स्वास्थ्य डायरी

काठमाडौं । कान्तिपुर डेन्टल कलेज तथा अस्पताल बसुन्धाराका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठको नेतृत्वमा सञ्चालित बीएम फाउण्डेशनले स्याङ्जाको कालिगण्डकीमा साताव्यापी आँखा शिविर आयोजना गरेको छ । कार्तिक ४ देखि १० गतेसम्म सञ्चालन भएको शिविरका क्रममा दुईहजार भन्दा धेरै मानिसले आँखा परीक्षण गराएका छन् । आँखा परीक्षण गर्दा समस्या देखिएकाहरुलाई प्रारम्भिक उपचारका गर्नुका साथै चश्मा पनि वितरण गरिएको छ । परीक्षणका क्रममा थप उपचार तथा शल्यक्रिया आवश्यक भएका बिरामीलाई हिमालय आँखा अस्पतालमा रिफर गरिएको छ भने उपचार खर्च गर्न नसक्नेलाई अर्को शिविर राखेर शल्यक्रिया गरिने फाउण्डेशनका अध्यक्ष डा. श्रेष्ठले बताए । फाउण्डेशनले केडिसी जनरल अस्पताल बसुन्धरा, कालिगण्डकी गाउँपालिका, ताइवान ब्लाइन्डनेश फाउण्डेशन (टिवीपी),…

विस्तृतमा...

डा. जगदिशलाल वैद्य ८० वर्षका भए । ८० वर्षको बुढ्यौलीमा पनि उस्तै जोश र आत्मविश्वासको जीवन बाँचिरहेका छन् । डा. वैद्य जीवनको सुखद् उत्तराद्र्धमा आफैले जन्माएको बी एण्ड बी अस्पतालमा दैनिक जान्छन् । बिरामी हेर्छन । प्रशासन हेर्छन । कहिले काँही अप्रेशनमा पनि बस्छन् अनि घर फर्किएर आफुले बालखदेखि नै माया गरेकी श्रीमतिसँग टहलिन्छन् । वैद्यलाई बुझ्न सर्वप्रथम बी एण्ड बी अस्पताललाई सम्झिए सहज हुन्छ । बीएण्डबी अस्पताल नसुन्ने कमै नेपाली होलान् । त्यहि अस्पतालका एकजना निर्माता डा. वैद्य अर्थात डा. जगदिशलाल वैद्यले आफ्ना पुराना दुःख, संघर्ष र उपलब्धिका कथाहरु सुनाएका छन् । सन् १९७० को दशकमै अन्तराष्ट्रिय स्तरको चिकित्सक…

विस्तृतमा...