काठमाडौँ १८ असोज । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र माताहतका निकायका लागि १७२ जना अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अन्तर्गतको अधिकृत स्तरको कुल १७२ अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।
स्वीकृत दरबन्दी चारवटा निकायलाई वितरण गर्ने मन्त्रालय प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । जसअन्र्तगत अधिकृत तहका कर्मचारीहरुको दरबन्दी स्वास्थ्य बीमा बोर्ड, कान्ति बाल अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र गेटा मेडिकल कलेजमा वितरण हुनेछ ।