काठमाडौँ १८ असोज । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागद्वारा आयोजित स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीसम्बिन्ध अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम उपत्यकामा रहेका सामूदायिक तथा निजी स्तरबाट सञ्चालित आयुर्वेद तथा वैकल्पिक सेवा प्रदायक संस्थाहरुको सहभागीतामा सम्पन्न गरिएको हो ।
विभागले तालिम प्राप्त नगरेका अन्य सामूदायिक तथा निजी स्तरबाट सञ्चालित सेवा प्रदायक संस्थाहरुलाई पनि क्रमशः तालिम प्रदान गरिने बताएको छ ।