स्वास्थ्य डायरी

काठमाडौं, ८ मंसिर । चिकित्सा शिक्षा आयोग र मेडिकल कलेज सञ्चालकहरुबीच रहेको मतभेद कायमै रहेका बेला चिकित्सा शिक्षा आयोगको १५ औं बैठक आज बस्दैछ । प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा आर्थिक वर्ष २०८०/८१ को कार्यप्रगति समीक्षा लगायत शिक्षण संस्था गाभ्ने सम्बन्धी कार्यविधिमा छलफल हुने आयोगको सूचनामा उल्लेख छ । बैठकमा प्रमाणपत्र तहका शैक्षिक कार्यक्रम सञ्चालन र आगामी आर्थिक वर्षको बजेट संशोधनबारे पनि छलफल हुनेछ ।आयोगले छलफलका अन्य विषयलाई प्राथमिकतामा राखेको जस्तो गरेपनि सरोकारवालाको हालको चासो भने आवासीय चिकित्सकको निर्वाह भत्तासम्बन्धी विषय रहेको छ । चिकित्सा शिक्षा आयोगले यसअघि पिजी अध्ययनरत चिकित्सकलाई आठौं तहको तलब बराबर निर्वाह भत्ता दिने निर्णय गरेपछि कलेज…

विस्तृतमा...

काठमाडौं, ७ मंसिर । पश्चिम एशियाली क्षेत्रको फोरम फर इथिकल रभ्यू कमिटि इन द एशिया एण्ड वेस्ट्रेन प्यासिफिक रिजन ( फेरक्याप) को २४ औं शिखर सम्मेलन नेपालमा हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा सम्मेलन मंसिर ९ गते देखि १२ गतेसम्म राजधानीमा आयोजना गर्न लागिएको हो । राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा परिषद्ले सम्मेलनका बारेमा जानकारी दिएएको हो । सम्मेलनलाई ‘म्याक्सिमाइजिंग बेनिफिट थ्रु रेस्पोन्सिवल कनडक्ट अफ रिसर्च’ नारा दिइएको छ । सम्मेलनमा स्वदेश तथा विदेशबाट अनुसन्धान आचारसंहिता विषयसँग सम्बद्ध विभिन्न विधाका विज्ञहरु, अनुसन्धानकर्ताहरु, नीति निर्माता, प्राज्ञिक प्रतिनिधि र विद्यार्थीहरु सहभागी हुने परिषदले जनाएको छ । कार्यक्रमको स्वास्थ्यमन्त्री प्रदीप…

विस्तृतमा...

काठमाडौं । कान्तिपुर डेन्टल कलेज तथा अस्पताल बसुन्धाराका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठको नेतृत्वमा सञ्चालित बीएम फाउण्डेशनले स्याङ्जाको कालिगण्डकीमा साताव्यापी आँखा शिविर आयोजना गरेको छ । कार्तिक ४ देखि १० गतेसम्म सञ्चालन भएको शिविरका क्रममा दुईहजार भन्दा धेरै मानिसले आँखा परीक्षण गराएका छन् । आँखा परीक्षण गर्दा समस्या देखिएकाहरुलाई प्रारम्भिक उपचारका गर्नुका साथै चश्मा पनि वितरण गरिएको छ । परीक्षणका क्रममा थप उपचार तथा शल्यक्रिया आवश्यक भएका बिरामीलाई हिमालय आँखा अस्पतालमा रिफर गरिएको छ भने उपचार खर्च गर्न नसक्नेलाई अर्को शिविर राखेर शल्यक्रिया गरिने फाउण्डेशनका अध्यक्ष डा. श्रेष्ठले बताए । फाउण्डेशनले केडिसी जनरल अस्पताल बसुन्धरा, कालिगण्डकी गाउँपालिका, ताइवान ब्लाइन्डनेश फाउण्डेशन (टिवीपी),…

विस्तृतमा...

डा. जगदिशलाल वैद्य ८० वर्षका भए । ८० वर्षको बुढ्यौलीमा पनि उस्तै जोश र आत्मविश्वासको जीवन बाँचिरहेका छन् । डा. वैद्य जीवनको सुखद् उत्तराद्र्धमा आफैले जन्माएको बी एण्ड बी अस्पतालमा दैनिक जान्छन् । बिरामी हेर्छन । प्रशासन हेर्छन । कहिले काँही अप्रेशनमा पनि बस्छन् अनि घर फर्किएर आफुले बालखदेखि नै माया गरेकी श्रीमतिसँग टहलिन्छन् । वैद्यलाई बुझ्न सर्वप्रथम बी एण्ड बी अस्पताललाई सम्झिए सहज हुन्छ । बीएण्डबी अस्पताल नसुन्ने कमै नेपाली होलान् । त्यहि अस्पतालका एकजना निर्माता डा. वैद्य अर्थात डा. जगदिशलाल वैद्यले आफ्ना पुराना दुःख, संघर्ष र उपलब्धिका कथाहरु सुनाएका छन् । सन् १९७० को दशकमै अन्तराष्ट्रिय स्तरको चिकित्सक…

विस्तृतमा...