काठमाडौं, १९ माघ । नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले विश्व क्यान्सर दिवसको अवसर पारेर सचेतनामूलक प्रभातफेरिको आयोजना गरेको छ । फेब्रुअरी ४ का दिन विश्वभर क्यान्सर दिवस मनाउने गरिएको छ । बिहान ८ बजे अस्पताल प्रांगणबाट सुरु भएको प्रभातफेरि हरिसिद्धी मावी, नयाँबस्ती, हरिसिद्धी बसपार्क, गुमोज चोक, ढुसाल धारापानी ट्यांकी हुँदै अस्पतालमै आएर सम्पन्न भएको थियो । कार्यक्रमका सहभागीहरुले क्यान्सर सचेतना सम्बन्धी विभिन्न प्लेकार्ड बोकेका थिए । क्यान्सरको सचेतना बढाएर समयमै क्यान्सर पहिचान हुनसकेमा क्यान्सरको सहज उपचार नेपालमै सम्भव भएको प्रभातफेरीमा उपस्थित सहभागीको भनाइ छ । नेपाल क्यान्सर अस्पताल एवं रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर डा. बिजेशराज घिमिरेले क्यान्सर दिवसको अवसरमा…
स्वास्थ्य डायरी
दुई दशकभन्दा लामो समयदेखि आयुर्वेदिक औषधि निर्माण गरिरहेको क्लासिकल हर्वलले आयुर्वेदिक ओषधिलाई नयाँ शैलीमा उत्पादन गर्न सुरु गरेको छ । परम्परागत रुपमा २० २२ वटा आयुर्वेदिक चुर्ण निकाल्दै आएको क्लासिकल हर्वल प्रोडक्ट्स प्रालिले औषधिका नयाँ ब्राण्डहरु बजारमा ल्याएको छ । बिहीवार राजधानीमा प्रोडक्ट सार्वजनिक कार्यक्रम आयोजना गरेर क्लासिकल हर्वल प्रोडक्ट्स प्रालिले आयुर्वेद औषधिलाई नयाँ ब्राण्डिंग सहित बजारमा ल्याएको जनाएको छ । औषधि सार्वजनकि कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक विनोद अधिकारीले लामो समयदेखि कम्पनीले आयुर्वेदिक औषधि निकाल्ने गरेको भएपनि आयुर्वेदका पुराना औषधिलाई नयाँ डोजेज फर्ममा निकालिएको हो । कम्पनीले अहिले २४ वटा नयाँ औषधि निकालेको छ । जसमा ९ वटा औषधि ट्यावलेटमा,…
चिकित्सा शास्त्रमा स्नातकोत्तर पढ्ने विद्यार्थीको निर्वाहभत्ता लिएर सरकार र निजी मेडिकल कलेजहरुबीच सहमति हुन नसकेपछि सयौं विद्यार्थीको भविष्य अन्यौलमा परेको छ । चिकित्सा शिक्षा ऐन लागू भएसँगै पोष्ट ग्रयाजुएट (पिजी) अध्ययन गर्ने विद्यार्थीले मेडिकल कलेजलाई २२ लाख ९० हजार शुल्क तिरेर अध्ययन गरिरहेका छन् । जसमध्ये मासिक २० हजारका दरले विद्यार्थीले ३ वर्षमा ७ लाख २० हजार निर्वाह भत्ताका रुपमा पाउने गरेका थिए । एकातिर पीजीको शुल्कमा संकुचन भएपछि रुष्ट भएका मेडिकल कलेजले विद्यार्थीलाई कर्मचारीसरह मासिक ४८ हजार तलब दिन माग गरेपछि मेडिकल कलेजहरु नमान्ने निश्कर्षमा पुगेका हुन् । मेडिकल कलेज र चिकित्सा शिक्षा आयोगका बीचमा निर्वाह भत्ता लिएर बढेको…
काठमाडौं, २७ पुष । आँखा उपचारमा संलग्न चिकित्स्कहरुको संस्था नेपाल अप्थाल्मिक सोसाइटीको भगिनी संस्था नेपाल कर्निया, क्याट्रयाक्ट एण्ड रिफ्रेक्टिभ सर्जरी सोसाइटी (एनसीसीआरसी)को अध्यक्षमा प्रा.डा. मिनु चौधरी चयन हुनुभएको छ । शुक्रवार सम्पन्न भएको संस्थाको तेश्रो वार्षिक साधारण सभाले डा. चौधरीलाई अध्यक्ष चयन गरेको होे । संस्थाका निवर्तमान अध्यक्ष प्रा.डा. रिता गुरुङले डा. चौधरी लगायतको नयाँ कार्यसमितिलाई स्वागत तथा पदभार हस्तान्तरण गर्नुभयो । सधारण सभाबाट सोसाइटीको उपाध्यक्षमा प्रा.डा. लीना बज्राचार्य, महासचिवमा डा. संगीता सिटौला, कोषाध्यक्षमा डा. पुष्पा गिरी श्रेष्ठ र सदस्यहरुमा क्रमशः डा. मनिष पाण्डे, डा. मनिता गोदार, डा. सागर रुइत, डा. रचना सिंह राना, डा. इशा विष्ट र डा. ज्योती…
काठमाडौं, २० पुस । आँखा विशेषज्ञता अन्तर्गतको भिट्रियो रेटिना अर्थात आँखाको पर्दाको उपचारमा संलग्न चिकित्सकहरुको संस्था नेपाल भिट्रियो रेटिना सोसाइटीको सम्मेलन राजधानीमा सम्पन्न भएको छ ।सोसाइटीले आयोजना गरेको आठौं सम्मेलनमा देश र विदेशका गरि १ सय ३५ जना विशेषज्ञहरु सहभागी भएको सोसाइटीका महासचिव डा. प्रताप कार्कीले जानकारी दिनुभयो । डा. कार्कीका अनुसार सम्मेलनमा आँखाको पर्दामा हुने समस्या र त्यसको उपचारमा अपनाइएका नयाँ नयाँ प्रविधि र पद्धतिका बारेमा दुई दिनसम्म छलफल भएको छ । छलफलका लागि विदेशबाट २१ जना विशेषज्ञ नेपाल आएका थिए भने देशभित्रका ४० जनाभन्दा बढि विशेषज्ञले विभिन्न कार्यपत्र प्रस्तुत गरेका छन् । सम्मेलनका क्रममा नेपाल बाहेक भारत, बंगलादेश,…
काठमाडौं, १५ पुष । सरकारले औषधिको मूल्य समायोजन गर्न सुझाव समिति गठन गरेसँगै यस क्षेत्रका सरोकारवालाको चासो बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पोषराज पाण्डेको संयोजकत्वमा औषधिको मूल्य समायोजना सम्बन्धी सुझाव दिन समिति बनाएका छन् । हालसम्म बनेका सबै समितिले लोकप्रियताका लागि औषधिको मूल्य समायोजन भन्ने बित्तिकै लोकप्रियताका लागि मूल्य घटाउँदा र नियन्त्रण गर्दा नेपालका कम्पनीले भारतीय कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएको औषधि उद्योगीहरुको गुनासो हुन्छ । उनीहरुले नेपाल सरकारको स्वदेशी औषधिमैत्री व्यवस्था नहुँदा नेपाली औषधि क्षेत्रमा संकुचन आएको बताएका छन् । नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष एवं एशियन फर्मास्युटिकल्सका अध्यक्ष शंकर घिमिरेले हालको अवस्था कायम…
काठमाडौं, १ पुष । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानको डीनमा नियुक्त भएपछि प्रा.डा. मोहनराज शर्माले सोमबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्ने क्रममा संस्थानका निवर्तमान डीन प्राडा दिव्या सिंह शाह लगायत चिकित्सक, कर्मचारी तथा विद्यार्थीहरुले शर्माको स्वागत गरेका छन् । हेरौं स्वागत कार्यक्रमका १९ तस्वीर तस्वीरहरुः स्वास्थ्य डायरी
काठमाडौं, १ पुष । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानको डीनमा नियुक्त भएपछि प्रा.डा. मोहनराज शर्माले सोमबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्ने क्रममा संस्थानका निवर्तमान डीन प्राडा दिव्या सिंह शाह लगायत चिकित्सक, कर्मचारी तथा विद्यार्थीहरुले शर्माको स्वागत गरेका छन् । स्वागत कार्यक्रमपछि स्वास्थ्य डायरीसँग कुरा गर्दै प्राडा. शर्माले आफुसँग संस्थान सञ्चालन गर्ने कार्ययोजना रहेको भन्दै त्यसै अनुरुप अघि बढ्ने बताए । उनले आफु कुनै पार्टी विशेषको मान्छे नभएर साझा मान्छे भएकाले आइओएमको हितमा हुने कार्यहरु गर्न आफु सबैसँग मिलेर अघि बढ्ने बताएका छन् । डीन नियुक्तिका क्रममा सर्ट लिस्टेड भएका शर्मालाई त्रिविले डीनमा नियुक्त गर्दा उनको कुनै राजनीतिक…
चिसो मौसमको आगमनसँगै हाम्रो दैनिक जीवनमा धेरै परिर्वतन आउँछन्। हामी हाम्रो पहिरनमा पनि केही परिवर्तन गर्नुपर्छ ताकि शरीरलाई तातो राख्न सकियोस् र स्वास्थ्यमा कुनै असर नपरोस। यसै क्रममा, टोपी लगाउनु एक महत्वपूर्ण उपायको रूपमा सम्झिन सकिन्छ। टोपी केवल फेसनको कुरा मात्र होइन, चिसो मौसममा यो हाम्रो स्वास्थ्य र सुरक्षाका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ। १. शरीरको तातो कायम राख्न मद्दत पुर्याउँछचिसो मौसममा शरीरको तापक्रम कम हुन्छ र हाम्रो शरीरले शरीरको तापमान कायम राख्न कडा संघर्ष गर्न थाल्छ। यस्ता समयमा, सिरको माथिल्लो भागबाट शरीरको ताप गर्मी बाहिर निस्किन्छ। यदि तपाईं टोपी लगाउनुहुन्न भने, यो प्राकृतिक गर्मी बाहिर जान्छ, जसले शरीरलाई चिसो महसुस…

