लुम्बिनी, १८ असोज । लुम्बिनीमा पहिलोपटक निःशुल्क घुँडा प्रत्यारोपण शिविर सम्पन्न भएको छ । थाइल्याण्डस्थित बुद्धको पहिलो पाइला नामक परियोजनाअन्तर्गत जिल्लामा दुईदिने निःशुल्क घुँडा प्रत्यारोपण शिविर सञ्चालन गरिएको हो ।
सोमबार र मंगलबार सञ्चालित उक्त कार्यक्रमको पहिलो दिन १४ र दोस्रो दिन १६ बिरामी गरी कुल ३० जनाले सेवा लिएका छन् ।
राजकीय थाई विहारको समन्वय र थाइलयाण्डका बौद्ध ध्यानगुरु सुधर्मगुरु एवम् सिरीराज अस्पताल हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्राध्यापक डा किराती सि वानिचको पहलमा आयोजित शिविरका लागि वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ र शल्यक्रिया चिकित्सक १६ जनासहित ४५ जनाको टोली थाइल्याण्डबाट आएको थियो ।
नेपालमा आर्थिक दृष्टिकोणले निकै महङ्गो मानिने घुँडाको निःशुल्क प्रत्यारोपण गर्न पाएकोमा स्थानियसंगै चिकित्सक समेत खुशी छन् ।