
काठमाडौं, २२ बैशाख । औषधि उत्पादक संघ (एप्पोन) का अध्यक्ष विप्लव अधिकारी नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको सदस्य पदमा निर्वाचित भएका छन् ।
आज सम्पन्न मतगणनामा सदस्य तर्फ अधिकारी र उनका प्रतिस्पर्धीको बराबर मत आएपछि आधा आधा कार्यकाल जिम्मेवारी लिनेगरि सहमति भएको जनाइएको छ । वस्तुगत तर्फ उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठको समुहबाट अधिकारी उम्मेदवार बनेका थिए । उपाध्यक्षमा श्रेष्ठ विजयी भएका छन् भने सदस्यहरुमा अरनिको राजभण्डारी,नानिराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्त बहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होम प्रसाद घिमिरे विजयी भए । सुरज बन्जाडे, विप्लप अधिकारी, रघुनन्दन मारु र निराज चलाउनेको भने मत बराबरी आएपछि कार्यकाल बाँडेर चलाउने सहमति भएको हो ।
अधिकारी औषधि उत्पादक संघका अध्यक्षका साथै इनोभेटिभ फर्मा ल्यावका सञ्चालक हुन् । औषधि तथा सर्जिकल क्षेत्रका दुवै पेशागत संगठनका अध्यक्षले महासंघको चुनाव जितेका छन् । उता केमिकल एण्ड मेडिकल सप्लायर्स एशोसियसन अफ नेपालका अध्यक्ष भक्तबहादुर हमाल पनि कार्यकारिणी सदस्यमा निर्वाचित भइसकेका छन् ।


