काठमाडौँ, २६ असोज । काठमाडौँ महानगरले पुसको पहिलो सातादेखि ‘सुलभ फार्मेसी’ सञ्चालनमा ल्याउने भएको छ ।
महानगरले निजी फार्मेसीहरूले औषधिमा लिँदै आएको चर्को शुल्क नियन्त्रण र मूल्यमा एकरूपता ल्याउने उद्देश्यका साथ चालु आर्थिक वर्ष २०८०/८१ अन्र्तगत ‘सुलभ फार्मेसी’ सञ्चालनमा ल्याउने तयारी थालेको हो ।
उक्त फार्मेसीहरुमा हाल औषधि बिक्री हुँदै आएका निजी तथ सरकारी औषधीहरु ८० प्रतिशत कम मूल्यमा पाइने महानगरले जनाएको छ। महानगरका अनुसार यसरी स्थापना हुने फार्मेसी महानगरको स्वास्थ्य विभागले चलाउनेछ ।
पहिलो चरणमा बबरमहल, महाराजगन्ज, कालीमाटी, वीर अस्पतालआसपास र क्षेत्रपाटी क्षेत्रमा खोल्ने भनिएको सो फार्मेसीहरुमा सरकारले निःशुल्क वितरण गर्ने ९८ प्रकारका औषधीसहित कुल दुई हजार १६४ प्रकारका औषधि पाइने बताइएको छ ।