Aricle Tech

काठमाडौं, २७ असोज । संसदमा दर्ता भएको औषधि ऐनलाई विस्थापन गर्न बनेको विधेयकमा गरिएको व्यवस्थामा औषधि व्यवसायीहरुको छाता संस्था नेपाल औषधि व्यवसायी संघले असहमति जनाएको छ । गत असोज १२ गते संसदमा दर्ता भएको औषधि तथा स्वस्थ्य सामग्री (नियमन तथा नियन्त्रण) विधेयक २०८० मा व्यवस्था गरिएको औषधि तथा स्वस्थ्य सामग्री परामर्श परिषद् र औषधि तथा स्वस्थ्य सामग्री सल्लाहकार समितिमा संघलाई सदस्यका रुपमा नराखिएको भन्दै औषधि व्यवसायीहरु असन्तुष्ट भएका हुन् । नयाँ बनेको विधेयेकको दफा ४३ को उपदफा १ र दफा ४५ को उपदफा १ मा भएको व्यवस्थामा संशोधन गरेर ती परिषद् र समितिमा संघलाई पनि सदस्यका रुपमा राख्न माग गरेको…

विस्तृतमा...

काठमाडौं । नसर्ने रोग भनेको एक व्यक्तिबाट अर्को व्यक्तिमा सोझै नसर्ने मानिसको व्यक्तिगत आनीबानी तथा जीवनशैली, वंशाणुगत र वातावरणीय प्रभावका कारणबाट पैदा हुने रोगहरु हुन् । जस्तै, धेरैजसो मुटुरोगहरु, दीर्घ स्वासप्रश्वास रोग (दम), क्यान्सर, मधुमेह, मिर्गौला सम्बन्धी जीर्ण रोग, मानसिक रोग आदि । हाल विश्वमा नसर्ने रोगहरुको प्रकोप बढिरहेको छ । हाम्रो देशमा पनि जम्मा बिरामीको ६० प्रतिशतभन्दा बढी नसर्ने रोगहरु लागेर बिरामी परेको र यसकै कारणले बर्सेनी धेरै मानिसहरुले अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था छ । प्रमुख नसर्ने रोगहरुमा मुटुरोग, दीर्घ श्वासप्रश्वास रोग, क्यान्सर र मधुमेह पर्दछन् । तल उल्लेख भए अनुसारका स्वस्थकर जीवनशैली र खानपानको माध्यमबाट यी नसर्ने रोगहरुको…

विस्तृतमा...

काठमाडौं, २६ असोज । नेपाली औषधि उत्पादकहरुको छाता संस्था नेपाल औषधि उत्पादक संघका नवनिर्वाचित अध्यक्ष महेश प्रसाद प्रधानले नेपाली औषधि उद्योगमा ५ सय अरबको लगानी भएको बताएका छन् । संघको २९ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा निर्वाचित भएसँगै समापन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रधानले ७० हजारजनाले प्रत्यक्ष रोजगारी पाएको औषधि उद्योगलाई सरकारबाट अपेक्षित सहयोग हुने विश्वास व्यक्त गरे । संघको अधिवेशनको समापन सत्रमा सहभागी भएका उद्योग मन्त्री रमेश रिजालले उद्योगी र व्यवसायीले जति धेरै पैसा कमाउँछन् त्यति नै राज्यलाई फाइदा हुनेभन्दै उद्योगीलाई थप सम्पति निर्माण गर्न हौसला दिए । साधारणसभाको समापन सत्रलाई एप्पोनका संस्थापक अध्यक्ष प्रदीप वैद्य, निवर्तमान अध्यक्ष प्रज्ज्वलजंग पाण्डे…

विस्तृतमा...

काठमाडौँ, २६ असोज । सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई एकैदिन एकहप्ते स्पष्टिकरण सोधेर सोही दिन निलम्बन गरेको छ । स्वास्थ्य तथा जनसंख्याका उपसचिव कृष्ण थापाले शुक्रवार निर्देशक बसौलालाई पत्र काट्दै स्पष्टिकरण मागसहित निलम्बन गरिएको जानकारी दिएका हुन् । बसौलाले बीमा २०७४ ऐनले निर्दिष्ट गरे अनुरुपका काम, कर्तव्य जिम्मेवारीपूर्वक पूरा नगरेको आरोप लगाउँदै उनलाई सात दिनको अल्टिमेटसहित स्पष्टिकरण सोधिएको थियो । लगत्तै उपसचिव थापाले पदीय जिम्मेवारीमा राख्नाले उनी उपर लगाइएको प्रमाण नष्ट गर्न सक्ने भन्दै बसौलालाई तीन महिनाको लागि निलम्बन गरिएको जानकारी सहित दोस्रो पत्र काटेको हो । केही समयअघि मात्रै स्वास्थ्यमन्त्री मोहन बस्नेतले एक सार्वजनिक कार्यक्रममा…

विस्तृतमा...

कञ्चनपुर, २६ असोज । शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्यकर्मी दशैँको मुखमा तलबविहीन बनेका छन् । स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य चौकीमा करार पदमा कार्यरत स्वास्थ्यकर्मीको म्याद थप नगरिँदा उनले तलब नपाएका हुन् । ‘म्याद थपका लागि वडा कार्यालयमा जाँदा नगरपालिकामा जान भन्छन्’, १४ वर्षदेखि करार पदमा कार्यत स्वास्थ्यकर्मी बसन्त धामीले भन्छन्, ‘नगरपालिका गए वडा कार्यालय जान भन्छन्, म्याद थपका लागि अन्यौलता छाएको छ ।’ नगरपालिकाका वडामा सञ्चालित आधारभूत स्वास्थ्य केन्द्र करारमा कार्यरत स्वास्थ्यकर्मीले सञ्चालन गर्दै आएका छन् । ‘कोरोना महामारीका बेला बिना तलब तीन महिना बढी काम गरेका छौँ’, स्वास्थ्यकर्मी वीरेन्द्र विष्टले भने, ‘हाम्रो योगदानको कदर नगरी म्याद थप गरिएको छैन, दसैँमा…

विस्तृतमा...

काठमाडौँ, २६ असोज । काठमाडौँ महानगरले पुसको पहिलो सातादेखि ‘सुलभ फार्मेसी’ सञ्चालनमा ल्याउने भएको छ । महानगरले निजी फार्मेसीहरूले औषधिमा लिँदै आएको चर्को शुल्क नियन्त्रण र मूल्यमा एकरूपता ल्याउने उद्देश्यका साथ चालु आर्थिक वर्ष २०८०/८१ अन्र्तगत ‘सुलभ फार्मेसी’ सञ्चालनमा ल्याउने तयारी थालेको हो । उक्त फार्मेसीहरुमा हाल औषधि बिक्री हुँदै आएका निजी तथ सरकारी औषधीहरु ८० प्रतिशत कम मूल्यमा पाइने महानगरले जनाएको छ। महानगरका अनुसार यसरी स्थापना हुने फार्मेसी महानगरको स्वास्थ्य विभागले चलाउनेछ । पहिलो चरणमा बबरमहल, महाराजगन्ज, कालीमाटी, वीर अस्पतालआसपास र क्षेत्रपाटी क्षेत्रमा खोल्ने भनिएको सो फार्मेसीहरुमा सरकारले निःशुल्क वितरण गर्ने ९८ प्रकारका औषधीसहित कुल दुई हजार १६४ प्रकारका औषधि…

विस्तृतमा...

काठमाडौं, २६ असोज । नेपाल औषधि उत्पादन संघका एप्पोनको २९ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले महेश प्रसाद प्रधानको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । राजधानीको एलिस रेष्टुरेन्टमा सम्पन्न अधिवेशनका केही तस्वीरहरु यसप्रकार छन् ।

विस्तृतमा...

काठमाडौं, २६ असोज । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि बजारमा रहेको विकृति अन्त्य गर्नुपर्ने बताएका छन् । नेपाल औषधि उत्पादक संघको २९ औं वार्षिक साधारण सभाको समापन सत्रलाई सम्बोधन गर्दै महानिर्देशक ढकालले औषधिको बजारिकरण गर्न गरिने विकृत अभ्यास अन्त्य नगरे औषधि बजारको गुणात्मक वृद्धि नहुने बताए । ढकालले भने, ‘औषधिको बजारीकरण गर्न ४ सय प्रतिशतसम्म बोनस दिनेगरेको सुन्ने गरेको छु । यस्तो अभ्यासले औषधि उद्योगले विकास गर्न सक्दैन ।’ साथै महानिर्देशक ढकालले औषधि उद्योगीले नियमनकारी निकायका बारेमा नकरात्मकमात्रै सोच्ने गरेको बताए । उनले औषधि उद्योगीहरुलाई सकरात्मक सोच राख्दै स्वस्थ र प्रतिस्पर्धात्मक बजार बनाउन आह्वान गरे । औषधि उद्योग…

विस्तृतमा...

चितवन, २६ असोज । भरतपुरमा स्वास्थ्य बिमाका बिरामीलाई भर्ना पाउनै सकस भएको छ । यहाँका दुई अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सेवा हुँदा बिरामीले अस्पतालमा शय्या(बेड) पाउन छाडेका छन् । दुवै अस्पतालका शय्या भरिभाउ भएपछि नयाँ भर्ना बिरामीलाई सकस परेको छ ।

विस्तृतमा...

काठमाडौं, २६ असोज । नेपाल औषधि उत्पादक संघको महासचिवमा सुदर्शन खेगोली चयन भएका छन् । राजधानीमा सम्पन्न संघको नयाँ नेतृत्वलाई भएका निर्वाचनमा विजयी भएका खेगोली महासचिवमा चयन भएका हुन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा प्रभात रुंगटा चयन भएका छन् भने उपाध्यक्ष सन्तोष बराल , कोषाध्यक्ष पृथ्वी राजभण्डारी र सदस्यहरुमा सुमितचन्द्र श्रेष्ठ , पन्कज तिवारी , गणेश पाठक , दिपक टिव्डेवाल र शैलेस वैद्य चयन भएका छन् ।

विस्तृतमा...