काठमाडौं, २६ असोज । नेपाली औषधि उत्पादकहरुको छाता संस्था नेपाल औषधि उत्पादक संघका नवनिर्वाचित अध्यक्ष महेश प्रसाद प्रधानले नेपाली औषधि उद्योगमा ५ सय अरबको लगानी भएको बताएका छन् ।
संघको २९ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा निर्वाचित भएसँगै समापन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रधानले ७० हजारजनाले प्रत्यक्ष रोजगारी पाएको औषधि उद्योगलाई सरकारबाट अपेक्षित सहयोग हुने विश्वास व्यक्त गरे ।
संघको अधिवेशनको समापन सत्रमा सहभागी भएका उद्योग मन्त्री रमेश रिजालले उद्योगी र व्यवसायीले जति धेरै पैसा कमाउँछन् त्यति नै राज्यलाई फाइदा हुनेभन्दै उद्योगीलाई थप सम्पति निर्माण गर्न हौसला दिए ।
साधारणसभाको समापन सत्रलाई एप्पोनका संस्थापक अध्यक्ष प्रदीप वैद्य, निवर्तमान अध्यक्ष प्रज्ज्वलजंग पाण्डे लगायतले सम्बोधन गरे ।
कार्यक्रममा एप्पोनका नवनिर्वाचित अध्यक्ष महेश प्रसाद प्रधानले गरेको सम्बोधनको एक क्लिप हेर्नुहोस् ।