गण्डकी, २८ असोज । स्वास्थ्य क्षेत्रले बजेट र जनशक्ति अभावको सामना गर्नुपरिरहेको छ । यसले गण्डकी प्रदेशमा स्वास्थ्य सेवाको गुणस्तर र पहुँचमा चुनौती थपिएको छ । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार आधारभूत सेवाका लागि चाहिने औषधि किन्नसमेत पर्याप्त बजेट छैन ।
Aricle Tech
नवलपरासी, २८८ असोज । जिल्ला प्रहरीले दस लाख मूल्य बराबरको अवैध रूपमा ल्याइएका औषधि बरामद गरेको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ स्थित नहरको बाँधमा प्रहरीले ती औषधि बरामद गरेको हो । ती औषधि रु नौ लाख ८१ हजार ६२ बराबरको रहेको उनको भनाइ छ । भारतबाट एक व्यक्तिले पैदलै ल्याउँदै गरेको कार्टुनलाई प्रहरीले देख्नासाथ नजिक जाँदा औषधि छोडेर मान्छे फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बरामद गरिएको उक्त औषधिलाई महेसपुरस्थित भन्सार कार्यालयमा पठाइएको र फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
काभ्रे, २८ असोज । काभ्रेपलाञ्चोकमा डेङ्गुको संक्रमित संख्या पुनः बढ्न थालेको देखिएको छ। जिल्लाको १० स्थानीय तहमा हाल एक सयको हाराहारी डेङ्गु सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको हो । कार्यालयका अनुसार अघिल्लो हप्ता करिब ५० को सङ्ख्यामा रहेको डेङ्गु सङ्क्रमित बढेर हाल एक सय तीन पुगेको हो । सबैभन्दा बढी बनेपा नगरपालिकामा ४१ सङ्क्रमित रहेको जनाइएको छ । यसमध्ये २० महिला र २१ पुरुष सङ्क्रमित हुन् । यस्तै धुलिखेल नगरमा २१ जना, नमोबुद्ध नगरमा १२ जना डेङ्गु सङ्क्रमित रहेका छन् । मण्डनदेउपुर नगरमा सात, रोशी गाउँपालिकमा सात पाँचखाल नगरमा छ, पनौती नगरमा चार तथा भुम्लु, तेमाल, खानीखोला, चौँरीदेउराली…
काठमाडौं, २८ असोज । आर्थिक मन्दीका कारण नयाँ दरबन्दी सिर्जना नगर्ने सरकारको नीतिगत निर्णय भएपनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सिनेट बैठकले भने नयाँ दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका कुलपति एवं स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतको अध्यक्षतामा बसेको सिनेट बैठकले प्राविधिक समूहको विभिन्न ६६ पदमा दरबन्दी स्वीकृत गरेको छ । नाक कान घाँटी तर्फ स्पीच थेरापीका लागि एकजना अडियोलोजिष्ट, रेडियोग्राफर ५ जना, एनेस्थेसिया सहायक ५ जना, ल्याव टेक्निसियन पाँचौँ ५ जना पदपूर्तिका लागि स्वीकृत गरेको छ । सिनेटले नयाँ दरबन्दी अन्तर्गत फार्मेसी सहायक र रस्टाफ नर्स ३० जनाको पनि पदपूर्ति गर्ने निर्णय गरेको छ । त्यस्तै, इलेक्ट्रिसियन ४ जना,…
काठमाडौँ, २८ असोज । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भई ह्याम्स अस्पतालमा उपचार गरिरहेका पाइलट प्रकाश सेढाईंलाई उनको परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि भारत लगिएको छ । श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको अस्पतालले जानकारी दिएको हो । यसैगरि एयरलाइन्सका प्रवक्ता एवं कर्पोरेट म्यानेजर अनिल मानन्धरका अनुसार चार्टर्ड जहाज शनिबार बेलुकी ९ः२० बजे मुम्बईको लागि उडेको थियो । उडानका क्रममा बिरामीसँग ह्याम्स अस्पतालका प्रि हस्पिटल विशेषज्ञ टोली क्रमशः डा. निशान्त ढकाल, डा. रामकृष्ण बुढाथोकी, डा. आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनिल केएम र बलि जंग शाहीले ‘मेडिकल स्कर्टिङ’ गरेका थिए ।…
पोखरा, २८ असोज । पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि आक्रमण गर्ने २ जनालाई जेल चलान गरिएको छ। चिकित्सकमाथि आक्रमण र अस्पताल तोडफोड अभियोगमा पक्राउ परेका दुई जनालाई न्यायाधीश ध्रुवकुमार पियाको इजलासले जेल चलानको आदेश दिएको हो । जेल चलान हुनेमा अस्पताल तोडफोड अभियोगमा पक्राउ विनय गुरुङ र छावा भनिने सुशील कार्की रहेका छन् । उनीहरुले असोज ८ गते अस्पतालमा तोडफोड गर्दै चिकित्सकहरुमाथि हातपात गरेका थिए । इजलासले स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने यसै कसुरमा विभिन्न मितिमा पक्राउ अन्य ७ जनालाई भने १ लाख धरौटीमा छोड्न आदेश दिएको छ । जसमा सञ्जय पीडित…
काठमाडौँ, २८ असोज । आज विश्व हात धुने दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । नेपालले सन् २००८ अक्टोबर १५ देखि विभिन्न कार्यक्रमको आयोजना गर्दै विश्व हात धुने दिवस मनाइँदै आएको छ । यस वर्ष ‘हाम्रो हात, हाम्रो भविष्यज्ञ !’ भन्ने नाराका साथ विश्वभर यो दिवस मनाइँदै छ। साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन्। चिकित्सकहरूका अनुसार शौचालय प्रयोग गरेपछि, बालबालिकाको दिसा धोएपछि, हात फोहर भएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनु अगाडि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर…
नवलपरासी, २८ असोज । (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाटस्थित चिसापानी अस्पतालल कृत्रिम हातखुट्टा सेवा सुरू भएको छ। अस्पतालले चौधरी फाउण्डेसनको सहयोगमा सिजी सबल केन्द्र सञ्चालनमा ल्याएको हो। शनिबार प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले अस्पतालमा सबल केन्द्रको उद्घाटन गरे। यससंगै अस्पतालबाट हातखुट्टा नभएका व्यक्तिले कृत्रिम हातखुट्टा निःशुल्क पाउने छन्। चिसापानी अस्पतालबाट देशभरका हातखुट्टा नभएका व्यक्तिले सेवा पाउने चौधरी फाउण्डेसनले जनाएको छ। सिजी सबल केन्द्रबाट हालसम्म करिव एक हजार जना लाभान्वित भइसकेका छन् । केन्द्रले निःशुल्क कृत्रिम हातखुट्टा उपलब्ध गराउँदै आएको छ।
काठमाडौँ, २८ असोज । आज नेपालीहरुको महान् पर्व दशैँको पहिलो दिन अर्थात् घटनास्थापना । हिन्दु परम्पराअनुसार आजै घर–घरमा जमरा रोप्ने चलन छ । जौं (मकै, धान र गँहू)बाट उमारिने जमरा धार्मिक विश्वासको रुपमा जति प्रख्यात छ स्वास्थ्यको दृष्टिकोणले पनि उत्तिकै लाभदायिक मानिन्छ । जमरामा क्लोरोफिल नामक पौष्टिक तत्व अध्याधिक हुने भएकाले खासगरि गहुँ उमारेर नियमित रुपमा यसको रस पिउँदा निकै लाभ मिल्छ । त्यसका साथै प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियम र कार्बोहाइड्रेट्सको राम्रो स्रोत हो, गहुँको जमरा । यसले विशेषगरी मुख तथा दाँत सम्बन्धि समस्या हटाउन, रगतमा चिनीको मात्रा नियन्त्रित गर्न, पाचन यन्त्र बलियो बनाउन, कलेजोलाई स्वस्थ्य राख्न गहुँको जमरा उपयोगी…
धरान, २७ असोज । ‘भावी पुस्ताको संरक्षण’ (Protecting future generations) भन्ने अवधारणामा विविध कार्यक्रम सहित् यो वर्षको बायो–इथिक्स दिवस नेपालमा पनि मनाइएको छ । वर्तमान मानव जीवन, समाजमा चिकित्सा, शिक्षा, शोध लगायत् यावत् क्रियाकलाप, व्यववहार, पेशागत धर्म, निर्णय गर्दा पछि आउने पिढी र जीवनको पनि हित र कल्याणबारे छलफल र पैरवी गर्न हरेकवर्ष अक्टोवर १९ का दिन दिवस मनाउने गरिन्छ । धरान स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शनिवार दिवसका अवसरमा कार्यक्रमको आयोजना गरिएको छ । बायो–इथिक्स नेपाल इकाईबाट आयोजित विविध कार्यक्रमहरुमा नेपालका विभिन्न मेडिकल कलेजहरुबाट प्रतिनिधिहरु सहभागी भए । कार्यक्रम नेपाल एकाईका प्रमुख तथा नेपालका लागि यस कार्यक्रमका संयोजक प्रा.डा. धनरत्न…

