काठमाडौँ १८, असोज । योग आध्यात्मिक, शारीरिक तथा मानसिक प्रथाको एक समूह हो । यसले शारीरिक व्यायाम, शारीरिक मुद्रा (आसन), ध्यान, श्वास लिने-फाल्ने तथा व्यायामलाई जोड्छ । जसकारण शाब्दिक रुपमा यसलाई ‘जोड्ने प्रकृया भनेर पनि बुझ्न सकिन्छ ।
‘योग’ अर्थात् भौतिकता भित्र आध्यात्मिक के साथ मिलनु पनि हो । यसलाई व्यक्तिगत चेतना मिमलनको भनेर पनि बुझ्न सकिन्छ जसले मन–शरीर तथा मानव–प्रकृतिलाई आपसमा जोड्न मद्दत गर्छ । जसले शरीर र दिमागलाई नियन्त्रण गर्ने व्यावहारिक तरिकाहरू प्रदान गर्दछ। गहिरो ध्यान सम्भव बनाउँछ। र, यो एक कला हो, जबसम्म यसलाई सहज र संवेदनशील रूपमा अभ्यास गरिएको छैन। यसले सतही परिणाम मात्र दिन्छ। योग विश्वासको प्रणाली मात्र होइन, यसले शरीर र मनको एकअर्कामा हुने प्रभावलाई ध्यानमा राखेर आपसी सद्भावमा ल्याउँछ।
यसका फाइदाहरु
योगा व्यक्तिलाई शारीरिकसंगै मानसिक फाइदा दिने एक गतिलो माध्यम पनि हो । यसबाट व्यक्तिले निम्न लाभहरु प्राप्त गर्न सक्छन्:
– जोर्नीे तथा मांसपेशी मजबुत बनाउनु
– मेरुदण्डको रक्षा
–रक्त प्रवाह तथा प्रतिरक्षामा सुधार बढाउँदै
–मुटुको गतिलाई नियन्त्रण गर्नमा मद्दत
–मानसिक स्वास्थ्य स्वस्थ राख्नमा मद्दत
–स्वस्थ जीवन शैली
–ध्यान केन्द्रित गर्नु
–अंगहरूमा तनाव कम गर्नु
–गहिरो निन्द्रामा सुत्न मद्दत गर्नु
–आत्मविश्वास वृद्वि ।