट अट्याक्ट’ पनि भनिने यो समस्याले मुटुमा अक्सिजन सप्लाई गर्ने नशा/धमनीहरु विविध कारणवश् ब्लक भएको अवस्थालाई जनाउँछ । अर्थात् मुटुका धमनीहरु ब्लक भई तिनका नियमित कार्यप्रणालीमा अवरोध पुगेको खण्डमा ती धमनीले अक्सिजन प्रवाह गर्ने अन्य भागका मासुहरु अक्सिजको अभावमा क्रमशः मर्न थाल्छन् । र, त्यसैले निम्त्याउने नतिजालाई नै हार्ट अट्याक भनिन्छ ।
हृदयघातका कारणमा मुख्यगरी खानीन र जीवनशैली दोषपूर्ण रहेको विज्ञहरु बताउँछन् । यसबाहेक यसका जोखिम कारक तत्वहरु निम्न छन् :
१. बढ्दो उमेर र पुरुषलिंगी
२. तनाव
३. धुम्रपान
४. शारीरिक रुपमानिस्क्रिय रहने
५. मोटोपन
६. आणुवंशिक
७. अन्य स्वास्थ्य अवस्थाहरु
लक्षण
हृदयघात भएका व्यक्तिको अवस्थाअनुसार, लक्षणहरु पनि फरक–फरक रुपमा देखिन्छन् । जसअन्र्तगत छाती दुख्ने, सास फेर्न गाहृो हुने, मुटु भारी भएको भान हुने, दुखाई सर्दै गई पछिल्लो भागमा समेत दुखाई महशुस हुने, केहिमा औँला दुखाईको मात्रै महशुस हुने र मुटुको धड्कनमा अनियमितता आउनेजस्ता लक्षण देखिन्छन् ।
यस्तै, व्यक्तिले ‘रिक्स फ्याक्टर’ को माध्यमबाट पनि आफुमा हृदयघातको सम्भावना कति रहेको छ भन्ने कुराको अनुमान गर्न सकिन्छ भने हृदयघात पहिचान गर्न रक्त परीक्षण पनि गर्न सकिन्छ ।
रोकथाम तथा उपचार
हृदयघातबाट बच्ने उत्तम उपायभनेकै मुटु स्वस्थ्य राख्नु हो । यसका लागि व्यक्तिले मुटुलाई हानीगर्ने कारक तत्वको बारेमा जानकार रहदैँ उक्त कारक तत्वबाट टाढै रहने प्रयास गर्नुपर्छ । जस्तो यसका लागि व्यक्तिले स्वस्थ खाना तथा सक्रिय जीवनशैलीलाई अवलम्बन गर्दै धुम्रपान तथा मद्यपानजस्ता घातक पदार्थ सेवनलाई त्याग्नुपर्छ ।
हृदयघात हुन लागेको थाहा पाए के गर्ने ?
हार्ट अट्याक्टको सम्भावना बढि भएका(रिक्स फ्याक्टरको आधारमा) कुनैपनि व्यक्ति अझ, विशेषगरी मधुमेह, रक्तचापतथा कोलेस्टोरजस्ता दिर्घरोग भएका व्यक्ति वा पहिलेपनि हार्टअट्याक्टको शिकार भइ सकेकाहरुले आफुमा भएका असहजताको महशुसलाई ध्यानमा राख्दै यस विषयप्रति सदैव सर्तक रहनुपर्दछ ।
यस्ता यक्तिले आफ्नो साथमा सकेसम्म ‘एसप्रिन’अथवा ‘डिस्प्रिन’ औषधि छुट्याउनु हुदैँन । र, आफूलाई हार्टअट्याक्ट हुने सम्भावना देखिएमा सो औषधि दुई चक्की जति चपाएर निल्नुपर्छ भने त्यसपश्चात् तुरुन्तै नजिकको अस्पताल गएर इसिजी गराउनु पर्छ ।
यस्तै, हृदयघात घरेलु उपचारबाट सम्भव नभएकाले कुनैपनिव्यक्तिले आफ्ना वरपरका अन्य व्यक्तिलाई हृदयघात हुन लागेको थाहा पाए तुरुन्तै एम्बुलेन्सलाई खबर गरेरबिरामीलाई ‘एसप्रिन/डिस्प्रिन’ को दुईवटा चक्की चपाएर खान दिनुपर्छ । यस्तै सम्भव भएसम्म एम्बुलेन्स नआउन्जेल बिरामीलाई अक्सिजन दिएर राख्नुपर्छ ।