काठमाडौं, २६ असोज । नेपाली औषधि उद्योगीहरुको छाता संस्था नेपाल औषधि उत्पादक संघ एप्पोनको शुक्रवार सम्पन्न निर्वाचनबाट अध्यक्षमा महेश प्रसाद प्रधान निर्वाचित भएका छन् । निर्वाचित भएका पदाधिकारी र सदस्यमध्ये सर्वाधिक भोट एप्पोनमा इन्ट्री गरेका नयाँ औषधि उद्यमी सुमितचन्द्र श्रेष्ठले पाएका छन् । कुल ५३ मत खसेकोमा उनले सर्वाधिक ४७ मत पाए । क्युबीडी फर्मास्युटिकल्समा आवद्ध श्रेष्ठ यसअघि एनपीएलमा लामो समय काम गरेका थिए । फर्मासिस्ट समेत रहेका श्रेष्ठले ओम फर्मास्युटिकल्सको महाप्रबन्धकका रुपमा पनि काम गरिसकेका छन् । ५ वर्षदेखि आफै औषधि उद्योग संचालन गरिरहेका श्रेष्ठले नेपाली फर्मास्युटिकल क्षेत्रलाई थप प्रतिस्पर्धी र गुणस्तरीय बनाउन आफुले काम गर्ने बताए । सदस्य…
Aricle Tech
काठमाडौं, २६ असोज । नेपाल औषधि उत्पादक संघको राजधानीमा सम्पन्न २९ औं वार्षिक साधारण सभाबाट संघको अध्यक्षमा महेश प्रसाद प्रधान निर्वाचित भएका छन् । अर्का प्रतिस्पधी निवर्तमान महासचिव विप्लव अधिकारीलाई १९ मतले पराजित गर्दै प्रधान निर्वाचित भएका हुन् । शुक्रवार सम्पन्न मतदानमा ५३ जना प्रतिनिधिले मतदान गरेका थिए । जसमा प्रधानले ३६ मत र अधिकारीले १७ मत प्राप्त गरेका छन् । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका प्रधान ओम्निका ल्याव्रोटोरिजका अध्यक्ष हुन् । यसअघि पटकपटक संघको सदस्य र पदाधिकारी रहेका प्रधानले अध्यक्षमा बाजी मारेका हुन् । अन्तिम समयसम्म पनि सहमतिको प्रयास गरिएपनि अध्यक्षका लागि दुईजनाबीच प्रतिस्पर्धा भएको हो । त्यस्तै सदस्यमा सुमित…
काठमाडौं, २६ असोज । नेपाल औषधि उत्पादक संघको नयाँ नेतृत्वलाई भएको चुनाव सकिएपछि मतगणना सुरु भएको छ ।राजधानीको एलिस रेष्टुरेन्टमा भएको अधिवेशनमा ५३ जनाले मतदान गरेका छन् । अध्यक्षका लागि यसअघिका वरिष्ठ उपाध्यक्ष महेश प्रसाद प्रधान र महासचिव विप्लव अधिकारी चुनावी मैदानमा छन् ।
काठमाडौं, २६ असोज । औषधि उत्पादकहरुको छाता संगठन नेपाल औषधि उत्पादक संघ (एप्पोन)को नेतृत्वका लागि सहमति नजुटेपछि अन्ततः चुनाव हुने भएको छ । चुनावमा अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष महेशप्रसाद प्रधान र महासचिव विप्लव अधिकारी मैदानमा आएका छन् । यसअघि सहमतिको प्रयास भएपनि निर्वाचन प्रकृयामै जाने निर्णय भएको हो । संघको नेतृत्वका लागि ९ जना सदस्यमा ११ जनाले उम्मेद्वारी दिएका छन् । उम्मेद्वारहरुको सूचि यसप्रकार रहेको छ ।
काठमाडौं, २६ असोज । औषधि उत्पादक संघ एप्पोनको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । प्रज्ज्वलजंग पाण्डे नेतृत्वको कार्यसमितिको अवधि सकिएसँगै एप्पोनले शुक्रवार राजधानीमा अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्वमा अध्यक्षका लागि चारजना आकांक्षी देखिएका छन् । जसले गर्दा एप्पोनको नयाँ कार्यसमतिमिा सहमति नभई निर्वाचन हुने संकेत देखिएको छ । अध्यक्षमा वरिष्ठ उपाध्यक्ष महेश प्रधानको स्वभाविक दावी रहेको छ भने उपाध्यक्ष सन्तोष बराल, महासचिव विप्लव अधिकारी र कोषाध्यक्ष प्रभात रुंगटा पनि अध्यक्षको प्रत्यासीका रुपमा देखापरेका छन् । औषधि उत्पादक संघमा कहिले सहमति त कहिले निर्वाचनका माध्यमबाट नेतृत्व चयन हुँदै आएको इतिहास छ । नेपालमा ८० भन्दा धेरै…
सुर्खेत, २६ असोज । कर्णाली प्रदेशलाई पूर्ण खोप प्रदेश घोषणा गरिएको छ । सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित ‘पूर्णखोप प्रदेश घोषणासभा’ समारोहमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले बिहीवार पूर्णखोप प्रदेश घोषणा गरेका हुन् ।स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित मन्त्री पोखरेलले ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गरेका हुन् । हालसम्म तीन प्रदेश र ७२ जिल्ला पूर्णखोप घोषणा गरिसकिएको छ । पूर्णखोप घोषणा हुने कर्णाली चौथो प्रदेश बनेको छ । प्रदेशका दश जिल्लाका ३४ हजार छ सय ७१ बालबालिका सबैले खोप लगाएपछि ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गरिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत निर्देशक…
काठमाडौँ २६ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यलाभको कामना गरेका छन् ।
खोटाङ, २५ असोज । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा गुणस्तरीय शिक्षा अभाव तथा स्वास्थ्य सेवा प्रभावकारी नभएको औल्याएको छ । मानव अधिकार आयोगले बुधबार दिक्तेलस्थित शाखा कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर मानव अधिकारसम्बन्धी भए÷गरेका जिल्लाको समग्र वस्तुस्थितिका बारेमा जानकारी दिएको हो । मानव जीवनको पहिलो प्राथमिकतामा पर्ने शिक्षा र स्वास्थ्य क्षेत्रको सेवा प्रवाह खोटाङ जिल्लामा प्रभावकारी नभएको पाइएको आयोगका सदस्य मिहिर ठाकुरले जानकारी दिए । ‘अनुगमनका क्रममा मङ्गलबार जिल्ला अस्पताल खोटाङ पुगेका थियौँ । त्यहाँ पुग्दा जीवनजलसमेत भेटिएन’, उनल भने, ‘म आफैँलाई पनि पेटसम्बन्धी समस्या थियो । आकस्मिक कक्ष पुगेर जँचाउँदा जीवनजलसमेत नरहेको अस्पतालले…
काठमाडौँ २६ असोज । वर्तमान समयमा व्यस्त जीवनशैलीका कारण अधिकांश अभिभावकले आफ्ना सन्तानलाई उचित समय दिइरहेका हुदैँनन् । जसकारण बालबालिकाहरु विरत्तिने र एक्लो महशुस गर्ने गर्छन् । यद्यपि उनीहरुले आफुभित्रको सो एक्लोपनलाई मेटाउनका लागि आफैँमा रमाउने वा अन्य विभिन्न क्षेत्रहरुमा समय व्यतीत गरेर त्यही नै भुल्लिएर रमाउने प्रयास गर्छन् । र, लामो समयसंम्म एकै क्षेत्रमा अन्र्तनिहित हुँदा जोकोहि व्यक्तिमा पनि त्यसप्रतिको लगाव बढ्दै गई कालान्तारमा त्यो नै लतको रुपमा विकास हुन पुग्छ । उदाहरणका लागि पछिल्ला समयमा अत्याधिक रुचाइएका पबजी तथा फ्रि–फायर्सजस्ता गेमको लतलाई पनि लिन सकिन्छ । सोहि किसिमले बालबालिकामा पनि आफ्ना अभिभावकको अभावलाई मेटाउने विभिन्न प्रयासहरु नै उनीहरुमा…
काठमाडौं, २५ असोज । नेशनल बाथरोग सेन्टर रोतोपुलको देशैभरका शाखाबाट मंसिर २५ गतेसम्म निःशुल्क बाथरोगको प्रारम्भिक परीक्षण गर्न सकिने भएको छ । विश्व बाथरोग दिवसका अवसरमा बिहीवार राजधानी एक कार्यक्रमको आयोजना गर्दै सेन्टरले बाथरोगको सचेतना विस्तार र समयमै बिरामीलाई उपचारको पहुँचमा ल्याउनका लागि निःशुल्क परीक्षण अभियान राखेको जानकारी दिएको छ । सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतीले देशभर भएका बाथरोगका करिब १२ १३ प्रतिशत बिरामीमात्र परीक्षण र उपचारको पहुँचमा रहेको भन्दै बाथरोगका लागि थप सचेतना विस्तार जरुरी रहेको बताए । सो अवसरमा सेन्टरका बाथरोग विशेषज्ञ डा. बिनीत वैद्यले बाथरोगका बारेमा थुप्रै भ्रम समाजमा रहेको बताए । बाथरोग र युरिक एसिडलाई एकै…

