
काठमाडौं, २२ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारणसभाका क्रममा नेतृत्व चयनका लागि भएको निर्वाचनमा ह्याम्स अस्पतालका अध्यक्ष रामशरण (आरएस) भण्डारी एसोसियट सदस्यमा निर्वाचित भएका छन् ।
आज सम्पन्न मतगणना अनुसार १७ जना सदस्यका लागि भएको निर्वाचनमा भण्डारीले १० औं वरियताको मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । मतगणना अनुसार भण्डारीले १ हजार ४३ मत ल्याएर निर्वाचि भएका हुन् । सदस्य तर्फको मत परिणाम सार्वजनिक भएपनि उपाध्यक्षको मतगणना जारी छ । उपाध्यक्षका लागि प्रवलजंग पाण्डे र ज्योत्सना श्रेष्ठबीच प्रतिस्पर्धा भइरहेको छ । सदस्यतर्फ सचिन ढकालले सर्वाधिक १ हजार ३ सय १८ मत ल्याएर निर्वाचित भएका छन् ।
एशोसियट तर्फ निर्वाचित हुने १७ जनाको नाम यसप्रकार रहेको छ ।
१. सचिन ढकाल – १३१८ मत
२. हेमन्त गोल्छा – १२०२ मत
३. अम्बिका प्रसाद पौडेल – ११८३ मत
४. उज्ज्वल कुमार श्रेष्ठ – ११४६ मत
५. शक्ति कुमार बेगानी – ११४२ मत
६. ऋषि अग्रवाल – ११२२ मत
७. राजेश कुमार अग्रवाल – १०८२ मत
८. सुयस प्याकुरेल – १०६९ मत
९. सुशील थापा – १०५४ मत
१०. रामशरण भण्डारी – १०४३ मत
११. बाबुकाजी कार्की – १००६ मत
१२. दिवश न्यौपाने – ९९१ मत
१३. प्रियराज रेग्मी – ९५४ मत
१४. इश्वर बहादुर जि.सी – ९४५ मत
१५. सुरज उप्रेती – ९०७ मत
१६. कृष्णलाल महर्जन – ८७४ मत
१७. बटु लामिछाने – ८६० मत


